Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

पार्टी घोषणा नगर्दै नयाँ शक्तिमा विवाद, मुमाराम र रामेश्वर बाबुरामसँग चिढिए

\"baburam काठमाडौं । वैशाखको नयाँ वर्षसँगै पार्टी घोषणा गर्ने तयारीमा रहेको नयाँ शक्ति पार्टी घोषणा नहुँदै विवादमा मुछिएको छ । पुराना राजनीतिक दलको विकल्पमा भन्दै गठन भएको नयाँ शक्तिमा पार्टी घोषणा नहुँदै विवाद चर्किएको हो । आइतबार प्रा. सूर्यबहादुर थापाको नेतृत्वमा ५१ सदस्यीय नयाँ शक्ति प्राध्यापक मञ्च गठन गठन गरिएपछि नयाँ शक्तिका अभियन्ता मुमाराम खनाल र रामेश्वर खनाल चिढिएका छन् । मुमाराम माओवादी छाडेर लामो समय माओवादी बुद्धिजिवी माओवादी राजनीतिको विश्लेषण गर्ने गरेका थिए भने रामेश्वर नेपाल सरकारका पूर्व अर्थसचिव हुन् । खनालद्वय नयाँ शक्ति अभियानमा लागेसँगै आफूहरुलाई बाबुराम पछिको नेता बताउने गरेका छन् । प्राध्यापक मञ्च गठन गरिएपछि दुवैले सार्वजनिक रुपमा नै मञ्च गठनप्रति असन्तुष्टी जनाएका छन् । पुरानो पार्टीजस्तो भातृ संगठन बनाउन नहुने भन्दै खनालद्वयले बहस चलाउँदै आएका छन् । उनीहरुले अन्तरिम परिषदको सचिवालय वैठक बसेर प्राध्यापक मञ्च विघटनको निर्णय गराउने बताएका छन् । मञ्च गठनप्रति आलोचना गर्दै आएका उनीहरुले पुरानै पाराले चले नयाँ शक्ति पतन हुनेसमेत चेतावनी दिएका छन् । अब बस्ने सचिवालय बैठकले भातृ संगठन नखोल्ने निर्णय गरिने उनीहरुको भनाइ छ । खनालद्वयले माओवादीकै जस्तो भातृ संगठनहरु बनाउन थालिएको भन्दै नेतृत्वको आलोचना गरेका छन् । तर अन्तरिम परिषदका संयोजक बाबुराम भट्टराईले भने विभिन्न क्षेत्रबाट आएकालाई समेट्न भातृ संगठन आवश्यक पर्नेमा जोड दिएका छन् । प्राध्यापक मञ्च गठन अघि नेपाल प्रेस सोसाइटी भन्ने भातृ संगठन घोषणा भइसकेको छ भने विद्यार्थीहरुको पनि विधान सम्मेलन गरिँदैछ । खनालद्वयले भने युनियन खोल्नु जायज भए पनि भातृ संगठन पुरानो पद्धति हुने बताएका छन् । भट्टराई प्रधानमन्त्री भएका बेला उनको प्रिय बनेका पूर्व अर्थसचिव खनालले पनि प्राध्यापक संघ गठनप्रति अनभिज्ञता प्रकट गरेका छन् । मुमारामले त आफ्नो ट्वीटर एकाउन्टमा ट्वीट गरी सार्वजनिक रुपम असन्तुष्टी जनाएका थिए । भट्टराईले नयाँ शक्ति अभियान सञ्चालन गरिसकेपछि पनि मुमारामले सामाजिक सञ्जालबाट सिलसिलेबर रुपमा भट्टराईको धज्जी उडाएका थिए । तर अप्रत्याशित रुपमा नयाँ शक्तिमा लागेपछि आफ्ना ट्वीट हटाएका थिए । मुमाराम नयाँ शक्तिमा गए लगत्तै ट्वीटेहरुले मुमारामले बाबुरामलाई गाली गरेका ट्वीट सार्वजनिक गरेका थिए । जसको मुमारामले नै ट्वीटमार्फत पूराना कुरा विर्सन आग्रह गरेका थिए । उनको केही लेखकसँग जुहारी चलेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: