Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

एसएलसी परीक्षा दिन गएका विद्यार्थीहरू सवारी दुर्घटनामा परे

\"bikeगौशाला । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा एसएलसी परीक्षा दिलाउन गइरहेको दुईवटा मोटरसाइकल विहीबारबिहान ७ः३० बजे एकआपसमा ठोक्किँदा दुई विद्यार्थीसहित पाँचजना गम्भीर घाईते भएका छन् । जलेश्वर नगरपालिका–१ स्थित रा.वि.म. क्याम्पसअगाडि विद्यार्थी बोकेको ज ७ प ५४५१ र बा ४८ प ३६३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई विद्यार्थीसहित पाँचजना गंभिर घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । घाइतेहरुमा ज ७ प ५४५१ नम्बरको मोटरसाइकलमा चढी थरुवाही माविबाट परीक्षा दिन महेन्द्र आदर्श महिला मावि जलेश्वर आउँदै गरेको जिल्लाको नैन्ही–८ बस्ने १८ वर्षीय विकास कुमार मण्डल, उनकी बहिनी विद्यार्थी १६ वर्षीया प्रियङ्का कुमारी र उनकी भाउजू २५ वर्षीया सरिता देवी कापर रहेका छन् । त्यस्तै, बा ४८ प ३६३५ नम्बरको मोटरसाइकलमा विद्यार्थी बोकी मावि बखरीभाठ गइरहेको जलेश्वर–१ बस्ने २० वर्षीय कर्णकुमार राम र उनले पैदल हिँडेर जाँदै गरेको बालिकालाई ठक्कर दिएको जलेश्वर–५ बस्ने बेचन साहकी छोरी १७ वर्षीया मधुकुमारी साह रहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए । दुर्घटनामा परी कर्णकुमार राम, मधुकुमारी साह, सरितादेवी कापर र विकासकुमार मण्डल गम्भीर घाइते भएकाले उनीहरुले कर्णकुमार रामलाई विशेष उपचारका लागि भारतको सीतामढी लगिएको छ भने अरूको उपचार महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ । प्रियङ्का कुमारी गम्भीर भएर पनि प्राथमिक उपचारपछि परीक्षा दिन गएकी छन् । यसैबीच, प्रहरीले दुवै मोटरसाइकल आफ्नो नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्रगतिमा रहेको कारण एकआपसमा ठोक्किएको थियो र बाटो हिँड्ने एक छात्रासहितलाई ठक्कर दिँदा उनीसमेत पाँचजना गम्भीर घाइते भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending