Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अबको प्रधानमन्त्री देउवा कि प्रचण्ड !

\"deuba-prachanda-750\" काठमाडौं । नयाँ संविधान जारी भएसँगै गठन भएको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको ७ महिना पुग्दै गर्दा सरकारको नयाँ कोर्ष शुरु हुँदैछ । यो कोर्ष पूरा हुन झण्डै दुई महिना लाग्ने देखिएको छ । ओलीले पनि नौ महिने सरकार चलाउने सम्भावना छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशनअघि नै सरकारको चर्चा शुरु भइसकेको थियो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महाधिवेशनपछि राष्ट्रिय सरकार गठन हुने सार्वजनिक अभिब्यक्ति धेरै ठाउँमा दिएका थिए । प्रचण्डले कांग्रेससहितको राष्ट्रिय सरकार आवश्यक रहेको र यसका लागि आफूले पहल गर्ने बताइरहँदा एमालेकै केही नेताहरुले पनि राष्ट्रिय सरकार गठन हुने बताएका थिए । तर एमाले नेताहरुले राष्ट्रिय सरकार गठन गर्ने कुरामा सहमत जनाएपनि ओली नेतृत्वमै राष्ट्रिय सरकार बन्ने भन्दै चर्चा गरे । कांग्रेस महाधिवेशनलगत्तै नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले सशक्त प्रतिपक्ष नभए सरकार निरंकुश हुने भन्दै पार्टीले प्रतिपक्षको भूमिका निभाउने प्रतिक्रिया दिएका थिए । अहिले पनि देउवाले सशक्त प्रतिपक्षको खाँचो औंल्याइरहेका छन् । तर देउवाले यसो भनिरहे पनि आफू प्रधानमन्त्री हुने खेल सभापतिमा निर्वाचित भएदेखि नै शुरु गरिसकेका थिए । देउवाले पार्टीको आन्तरिक एकता सुदृढ गर्नकै लागि पनि आफूले पार्टी नेतृत्व गर्नुपर्ने महाधिवेशनको एजेण्डा नै बनाएका थिए । देउवाले भनेजस्तो पार्टीको गुट अन्त्य गर्नका लागि पनि नेता रामचन्द्र पौडेललाई संसदीय दलको नेता बनाउनुपर्ने थियो । तर देउवाले त्यसो गरेनन् । उनी आफू प्रधानमन्त्रीको दौडमा रहेकै कारण संसदीय दलको नेतामा छाडेनन् र पौडेललाई दोब्बरभन्दा बढी मतले हराइदिए । कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने प्रचलनले गर्दा कांग्रेसमा वैधानिक रुपमा नै देउवा प्रधानमन्त्रीका भावी उम्मेदवार भइसकेका छन् । प्रधानमन्त्रीका उम्मेदवार भइसकेपछि देउवा कुटनीतिक रुपमा पनि ओली नेतृत्वको सरकार ढाल्ने खेलमा लाग्नेछन् भने पार्टीले पनि सरकारविरुद्ध आन्दोलन अघि बढाउने संकेत मात्र गरेको छैन, भातृ संगठनलाई सडक संघर्ष चर्काउन निर्देशन दिइसकेको छ । वि.सं २०५१ मा भएको मध्यावधि चुनावपछि देउवा पहिलोपटक काँग्रेस संसदीय दलको नेता निर्वाचित भएका थिए । दल नेता निर्वाचित भएपछि उनी पहिलो पटक प्रधानमन्त्री भएका थिए । त्यसपछि पनि अनेक तिकडम गर्दै देउवा दुई पटक प्रधानमन्त्री भए । अबको प्रधानमन्त्रीको नयाँ कोषमा देउवा कसरी अघि बढ्छन् भन्ने शंकाकै घेरामा छ । तर उनी सबै पार्टीलाई मिलाएर राष्ट्रिय सरकारको प्रधानमन्त्री बन्ने सम्भावना अत्यन्त न्यून छ । त्यसैले उनी ओली सरकारविरोधी दल तथा ओली सरकारमै रहेर पनि असन्तुष्टी जनाएका दलका नेताहरुलाई हात लिएर सरकार ढाल्ने खेलमा लाग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । अहिले सरकारको नेतृत्व गरेको एमालेभित्रै गम्भीर मतभेद उत्पन्न भएको छ भने प्रमुख सत्तारुढ घटक एकीकृत माओवादी र राप्रपा नेपाल पनि वर्तमान सरकारको कामप्रति सन्तुष्ट छैन । सरकारबाट फिर्ता हुनुपर्ने भन्ने विवादले राप्रपा नेपाल फुटकै चरणमा छ भने एमाओवादीमा सरकारप्रति असन्तुष्टी उस्तै छ । यी सबै कारण पनि नयाँ सरकारको कोर्ष आफ्नो पञ्जामा पार्ने देउवाको रणनीति हुनेछ । यता, एकीकृत माओवादीका अध्यक्ष प्रचण्ड भने तेस्रो पार्टीका नेता भएर पनि सबैलाई हात लिएर संविधान जारी गर्न सफल भए भने वर्तमान अवस्थामा सरकारमा रहेका राजनीतिक दलहरुलाई डोर्याउने काम गरिरहेका छन् । रमाइलो यो छ कि आफ्नो सबैभन्दा विरोधी एमाले अध्यक्ष ओलीको समेत विश्वास जित्न सफल भए । सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेस नै आफ्नो मुख्य प्रतिष्पर्धी बनेकाबेला ओलीलाई प्रचण्डले नै काँध थापेका थिए । त्यसैले पनि एमाले देउवा भन्दा प्रचण्ड नै नजिक हुने विश्वास धेरैको छ । राष्ट्रिय सरकारको तुरुप फ्याँकेका प्रचण्ड कांग्रेस महाधिवेशनअघिसम्म कांग्रेस कसको नेतृत्वमा जान्छ भन्ने पर्खाइमा थिए । पौडेल वा सिटौला नेतृत्वमा आएको भए प्रचण्डलाई सहज पनि हुने थियो । तर प्रचण्डले तुरुप फ्याँके पनि सरकारको पासा भने देउवातिर पल्टिने सम्भावना बढेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending