Khabar Dabali १ बैशाख २०८३ मंगलवार | 14th April, 2026 Tue

बार्सिलोना र रियलबीच बहुचर्चित 'इल क्लासिको' भिडन्त हुँदै

\"el-clasico-18-yard-box\"काठमाडौं । स्पेनिस ला लीगामा आज राती (१२:१५ बजे) बार्सिलोना र रियल म्याड्रिडबीच बहुचर्चित इल क्लासिकोको भिडन्त हुदैछ । लीगमा यी दुई पारम्परिक टोलीबीच हुने खेललाई इल क्लासिको भनिन्छ । पहिलो लेगमा बार्सिलोनाले रियललाई उसकै मैदानमा ४–० गोलले स्तब्ध पारेको थियो । त्यसैले आज बार्सिलोनाको मैदान नोउ क्यमम्पमा हुने यी दुई टोलीबीचको भिडन्तलाई महत्वका साथ हेरिएको छ । लीगका ३० खेल सकिंदा बार्सिलोना रियलभन्दा १० अघि अघि छ । बार्सिलोनाको ७६ अंक छ भने रियल ६६ अंकसहित तेस्रो स्थानमा छ । ६७ अंक रहेको एथलेटिको म्याड्रिड दोस्रो स्थानमा छ । त्यसैले लीग दौडमा कायम रहनका लागि रियललाई आजको खेल जित्नै पर्ने दबाब छ । हारले रियलको उपाधिको सम्भावना निक्कै कमजोर हुनेछ । बार्सिलोनामाथि जित निकाल्न सके रियलले बाकी सात खेलमा दबाब बनाउन सक्नेछ । उपाधि होडमा फर्कन बार्सिलोना र एथलेटिकोको दुई चुनौति रियललाई सामना गर्नुछ । उता बार्सिलोना भने ३९ खेलसम्म अपराजित छ । आज राती हुने खेल जिते उसको अपराजित खेलको संख्या ४० पुग्ने छ । जुन फुटबल इतिहासमा निक्कै महत्वको विषय पनि हो । पछिल्लो समय क्याटलान टोलीको फर्म पनि निक्कै उच्च छ । मेसी, सुवारेज र नेयमार निक्कै फर्ममा खेलिरहेका छन् । घरेलु र बाह्य मैदानमा यी तीनै फरवार्डले स्कोर गर्दै आफूलाई अब्बल सावित गरिहरको छन् । यद्यपी भर्खरै आ–आफ्नो देशमा विश्वकप छनोट खेलेर आएका यी तीन खेलाडि केही थोका छन् । तर, घरेलु मैदानमा खेल्नुको फाइदा यिनीहरुले उठाउन सक्नेछन् । तर, रियल भने पछिल्लो समय घर बाहिर जित्न संघर्ष गरिरहेको छ । रोनाल्डो पनि पोर्चुललमा खेलेर भर्खरै आएका छन् । तर, करिम बेन्जमा र गेराथ बेल यसपटक लयमा फर्कंदा बार्साको टाउको दुखाई बन्न सक्नेछन् । बार्साले अग्रपंक्ति आक्रमक भए पनि उसले आफ्नो क्षेत्रमा खुल्ला भएर खेल्न दिने कमजोरीको रियलले फाइदा उठाउन सक्नेछ । छोटा पासमा उत्कृष्ट खेल कौशल देखाउन बार्सा पनि कमजोर भने छैन मेसी, सुवारेज, नेयमारको तालमेल, इनिस्टा, पिके, आल्भेस जस्ता मध्य र रक्षापंक्तिका खेलाडीको उत्कृष्ट फर्मको फाइदा पनि उसलाई छ । सुवारेज (२६ गाेल) रोनाल्डो (२८ गाेल)पछि लीगमा बढी गोल गर्ने खेलाडी हुन् । केही खेल कम खेलेको मेसीले पनि गोल संख्या २२ पुरयाएका छन् । एमएसएन (मेसी, सुवारेज र नेयमार) तथा बीबीसी (बेल, बेन्जमा र क्रिश्चियानो)बीचको भिडन्त भएकोले पनि यो खेललाई विश्वभर महत्वका साथ हेरिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending