Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

माओवादी एकताको अर्को सम्भावना

\"Maoist_unityकाठमाडौं । एकीकृत माओवादी र नेकपा क्रान्तिकारी माओवादीबीच एकताको प्रक्रिया नजिकिएकै बेला माओवादीहरुबीच अर्को एकताको सम्भावना पनि बढेको छ । दश वर्षे जनयुद्ध हुँदै शान्ति प्रक्रियामा आएपछि छिन्नभिन्न भएका माओवादीहरु फेरि एक भइ सहिदको सपना पूरा गर्नुपर्ने बाटोमा लाग्नुपर्ने बहस तीब्र भइरहेको सन्दर्भमा अन्य माओवादीहरुबीच पनि एकताबारे छलफल शुरु हुन लागेको छ । एकीकृत माओवादी लगायतका माओवादी शक्तिहरुबीच एकता प्रक्रियालाई अन्तिम निश्कर्षमा पुर्याउन भन्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा छलफल तीब्र भइरहेको छ । माओवादी विभाजनले माओवादी शक्ति मात्र नभइ राष्ट्रियता नै कमजोर हुँदै गएको निश्कर्षमा माओवादी नेताहरु पुगेका छन् । माओवादी शक्तिहरुबीचको एकता र ध्रुविकरणको प्रक्रिया तीब्र भइरहेका बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमण अस्वीकार गर्दै चीन भ्रमणमा जाने तयारी गरेका छन् । भारत भ्रमणलाई अस्वीकार गरी चीन भ्रमणमा जान लागेका प्रचण्डले आफ्नो राष्ट्रियताप्रतिको अडान कत्तिको राख्छन् भन्नेमा माओवादी नेताहरु पर्खाइमा छन् । भारतीय नाकाबन्दीका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओलीझैं केही दिन चर्चामा आउन मात्रै भारत भ्रमण अस्वीकार गरेका हुन् कि साँच्चिकै आफ्नो अडान अडिग भएर राख्छन् भन्नेमा अझै विश्वास गर्ने आधार नभएको माओवादीकै नेताहरु बताउँछन् । एमाओवादी अध्यक्ष प्रचण्डको चीन भ्रमणका बेला चीनलाई विश्वासमा लिन सकेमा प्रचण्डलाई अर्को फाइदा हुने देखिएको छ । प्रचण्डले अन्य माओवादीले जस्तै जनवादी क्रान्तिका सन्दर्भमा सबै माओवादीसँग बहस गरी विचारलाई अझ परिष्कृत र क्रान्तिकारी बनाउन सकेमा प्रचण्ड एकपटक पुनः सबै माओवादीको नेता बन्ने सम्भावना रहेको छ । स्रोतकाअनुसार अहिलेको माओवादीहरुको एकता प्रक्रियामा नआएका नेत्रविक्रम चन्द ‘विप्लव’ पनि प्रचण्डको चीन भ्रमणको पर्खाइमा रहेका छन् । चीन भ्रमणबाट फर्किएपछि प्रचण्डले कस्तो बाटो अपनाउँछन्, त्यसैका आधारमा एकता प्रक्रियाका बारेमा आफूहरु पनि छलफलका लागि तयार हुने विप्लव माओवादीका एक नेताले बताए । विभाजित भएका सबै माओवादीलाई विभाजनले कमजोर भएको अनुभूति भएकाले गर्दा प्रचण्डले सबै माओवादीबीच एकताको पहल तीब्र बनाएका छन् । माओवादी एकतासँगै क्रान्तिकारी ध्रु्विकरणको प्रक्रिया पनि अघि बढाउने माओवादी नेताहरुले बताएका छन् । पछिल्लो समय एमाओवादीसँग बिनाशर्त एकता गर्न भन्दै वैद्य माओवादीका केही नेताहरु कस्सिएपछि विप्लव पनि गम्भीर बनेको स्रोतको भनाइ छ । उनले वैद्यलाई भेटेर लक्ष्यमा पुग्नका लागि सँगै क्रान्ति गर्नुपर्नेमा जोड दिएको वैद्य निकट एक नेताले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending