Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

क्रिकेट विश्वकपको महाभिडन्त आज

\"West-england\"काठमाडौं । टीट्वान्टी क्रिकेटमा आज दुईवटा फाइनल खेल हुँदैछन् । पुरुष फाइनलमा वेस्ट इण्डिज र इङल्याण्ड आमनेसामने हुँदैछन् । भने महिला क्रिकेटको फाइनलमा पनि वेस्ट इण्डिजले अष्ट्रेलियाको सामना गर्नेछ । यो प्रतियियोगितामा भारत, पाकिस्तान र श्रीलंकाले एकएकपटक जितेका छन् । तर, दुई पटक जित्ने टोली छैनन् । आज जसले पनि जिते पनि दुई पटक जितेको कीर्तिमान राख्नेछन् । वेस्ट इण्डिले २०१२ यो विश्वकप जित्दा त्यस अघि २०१० को उपाधि इङल्याण्डले आफ्नो नाममा लेखाएको थियो । आज बेलुका नेपाली समय अनुसार सवा सात बजे इण्डिज र इङल्याण्ड आमनेसामने हुँदैछन् । तीन दिन अघि इण्डिजले आयोजक भारतलाई उसकै मैदानमा धुलो चटाउँदै फाइनल यात्रा तय गरेको थियो । उसले दुई बल अगावै सात विकेटको जितका निकालेको थियो । त्यस्तै, सुपरटेनका चारवटै खेल जितेर दबाब बनाएको न्युजिल्याण्डलाई परास्त गर्दै इङल्याण्डले फाइनलको टिकट काटेको थियो । त्यसैले यी दुई टोली आफैंमा कमजोर छैनन् । फाइनलसम्म पुग्दा प्रभावशाली टिमलाई पाखा लगाएकोले पनि कसले कसलाई परास्त गर्छ भन्न सकिने अवस्था छैन । वेस्ट इण्डिजले सुपरटेनकै खेलमा इङल्याण्डलाई ६ विकेटले  पराजित गरेर आफू कमजोर नभएको सन्देश दिइसकेको छ । हेड टु हेडको फाइदा पनि क्यारेबियन टिम इण्डिजलाई छ । अहिलेसम्मका १३ भिडन्तमा इण्डिजले ९ पटक बाजी मार्दा इङल्याण्डले चारवटामा जितेको छ । इण्डिजलाई अर्को तथ्यांको पनि साथ छ त्यो हो अहिलेसम्म विश्वकपका खेलमा उसले इङल्याण्डलाई नतिजा सुम्पनुपरेको छैन । यता सुपर टेनको पहिलो खेल इण्डिजसँग हार्नुयता इङल्याण्ड पनि निक्कै फर्ममा देखिएको छ । उसले २३० रनको लक्ष्य साउथ अफ्रिकाविरुद्ध पछ्याएर जुनसुकै टिमलाई चुनैति दिन सक्ने शक्ति देखाइसकेको छ । को प्रभावशाली बन्लान ? वेस्ट इण्डिजबाट क्रिस गेलले भारतविरुद्ध धुम मच्चाउने आंकलन गरिएको थियो । तर, उनी पाँच रनमै आउट भए पनि लेन्डल सिमोन्स, जोन्सन चाल्र्स र मार्लन सामुयल्सले इण्डिजलाई इण्डियाविरुद्ध जितसम्म पुर्याएका थिए  सेमिफाइनमाल नचलेका गेल आजको खेलमा चल्न सक्छन् र इङल्याण्डको लागि टाउको दुखाई बन्न सक्छन् । इण्डिजका डारेन सामी, आन्द्रे रसेल र डेन ब्राभो पनि जतिसुकै बेला पनि ठूला सट खेल्दै नतिजा बदल्न माहिर मानिन्छन् । वेस्ट इण्डिजले प्रतियोगितामा ३६ वटा सर्वाधिक छक्का हानेर पहिलो नम्बरमा आफूलाई राख्दा इङल्याण्ड ३४ छक्कासहित दोस्रो स्थानमा छ । इङल्याण्डका जेएसन रोय, जोए रुट र बुटलर खतरनाक ब्याट्सम्यमानका रुपमा देखिएका छन् ।  मोर्गन, मोइन अली, बिलिङग्स, हेल्स, जोर्डन पनि टोलीका हतियार हुन् । भारत, पाकिस्तान र श्रीलंकाले पनि टीट्वान्टी क्रिकेट एकएकपटक जितेका छन् । तर, दुई पटक जित्ने टोली छैनन् । आज जसले पनि जिते पनि दुई पटक जितेको कीर्तिमान राख्नेछन् । वेस्ट इण्डिजले सन् ७० देखि ८० को दशकमा क्रिकेटमा धुम मच्चाएका थियो । उसले यो अवधि«ेलियाविरुद्ध जित हार्न पार्न सके महिला टोलीले पनि क्यारेबियका खुशी फर्काउन सक्नछन् । वेस्ट इण्डिजले सन् ७० देखि ८० को दशकमा क्रिकेटमा धुम मच्चाएका थियो । उसले यो अवधिमा दुई पटक वान डे विश्वकप जितेर विश्वभर सनसनी मच्चाएको थियो । त्यस्तै, वेस्ट इण्डिजको महिला टोलीले पनि आजै फाइनल भिडन्त गर्दैछ । पुरुष   टोली र अष्ट्रेलियाविरुद्ध महिला टोलीले जित हार्न पार्न सके क्यारेबियनका देशमा फेरि खुशी क्रिकेटले खुशी फर्काउन सक्नेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending