Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

अब मासु प्याकिङ गरेर मात्र काठमाडौं ल्याइने

\"meatकाठमाडौं। उपत्यकाको फोहर थप व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाले मासुजन्य जनावरबाट निस्कने फोहर आयात गरिने जिल्लामा नै व्यवस्थापन गरी खानयोग्य मासु मात्र प्याकिङ गरी ल्याउने तयारी गरेको छ । महानगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख हरिकुमार श्रेष्ठका अनुसार उपत्यकामा ल्याइने अधिकांश मासु बाहिरी जिल्लाबाट आयात गरिने हँदा जुनजुन जिल्लाबाट मासु आयात गरिन्छ सोही जिल्लामानै फोहर व्यवस्थापन गरी सफा खानयोग्य मासु मात्र ल्याउन लागिएको हो । ‘अब केही समयमानै विभिन्न जिल्लाबाट मासु प्याकिङ गरी खानयोग्य मात्र ल्याइने छ ।’ प्रमुख श्रेष्ठले भने । श्रेष्ठका अनुसार जुन जिल्लाबाट मासु आयात गरिन्छ सोही स्थानमा मासुजन्य वस्तुबाट निष्कने दिसा, हड्डी, छाला, रौँलगायतका फोहरको व्यवस्थापन गरी ल्याइन लागेको हो । त्यसको लागि नेपाल सरकार, महानगरपालिका, मासु व्यवसायीको सहयोग आवश्यक पर्छ । यसले गर्दा उपत्यकावासीले सफा मासु खान पाउने महानगरपालिकाले विश्वास लिएको छ । मासु उत्पादन हुने गरेका जिल्लाको केही स्थानमा कोल्ड स्टोरको व्यवस्था गरी मासुको प्याकिङ गरी उपत्यकामा ल्याइनेछ । मासु आयात गर्ने मुख्य जिल्लामा स्थानमा हेटौँडा, वीरगन्ज, बारा, चितवन रहेका भएपनि पछिल्लो समय धादिङ, नुवाकोटबाट पनि मासुजन्य जनावर आयात हुने गरेको छ । यसरी सिङ्गै जनावर ल्याई मासु तयार गरी बिक्री वितरण गर्दा फोहर अत्यधिक बढेकाले सम्बन्धित जिल्लामानै व्यवस्थापन गर्न लागिएको हो । साना ठूला सबै खालका जनावरको आयात गरिने मासुका लागि यो व्यवस्था लागू हुनेछ । काठमाडौँ उपत्यकामा भन्दा अन्य जिल्लामा फोहर व्यवस्थापनका लागि स्थान हुने भएको हुँदा यस किसिमको व्यवस्थापनको प्रक्रिया अघि बढाउन लागिएको हो । पछिल्लो समय कुखुराको मासुमा आत्मनिर्भर भएपनि खसी–बोकामा ७० प्रतिशत तथा राँगामा ६० प्रतिशत मासु भारतबाट आयात हुने गरेको छ । राँगाभैँसी ५०० वटा, खसी एक हजार ५००, सात हजार कुखुरा, सुँगुर १५० र माछा सात हजार किलो मासु दैनिक काठमाडौँ महानगरपालिकामा प्रयोगका लागि बाहिरी जिल्लाबाट ल्याइने गरेको छ । यसैबीच, महानगरपालिकाले काठमाडौँ उपत्यका र उपत्यका बाहिर रहेका बधशालाको अनुगमन गर्ने भएको छ । अनुगमनको क्रममा अव्यवस्थित रहेका बधशालालाई व्यवस्थापन गर्न लगाइने पनि महानगरले जनाएको छ । सुनसरी, वीरगन्ज, नेपालजन्ज, बर्दिया, धनगढी र मलङ्गवा बढी मात्रामा मासु आयात गर्ने स्थान रहेकाले सोही स्थानमा रहेका बधशालाको विशेष अनुगमन गरिनेछ । सञ्चालित सबै बधशालाले साना ठूला गरी दैनिक २०० वटा मासुजन्य पशुको बध गर्नसक्ने क्षमता रहेको छ । काठमाडौँ उपत्यकाको अनुगमन पछि यहाँ रहेका बधशालालाई कोल्ड स्टोर बनाइने पनि महानगरले बताएको छ । अहिले काठमाडौँमा विष्णुमती र बागमती नदीको किनारमा ठूला जनावरको लागि बधशाला बनाई मासु तयार गर्ने गरिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending