Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

बार्सिलोना र रियलबीच बहुचर्चित 'इल क्लासिको' भिडन्त हुँदै

\"el-clasico-18-yard-box\"काठमाडौं । स्पेनिस ला लीगामा आज राती (१२:१५ बजे) बार्सिलोना र रियल म्याड्रिडबीच बहुचर्चित इल क्लासिकोको भिडन्त हुदैछ । लीगमा यी दुई पारम्परिक टोलीबीच हुने खेललाई इल क्लासिको भनिन्छ । पहिलो लेगमा बार्सिलोनाले रियललाई उसकै मैदानमा ४–० गोलले स्तब्ध पारेको थियो । त्यसैले आज बार्सिलोनाको मैदान नोउ क्यमम्पमा हुने यी दुई टोलीबीचको भिडन्तलाई महत्वका साथ हेरिएको छ । लीगका ३० खेल सकिंदा बार्सिलोना रियलभन्दा १० अघि अघि छ । बार्सिलोनाको ७६ अंक छ भने रियल ६६ अंकसहित तेस्रो स्थानमा छ । ६७ अंक रहेको एथलेटिको म्याड्रिड दोस्रो स्थानमा छ । त्यसैले लीग दौडमा कायम रहनका लागि रियललाई आजको खेल जित्नै पर्ने दबाब छ । हारले रियलको उपाधिको सम्भावना निक्कै कमजोर हुनेछ । बार्सिलोनामाथि जित निकाल्न सके रियलले बाकी सात खेलमा दबाब बनाउन सक्नेछ । उपाधि होडमा फर्कन बार्सिलोना र एथलेटिकोको दुई चुनौति रियललाई सामना गर्नुछ । उता बार्सिलोना भने ३९ खेलसम्म अपराजित छ । आज राती हुने खेल जिते उसको अपराजित खेलको संख्या ४० पुग्ने छ । जुन फुटबल इतिहासमा निक्कै महत्वको विषय पनि हो । पछिल्लो समय क्याटलान टोलीको फर्म पनि निक्कै उच्च छ । मेसी, सुवारेज र नेयमार निक्कै फर्ममा खेलिरहेका छन् । घरेलु र बाह्य मैदानमा यी तीनै फरवार्डले स्कोर गर्दै आफूलाई अब्बल सावित गरिहरको छन् । यद्यपी भर्खरै आ–आफ्नो देशमा विश्वकप छनोट खेलेर आएका यी तीन खेलाडि केही थोका छन् । तर, घरेलु मैदानमा खेल्नुको फाइदा यिनीहरुले उठाउन सक्नेछन् । तर, रियल भने पछिल्लो समय घर बाहिर जित्न संघर्ष गरिरहेको छ । रोनाल्डो पनि पोर्चुललमा खेलेर भर्खरै आएका छन् । तर, करिम बेन्जमा र गेराथ बेल यसपटक लयमा फर्कंदा बार्साको टाउको दुखाई बन्न सक्नेछन् । बार्साले अग्रपंक्ति आक्रमक भए पनि उसले आफ्नो क्षेत्रमा खुल्ला भएर खेल्न दिने कमजोरीको रियलले फाइदा उठाउन सक्नेछ । छोटा पासमा उत्कृष्ट खेल कौशल देखाउन बार्सा पनि कमजोर भने छैन मेसी, सुवारेज, नेयमारको तालमेल, इनिस्टा, पिके, आल्भेस जस्ता मध्य र रक्षापंक्तिका खेलाडीको उत्कृष्ट फर्मको फाइदा पनि उसलाई छ । सुवारेज (२६ गाेल) रोनाल्डो (२८ गाेल)पछि लीगमा बढी गोल गर्ने खेलाडी हुन् । केही खेल कम खेलेको मेसीले पनि गोल संख्या २२ पुरयाएका छन् । एमएसएन (मेसी, सुवारेज र नेयमार) तथा बीबीसी (बेल, बेन्जमा र क्रिश्चियानो)बीचको भिडन्त भएकोले पनि यो खेललाई विश्वभर महत्वका साथ हेरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending