Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

हारको कीर्तिमान बनाउँदै रामचन्द्र पौडेल

\"Sher-Bahadur-Deuba-and-Ram-Chandra-Poudel-700-750\"काठमाडौं । १३ महाधिवेशनमा सभापतिमा नेता शेरबहादुर देउवासँग पराजित भएको रामचन्द्र पौडेलको आज ठ्याक्कै एक महिना पुगेको छ । तर, देउवासँग नराम्ररी पराजित भएका उनै पौडेल एक महिनापछि आज फेरि देउवासँगै संसदीय दलको नेताको लागि भिड्दैछन् । आफ्नो पक्षका महत्वपूर्ण नेताले साथ छोडेपछि महाधिवशेनमा पराजित भएर पनि लगत्तै उम्मेवदार बन्दै आज फेरि पौडेल हारको नजिक पुगेका हुन् । सुशील कोइरालाको निधन भएपछि दलको नेता चयनका लागि आज ११ बजेदेखि कांग्रेसका २०७ सांसदले मतदान गर्दैछन् । प्रारम्भिक अनुमान अनुसार सभापतिकै जस्तो नतिजा र नेताहरुको साथ पाउँदा देउवाले सहज रुपमा बहुमत पुर्याउने देखिएको छ । जित्नलाई २०७ मा १०४ मत ल्याए पुग्छ तर, देउवा पक्षको दाबी १३० कटाउने छ । पौडेल पक्ष भने हार्ने जान्दाजान्दै सम्माजनक मतको खोजीमा छ । पौडेल हार्छु भन्दाभन्दै आफैंमा नेतामा अघि सरेका छन् । उनी पहिले पनि १७ पटकसम्म प्रधानमन्त्रीमा बहुमत पुर्याउन नसक्ने नेताका रुपमा चर्चित छन् । तर, विगतका हारबाट उनी पाठ सिक्नुको साटो आफैं सबैथोक हुँ भन्दै देउवासँग भिड्न लागेका हुन् । पौडेल पक्षमा प्रकाशमान सिंह र डा. रामशरण महतले दलको नेतामा उठ्न इच्छा देखाए पनि बरु आफैं हार्ने तर, अरुलाई हार्न नदिने गरी उनी अघि सरेका हुन् । उम्मेदवार बन्दामात्रै पनि अर्को पावरसेन्टर बन्छ र आफू समूहको नेतामा पछि पर्छु भन्ने पौडेललाई लागेकैले उनले उम्मेदवारीमा बल गरेको बुझिएको छ । महाधिवेशनमा अघिल्लो संस्थापनका केबी गुरुङ, सूर्यमान गुरुङ, अर्जुननरसिंह केसीसहितका एक दर्जन केन्द्रीय सदस्य जो सांसद पनि थिए उनीहरुले देउवालाई सहयोग गरेका थिए । एक महिनाको अन्तरमा अरु एक दर्जन जति सांसद देउवाले आफ्नो पक्षमा पारेका छन् । तर, पौडेलले देउवातिरका एकजना पनि सांसदलाई तान्न सकेका छैनन् । यस्तोमा पनि पौडेल आफैं अघि सरेका हुन् । देउवा २०७० माघ १२ गते भएको संसदीय दलको नेता चुनावमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालासँग १६ मतले पराजित भएका थिए । कोइरालाले १०५ मत ल्याउँदा देउवाले ८९ मत ल्याएका थिए । आफ्नो ८९ मतमा देउवाको एक मत पनि घटेको छैन । बरु बढेको छ । तर, पनि पौडेलले हार्न तयार तर, देउवालाई नछोड्ने नीति लिंदै प्रतिस्पर्धामा उत्रिएका हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending