Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

त्रिपाल काण्डमा सहसचिवसहित ६ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूकम्पपीडितका लागि खरिद गरिएको त्रिपालमा भ्रष्टाचार गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन कार्यकारी प्रमुखसहित छ जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

\"akhtiyar-600\"आयोगका प्रवक्ता कृष्णहरि पुस्करकाअनुसार काठमाडौँ महानगर पालिकाका तत्कालीन कार्यकारी प्रमुख तथा हाल सार्वजनिक खरिद तथा अनुगमन कार्यालयका सहचिव पूर्णभक्त तण्डुकार, तत्कालीन विभागीय प्रमुख शान्तराज पोखरेल, वित्त विभाग प्रमुख बुद्धरत्न मानन्धर, प्रशासन महाशाखा प्रमुख अखतबहादुर साउद, क्षितिज इन्टरप्राइजेजका सञ्चालक नन्दराज पोखरेल तथा न्यु चौधरी ट्रेडर्सका सञ्चालक सुन्दरलाल चौधरीविरुद्ध मुद्दा दायर गरिएको हो ।

आयोगकाअनुसार तत्कालीन कार्यकारी प्रमुख तण्डुकार, विभागीय प्रमुख पोखरेल, वित्त विभाग प्रमुख मानन्धर र प्रशासन महाशाखा प्रमुख साउदसँग जनही रु २४ लाख १० हजार २१४ बिगो दाबी गरिएको छ ।

यस्तै त्रिपालको ठेकेदार क्षितिज ट्रेड इन्टरप्राइजेजका सञ्चालक पोखरेलसँग रु दुई लाख ९१ हजार ३२३ र न्यु चौधरी ट्रेडर्सका सञ्चालक सुन्दरलाल चौधरीसँग रु २१ लाख १८ हजार ८९० बिगो दाबी गरिएको आयोगले जनाएको छ ।

भूकम्पपछि मानवीय सहायता उपलब्ध गराउने र भूकम्पपीडितलाई अस्थायी आश्रम उपलब्ध गराउने सन्दर्भमा अनावश्यक लाभ लिने, पीडित व्यक्ति तथा परिवारमा परेको मानवीय सङ्कटको मौका उठाएर बढी मूल्य लिई त्रिपाल बिक्री वितरण गरेको उजुरीमाथि छानबिन गर्दा भ्रष्टाचार भएको ठहर भएको हो ।

प्रयोग गर्न अनुपयुक्त, कम गुणस्तर र साना आकारका प्लास्टिक त्रिपाललाई समेत परल मूल्यभन्दा अस्वाभाविक मूल्य राखी भुक्तानी गरेको, काठमाडौँ महानगरपालिकाका राष्ट्रसेवक कर्मचारी तथा आपूर्तिकर्ताले आफूलाई गैरकानुनी लाभ लिएको अनुसन्धानबाट पत्ता लागेको आयोगले जनाएको छ ।

आयोगले ओरापी सबैलाई हदैसम्मको कारबाहीको माग गरेको छ । व्यवस्थापिका–संसद्को सार्वजनिक लेखा समितिले त्रिपाल घोटाला प्रकरणमा सहभागी सबैलाई कारबाही गर्न र सत्य तथ्य सार्वजनिक गर्न यसअघि नै निर्देशन दिएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending