Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बादलले एक महिना नपर्खिने

\"badal-prachanda\"काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीमा विवाद चर्किँदै गएपछि पार्टी विभाजनमै धकेलिएको छ । एकताको बारेमा निर्णय गर्न भन्दै बसेको आकस्मिक केन्द्रीय समिति बैठकमा तत्कालै एकता गर्न दबाब परेपछि अध्यक्ष मोहन वैद्यले बैठक एक महिना पर धकेलेका छन् । नेता रामबहादुर थापा ‘बादल’ले केन्द्रीय समिति बैठकमा राजनीतिक कार्यदिशाकै विषयमा फरक प्रस्ताव राखेपछि विवाद उत्कर्षमा पुगेको हो । वैद्यले पार्टी एकताबारे पेश गरेको ११ बुँदे अवधारणालाई परिमार्जित गर्दै बादलले १४ बुँदे प्रस्ताव तयार पारी हस्ताक्षर अभियान चलाएपछि वैद्य रुष्ट बनेका हुन् । ‘हस्ताक्षर अभियान राजनीतिक अराजकता’ भन्दै वैद्यले बैठक एक महिना पर धकेलेका छन् । वैद्यले केन्द्रीय समिति बैठक एक महिना पर धकेपछि बादल पक्षले एक महिना नपर्खिने भएको छ । वैद्यले एकता नचाहेर बैठक एक महिनापछि धकेलेको निश्कर्ष निकाल्दै बादल समूहले आफू पक्षको तयारी थालेको छ । पार्टी शीर्ष नेताहरुको संश्लेषणको पर्खाइमा रहेका केन्द्रीय सदस्यहरुलाई शनिवार बिहान वैद्यले परिपत्र जारी गर्दै एक महिनाका लागि बैठक स्थगित भएको जनाएका थिए । वैद्यले बैठक एक महिना पछाडि सारेपछि बादल समूहले शनिवार दिउँसो नै छलफल गरी एक महिना नपर्खिने निर्णय गरेको बादल पक्षका एक केन्द्रीय सदस्यले बताए । ‘एक महिना जाँदैन, केही दिनमा नै एउटा निश्कर्ष निकाल्छौं’, उनले भने, ‘राजनीतिक कार्यदिशाको बारेमा पनि अब आन्तरिकरुपमा छलफल चलाउँछौं ।’ सत्तास्वार्थका लागि बादल समूहले एकताको लागि खुट्टा उचालेको वैद्य पक्षले आरोप लगाएको छ । वैद्य समूहले बादल पक्षलाई संशोधनबादीको विल्ला भिराएपछि उनीहरु झनै रुष्ट बनेका छन् । ‘जनयुद्धका बेला नानाभाँती गाली गर्नेहरु क्रान्तिकारी हुने, हामी चाँही कसरी संशोधनवादी कसरी हुन्छौं ?’ उनले आक्रोश ब्यक्त गरे । आन्तरिक पार्टी एकता सुदृढ गर्दै बाह्य एकतामा जानुपर्ने पक्षमै आफूहरु रहेको बादल पक्षधर ती नेताको भनाइ छ । वैद्यले भने कार्यदिशाको बारेमा पार्टीभित्र छलफल चलाउँदै राष्ट्रिय सम्मेलन सम्म लैजाने र आगामी असोजमा राष्ट्रिय सम्मेलनबाट कार्यदिशालाई मुर्त बनाउने योजना बनाएका छन् । वैद्यसहित नेताहरु सीपी गजुरेल, हरिभक्त कंडेल, इन्द्रमोहन सिग्देल तथा पछिल्लो पटक एकतामा आएका रामसिंह श्रीस र परि थापाहरु भने तत्काल एकतामा नजाने पक्षमा उभिएका छन् । वैद्य लगायतका केही समूह एकताबाट भाग्न खोजेको आरोप निश्कर्षमा पुगेका बादलले आइतबार आफू पक्षधर केन्द्रीय सदस्यहरुको भेला बोलाएका छन् । उक्त भेलाबाट तत्काल केन्द्रीय समिति बैठक बोलाउन दबाब दिने र बैठक नबोलाइए बैशाख भित्रै एमाओवादीसँग एकतामा जाने निर्णय गर्ने तयारी गरेको बादल पक्षका एक नेताले बताए ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: