Khabar Dabali १२ श्रावण २०८३ मंगलवार | 28th July, 2026 Tue
Investment bank

सिंहदरबारका कुकुर व्यवस्थापन गर्न साढे ३ करोड खर्च गरिदै

\"Kukur\"काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबार भित्र छाडिएका कुकुर व्यवस्थापन कार्य सुरु गरेको छ ।

मयनव्यवस्थापनको कामअन्तर्गत अहिले कुकुरको तथ्याङ्क लिने काम लगभग सकिएको महानगरपालिका जनस्वाथ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सिंहदरबारमा १५० वटा कुकुर रहेका छन् । विभिन्न स्थानमा छाडिएका कुकुरको व्यवस्थापन हुन नसक्दा अनावश्यक कुकुर उत्पादन भई समस्या उत्पन्न भएको छ ।

कुकुरका कारण विशिष्ट व्यक्तिको आगमनका समयमा समस्या उत्पन्न गराएकाले व्यवस्थापन गर्न लागिएको महानगरपालिकाले उल्लेख गरेको छ । सिंहदरबारको कुकुरको व्यवस्थापनको काम सकेपछि उपत्यकामा रहेका अन्य कुकुरको व्यवस्थापन सुरु हुनेछ ।

‘कुकुर पाल्ने र बुढो एवम् बिरामी भएपछि त्यसलाई सडकमा छाड्ने बानीले गर्दा पछिल्लो समय काठमाडौँ उपत्यकामा कुकुरको सङ्ख्यामा वृद्धि भएको हो,’ महाशाखा प्रमुख श्रेष्ठले भने ।

कुकुर नियन्त्रण अभियानमा ‘ह्युमन सोसाइटी’ र महानगरपालिका दुवैको सहभागिता रहनेछ । अभियानका लागि झन्डै तीन करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

कार्यक्रममा पहिलो चरणमा ४० वटा पोथी कुकुरको बन्ध्याकरण गर्ने र त्यसपछि निरन्तररूपमा अन्य कुकुरको पनि व्यवस्थापन गर्ने बताइएको छ ।

घरपालुवा र सामुदायिक गरी हाल काठमाडौँ उपत्यकामा करिब चार लाख कुकुर रहेको अनुमान गरिएको छ । तथ्याङ्क लिने क्रममा रेबिज रोग लागेको नलागेको र अन्य रोगसमेत छ छन् भन्ने कुरा पनि समावेश गरिने बताइएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending