Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

क्रिकेट विश्वकपको महाभिडन्त आज

\"West-england\"काठमाडौं । टीट्वान्टी क्रिकेटमा आज दुईवटा फाइनल खेल हुँदैछन् । पुरुष फाइनलमा वेस्ट इण्डिज र इङल्याण्ड आमनेसामने हुँदैछन् । भने महिला क्रिकेटको फाइनलमा पनि वेस्ट इण्डिजले अष्ट्रेलियाको सामना गर्नेछ । यो प्रतियियोगितामा भारत, पाकिस्तान र श्रीलंकाले एकएकपटक जितेका छन् । तर, दुई पटक जित्ने टोली छैनन् । आज जसले पनि जिते पनि दुई पटक जितेको कीर्तिमान राख्नेछन् । वेस्ट इण्डिले २०१२ यो विश्वकप जित्दा त्यस अघि २०१० को उपाधि इङल्याण्डले आफ्नो नाममा लेखाएको थियो । आज बेलुका नेपाली समय अनुसार सवा सात बजे इण्डिज र इङल्याण्ड आमनेसामने हुँदैछन् । तीन दिन अघि इण्डिजले आयोजक भारतलाई उसकै मैदानमा धुलो चटाउँदै फाइनल यात्रा तय गरेको थियो । उसले दुई बल अगावै सात विकेटको जितका निकालेको थियो । त्यस्तै, सुपरटेनका चारवटै खेल जितेर दबाब बनाएको न्युजिल्याण्डलाई परास्त गर्दै इङल्याण्डले फाइनलको टिकट काटेको थियो । त्यसैले यी दुई टोली आफैंमा कमजोर छैनन् । फाइनलसम्म पुग्दा प्रभावशाली टिमलाई पाखा लगाएकोले पनि कसले कसलाई परास्त गर्छ भन्न सकिने अवस्था छैन । वेस्ट इण्डिजले सुपरटेनकै खेलमा इङल्याण्डलाई ६ विकेटले  पराजित गरेर आफू कमजोर नभएको सन्देश दिइसकेको छ । हेड टु हेडको फाइदा पनि क्यारेबियन टिम इण्डिजलाई छ । अहिलेसम्मका १३ भिडन्तमा इण्डिजले ९ पटक बाजी मार्दा इङल्याण्डले चारवटामा जितेको छ । इण्डिजलाई अर्को तथ्यांको पनि साथ छ त्यो हो अहिलेसम्म विश्वकपका खेलमा उसले इङल्याण्डलाई नतिजा सुम्पनुपरेको छैन । यता सुपर टेनको पहिलो खेल इण्डिजसँग हार्नुयता इङल्याण्ड पनि निक्कै फर्ममा देखिएको छ । उसले २३० रनको लक्ष्य साउथ अफ्रिकाविरुद्ध पछ्याएर जुनसुकै टिमलाई चुनैति दिन सक्ने शक्ति देखाइसकेको छ । को प्रभावशाली बन्लान ? वेस्ट इण्डिजबाट क्रिस गेलले भारतविरुद्ध धुम मच्चाउने आंकलन गरिएको थियो । तर, उनी पाँच रनमै आउट भए पनि लेन्डल सिमोन्स, जोन्सन चाल्र्स र मार्लन सामुयल्सले इण्डिजलाई इण्डियाविरुद्ध जितसम्म पुर्याएका थिए  सेमिफाइनमाल नचलेका गेल आजको खेलमा चल्न सक्छन् र इङल्याण्डको लागि टाउको दुखाई बन्न सक्छन् । इण्डिजका डारेन सामी, आन्द्रे रसेल र डेन ब्राभो पनि जतिसुकै बेला पनि ठूला सट खेल्दै नतिजा बदल्न माहिर मानिन्छन् । वेस्ट इण्डिजले प्रतियोगितामा ३६ वटा सर्वाधिक छक्का हानेर पहिलो नम्बरमा आफूलाई राख्दा इङल्याण्ड ३४ छक्कासहित दोस्रो स्थानमा छ । इङल्याण्डका जेएसन रोय, जोए रुट र बुटलर खतरनाक ब्याट्सम्यमानका रुपमा देखिएका छन् ।  मोर्गन, मोइन अली, बिलिङग्स, हेल्स, जोर्डन पनि टोलीका हतियार हुन् । भारत, पाकिस्तान र श्रीलंकाले पनि टीट्वान्टी क्रिकेट एकएकपटक जितेका छन् । तर, दुई पटक जित्ने टोली छैनन् । आज जसले पनि जिते पनि दुई पटक जितेको कीर्तिमान राख्नेछन् । वेस्ट इण्डिजले सन् ७० देखि ८० को दशकमा क्रिकेटमा धुम मच्चाएका थियो । उसले यो अवधि«ेलियाविरुद्ध जित हार्न पार्न सके महिला टोलीले पनि क्यारेबियका खुशी फर्काउन सक्नछन् । वेस्ट इण्डिजले सन् ७० देखि ८० को दशकमा क्रिकेटमा धुम मच्चाएका थियो । उसले यो अवधिमा दुई पटक वान डे विश्वकप जितेर विश्वभर सनसनी मच्चाएको थियो । त्यस्तै, वेस्ट इण्डिजको महिला टोलीले पनि आजै फाइनल भिडन्त गर्दैछ । पुरुष   टोली र अष्ट्रेलियाविरुद्ध महिला टोलीले जित हार्न पार्न सके क्यारेबियनका देशमा फेरि खुशी क्रिकेटले खुशी फर्काउन सक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending