Ntc summer Offer
Khabar Dabali २२ बैशाख २०८१ शनिबार | 4th May, 2024 Sat
NIMB

नेपाल बारमा लोकतान्त्रिक प्यानलको बर्चश्व, कसको कति मत ?

काठमाडौं । नेपाल बार एशोसियशनको अध्यक्षसहित अधिकांश पदमा शेरबहादुर केसी नेतृत्वको लोकतान्त्रिक प्यानल विजयी भएको छ । \"Sherbahadur-KC-and-Bijayaka\"

प्रगतिशील प्यानलका विजयकान्त मैनालीलाई १८३ मतले हराउँदै केसी अध्यक्षमा निर्वाचित भएका छन् ।

केसीले ३ हजार ७ सय ९८ र मैनालीले ३ हजार ६ सय १५ मत पाएका छन् ।

महासचिवमा खाती

यसैगरी महासचिवमा लोकतान्त्रिक समूहकै खम्मबहादुर खाती विजयी भएका छन् । उनले ३ हजार ६ सय २४ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी दीनमणि पोख्रेलले ३ हजार ४ सय ५५ मत पाए ।

कोषाध्यक्ष पदमा ज्ञानरत्न शाक्य ३ हजार ४ सय ६७ मत ल्याउँदै विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हरिबहादुर खड्काले ३ हजार ३ सय ७० मत पाएका छन् ।

उपाध्यक्षमा को–को ?

पूर्वाञ्चल उपाध्यक्षमा मदनकुमार खड्का, मध्यमाञ्चल उपाध्यक्षमा (उपत्यका बाहिरबाट) विनय सिंह र मध्यमाञ्चल उपाध्यक्षमा (उपत्यका भित्रबाट) मोतीराज गौतम विजयी भएका छन् ।

यसैगरी पश्चिमाञ्चल उपाध्यक्षमा घनश्याम पन्त, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा शालिकराम सापकोटा र सुदूपश्चिमाञ्चल उपाध्यक्षमा कुलानन्द उपाध्याय विजयी भएका छन् ।

यसैगरी महिला उपाध्यक्षमा खुला क्षेत्रबाट उषा मल्ल पाठक विजयी भएकी छन् ।

सदस्यहरुमा को–को ?

दलित सदस्यमा श्यामकुमार विश्वकर्मा र मुस्लीम तथा मधेसी खुला सदस्यमा मधुर पाठक र रमणकुमार कर्ण विजयी भएका छन् ।

आदिवासी जनजाती सदस्यमा अस्मिन कुमार राई र हरिनारायण चौधरी विजयी भएका छन् ।

उपत्यका बाहिरबाट महिला सदस्यमा इन्दु कोइराला, खुला महिला सदस्यमा सानुमैया महर्जन र खुला सदस्य उपत्यका बाहिरबाट पदमबहादुर शाही विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी अन्य सात सदस्यहरुमा ज्ञानेन्द्रप्रसाद अधिकारी, अरुण पौड्याल, लक्ष्मण आचार्य, कृष्णप्रसाद पनेरु, इन्द्रबहादुर अधिकारी, विष्णुमाया भुसाल र कृष्णकुमार आङदेम्बे विजयी भएका छन् ।

सत्तारुढ गठबन्धन र मधेसवादी पार्टीको संयुक्त गठबन्धनबाट बनेको प्रगतिशिल प्यानललाई पछाडि पार्दै लोकतान्त्रिक प्यानलले २० पदमा जित हाँसिल गरेको छ । नेपाल बारको जम्मा २५ सदस्यीय कार्यसमितिका लागि ७१ जनाले प्रतिस्पर्धा गरेका थिए ।

कसले कति मत पाए विस्तृतमा हेर्न यो लिंकमा क्लिक गर्नुहोस् 

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies