काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन् । सम्बोधनका क्रमम उनले तराई मधेसमा आन्दोलनरत पक्षलाई वार्ता र सम्वादमा आउन आहृवान गरे।
नयाँ वर्ष २०७३ को पूर्वसध्यामा मंगलबार साँझ देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘‘सम्वादमा आउनुस् । लोकतान्त्रिक विधिबाट हल नहुने कुनै पनि विषय छैन ।’
संविधानमा भएको संशोधनले अधिकारका लागि सम्वाद नै काफी छ भन्ने पुष्टि भइसकेको छ । प्रधानमन्त्रीले मानिसहरुको ज्यान जाने गरी भएको आन्दोलनको चिक्त बुझ्दो कारण आफूले अहिले नपाएको पनि बताए ।
संविधान घोषणाले नेपाली जनतामा चेतना अायाे
- प्रधानमन्त्री केपी ओलीको वेबसाइटबाट साभार
प्रतिकृया लेख्नुहोस्: