Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

धार्मिक कार्यलाई विकाससँग जोड्नुपर्ने सिँचाइ मन्त्रीको जोड

सप्तरी । सिँचाई मन्त्री उमेशकुमार यादवले धार्मिक कार्यलाई विकाससँग जोड्नु पर्ने बताएका छन् । मधेसमा धार्मिक पर्यटनको असाध्यै सम्भावना रहेको उल्लेख गर्दैै मन्त्री यादवले छिन्नमस्ता मन्दिरलाई धार्मिक पर्यटनसँग जोडेर सप्तरीको विकास गर्नुपर्ने धारणा राखे ।

\"Umesh-Yadav-minister-400\"सखडामा शुक्रवार आयोजित एक कार्यक्रममा उनले छिन्नमस्ता भगवतीको दर्शन गर्न लाखौ अन्तरिक तथा भारत विहारका आन्तरिक पर्यटक आउने गरेको तर त्यसको उचित व्यवस्थापन नभएको कारण सखडाको विकास नभएको बताए ।

उनले भने, ‘यहाँको कलासँस्कृति जोगाउने काम हामी सबैको हो । एकजना कुनै व्यक्तिले चाहेर पनि हुँदैन, यहाँसम्म कि कुनै मन्त्रीले पनि चाहेर हुँदैन सबैको इच्छा शक्ति हुनुपर्छ ।’

उनले थपे, ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म तथा माथी पहाडसम्मका भक्तजनहरु यहाँ छिन्नमस्तामा आउने गरेका छन् तर कोही यहाँ बास बस्न चाह्यो भने सकिदैन, कुनै धार्मिक पर्यटकलाई एक दिन रोक्न चाहियो भनि सकिदैन, दिसापिसाब गर्ने ठाउँ छैन, खानेपानीको राम्रो प्रबन्ध छैन, पसल तथा स्टलको राम्रो व्यवस्थापन छैन । यी सबै कुरामा यहाँका स्थानीयवासी तथा मन्दिरका समितिले विशेष जोड दिनुपर्छ ।’

धार्मिक पर्यटकलाई जोड्नका लागि राजपुर सडक बन्नुपर्ने उनको विशेष जोड थियो ।

दलीय एकतामा जोड

कुनै पनि विकास कार्यमा यो दल वा त्यो दल भनेर हुँदैन, विकासका नाममा सबै दल मिल्नुपर्छ भन्दै उनले झापाको उदाहरण दिँदै भने, ‘एकपटक हामी सिँचाईको अनुगमनमा झापा जाँदा त्यहाँका जनतामा विकासका नाममा एकता देखेर म छक्क परें । त्यहाँ सबै दल मिलेर विकासका लागि तयार भएको मैले पाए । एउटै योजना, एउटै विचार लिएर उहाँहरु आउनु भयो र म बाध्य भएर त्यहाँ २२ करोड पठाउनु पर्यो । तर सप्तरीमा त्यस्तो देखिएको छैन । सप्तरीमा पनि झापा जस्तै होस् भनि मैले चाहेको हुँ । विकासका नाममा राजनीतिक गर्नु हुँदैन, राजनीतिक गर्ने थुप्रै ठाउँहरु छन् त्यहाँ राजनीतिक गरौंला तर विकासका नाममा हामी सबै एक ठाउँमा आऔं ।’

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending