Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

सुरक्षा रणनीतिमा आमूल परिवर्तन गर्न जरुरी छ–गृहमन्त्री

\"shakti-basnet\"इटहरी । पूर्वाञ्चल क्षेत्रको सुरक्षा रणनीति तयार पाने उद्देश्यले गृह मन्त्रालयले आजदेखि सुनसरी जिल्लाको धरानमा दुईदिने सुरक्षा बैठक सुरु गरेको छ । पूर्वी नेपालका १६ वटै जिल्ला प्रशासन प्रमुख, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको सहभागिता रहेको बैठकले पछिल्लो अवस्थामा देखिएको सुरक्षा चुनौती र त्यसको समाधानका उपायका विषयमा विस्तृत छलफल गरेर सुरक्षा रणनीति तयार पार्ने छ । बैठकमा गृहमन्त्री शक्तिबहादुर बस्नेतले समयको परिवर्तनसँगै सुरक्षा रणनीतिमा पनि आमूल परिवर्तन गर्न जरुरी रहेको औँल्याउँदै मुलुकमा अशान्ति सिर्जना गर्ने र संविधानलाई कार्यान्वयन गर्न नै नदिने केही राजनीतिक समूहको सक्रियता बढिरहेको अवस्थामा त्यसलाई चिर्दै मुलुकलाई शान्तिसुरक्षाको गतिलो प्रत्याभूति दिलाउँदै देशलाई आर्थिक सम्पन्नतिर लैजान सबै राजनीतिक दलले हातेमालो गर्न जरुरी रहेकामा जोड दिए । मुलुकमा अशान्ति र अस्थिरता सिर्जना गरेर नेपालीको स्वतन्त्र विकास हुने अधिकारप्रति कसैले पनि अवरोध सिर्जना गर्न खोज्नु सह्य नहुने स्पष्ट पार्दै गृहमन्त्रीले यही विषयलाई गम्भीरतापूर्वक लिएर निचोड निकाल्न सहभागीलाई आग्रह गरे । गृहसचिव नारायणगोपाल मलेगोले बैठकमा पूर्वाञ्चलका १६ वटै जिल्लाका प्रजिअले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाका विषयमा प्रतिवेदन सार्वजनिक गर्ने र त्यसमाथि विस्तृत छलफल गरेर कस्तो सुरक्षा रणनीति कार्यान्वयनमा ल्याउँदा सुरक्षा अवस्था चुस्त र शान्ति स्थापना सम्भव हुन्छ भन्ने विषयमा सबै केन्द्रित हुनु नै बैठकको प्रमुख उद्देश्य रहेको बताए। गृह मन्त्रालयका सहसचिव यादवप्रसाद कोइरालाले सुरक्षाजस्तो गम्भीर विषयलाई कसैले आन्दोलनका नाममा मजाक उडाउने र नागरिकले उपभोग गर्न पाउनुपर्ने अधिकार उपभोग गर्न अवरोध पु¥याउने कार्यप्रति गृह प्रशासन गम्भीर भएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: