Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

बाहिरी चक्रपथको काम स्थलगत रुपमै सुरु हुने

\"Bahiri_chakrapath\"काठमाडौँ। चालु आवभित्रमा उपत्यकाका तीनै जिल्लालाई जोड्ने बाहिरी चक्रपथको अध्ययन सकेर आगामी आवको मध्यबाट स्थलगत रुपमै काम सुरु हुने भएको छ ।

अव्यवस्थित रुपमा बढेको उपत्यकाको बस्तीलाई व्यवस्थित बनाउन सरकारले विसं २०६२ मा बाहिरी चक्रपथको अवधारणा ल्याएको थियो ।

७२ किमीको चक्रपथ काठमाडौँमा ३५।०८ किमी, ललितपुरमा १५ दशमलव ८० किमी र भक्तपुरमा २१दशमलव ०५ किमी बनाइने गरी प्राविधिक नाप जाँच गरिएको बाहिरी चक्रपथ निर्माण आयोजना प्रमुख रमामैयाँ मानन्धरले जानकारी दिए ।

“आठ लेन, ५० मि चौडाइको सडकमा साइकल लेनको पनि व्यवस्था गरिएको छ, बाहिरी चक्रपथको दायाँबायाँ २५० मि जग्गा एकीकरण गरी ६२ हजार रोपनी क्षेत्रफलमा व्यवस्थित बस्ती विकास गरिनेछ”–उनले भने । चक्रपथ काठमाडौँमा वागमती चोभार, गाम्चा, सतुङ्गुल, नैकाप–पुरानो भञ्ज्याङ, सीतापाइला, नागार्जुनडाँडा, नेपालटार, गोङ्गबु, टोखागाउँ, चपली, कपन, जगडोल, सन्डोल र थलीडाँछी क्षेत्र भएर जानेछ ।

भक्तपुरमा गामफेदी, पकाउनेपाटी, बाँसबारी, याङ्डोल, मसानडोल, भातेढिकुरो, नयाँ ठिमीबाट दधिकोट हुँदै अगाडि बढ्नेछ । ललितपुरमा लुभु, ठैव, धापाखेल, ठेचो, बुुङ्मती हुँदै वागमती चोभारसम्म जाने गरी नापजाँचको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

चक्रपथलाई जोड्न ३४ वटा पक्की पुल एवम् हालको चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा मार्ग हुने जानकारीसमेत आयोजना प्रमुख मानन्धरले दिए । चक्रपथ बनाउने क्रममा ६२ हजार रोपनी जग्गालाई व्यवस्थित बस्तीका रुपमा विकास गरिनेछ ।

निर्माणको लागि लागत रु छ अर्ब ३६ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आव २०६५-०६६ मै चोभारबाट सतुङ्गुलसम्म छ किमी निर्माणको काम स्थलगत रुपमा गर्न लागिएकामा कीर्तिपुर नगरपालिकाले खेतीयोग्य जमिनबाट सडक निर्माण गर्न नहुने माग गरेपछि खेतीयोग्य जमिन बचाएर फेरि नापजाँच भएको आयोजनाले जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending