Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

बाँडीचुँडी होइन एक्लै सरकार खाने देउवाको दाउ

\"DEUBA\"काठमाडौं । लामो प्रयासपछि शेरबहादुर देउवाले कांग्रेस कब्जा गरेपछि अब उनले कांग्रेसलाई कता लान्छन् र अब कांग्रेस कता फेरो समाउ“छ भन्ने विषयलाई चासोसाथ हेरिएको छ । कोइराला विरासत तोड्दै कांग्रेसका सत्तामा पुगेका देउवा राजनीतिको सत्तामा तत्काल नजाने भनिरहेका छन् । तर, एक वर्ष पार्टी बनाउछु, अनि सरकारबारे सोचौला भनिरहेका छैनन् । तत्काल केपी ओली नेतृत्वको सरकारमा जाँदैनौं भने पनि केही समययपछि ओली सरकारमा देखिने असन्तुष्टीलाई छोप्दै देउवाले सत्तामा पुग्ने रणनीति अख्तियार गर्दैछन् । भन्नलाई बाँडीचुडी खान सरकारमा जाने होइन, बलियो प्रतिपक्षी बनेर बस्ने देउवाको सार्वजनिक भनाई छ । तर, सरकारमा पुग्नका लागि देउवाले यतिखेर आन्तरिक बाह्य तयारीलाई तीव्रता दिइरहेका छन् । सबैभन्दा पहिले सरकारको नेतृत्वमा पुग्न देउवालाई संसदीय दलको नेता बन्नुपर्नेछ । किनकी सभापति भए पनि उनी संसदीय दलको नेता छैनन् । सभापति सुशील कोइरालाको निधन भएपछि यो पद खाली छ । २०७० १२ माघमा देउवा संसदीय दलको चुनावमा कोइरालासँग पराजित भएका थिए । तर, सभापतिमा जित्दा प्राप्त गरेको शक्तिलाई प्रयोग गर्दै देउवा दलको चुनाव भए आफू निर्वाचित हुने गरी रणनीतिमा लागेका छन् । आफूले तानेका अजुर्न अजुर्ननरसिंह केसी, जगदीश्वरनरसिंह केसी, कूलबहादुर गुरुङ, चन्द्र भण्डारी, मान बहादुर विक, अमृत अर्याल, सूर्यमान गुरुङ, फरमुल्लाह मन्सुर, केशवकुमार बुढाथोकी, अर्जुनप्रसाद जोशी, मधु शाही, अमरेशकुमार सिंहसमेतको सहयोगबाट यसपटक आफू जित्ने देउवाको बुझाई छ । सहमति नभए यही चैतको २५ गतेसम्म संसदीय दलको चुनाव हुनेछ । सहमति भए आफ्नै नाममा हुने नभए पनि सभापतिमा हारेका रामचन्द्र पौडेललाई हराउने हिसाब देउवा पक्षको छ । सरकारका लागि देउवाको अर्को तयारी भनेको मधेस केन्द्रित दलहरुलाई रिझाउनु हो । तराई मधेसका समस्या समाधान प्रधानमन्त्री ओली इमान्दार नभएको सन्देश उनले मधेस दलहरुमाझ पुर्याएका छन् । त्यसैले मधेसी कार्ड प्रयोग गरेर ओलीको राजीनालाई शर्त बनाउने र आफू प्रधानमन्त्री अघि बढ्ने देउवाको सोच छ । यसको लागि मधेसी दलहरुले केही दिन आन्दोलन गर्ने र दुई तीन महिनाभित्र सरकार फेर्ने सम्मको तयारी गरिएको बुझिएको छ । अर्को महत्वपूर्ण फ्याक्टर भनेको एमाओवादी हो । जो वैकल्पिक सरकारको कार्ड हातमा लिएर बसेको छ । एमाओवादीले जुन दललाई समर्थन गर्छ उसैले सरकार बनाउने बाटो खुल्छ । सरकारसँग एमाओवादीसमेत असन्तुष्ट भएपछि अब विस्तारै सरकार परिवर्तन गर्न उसले पनि इच्छा देखाउने देखिन्छ  । किनकी सरकारमा आफ्नै मन्त्रीको कार्यशैलीमाथि प्रश्न उठिरहँदा सरकारलाई अझै निरन्तरता दिएर आफ्ना मन्त्रीलाई थप आलोचित बनाउन हुँदैन भन्नेमा एमाओवादी पुगिसकेको छ । नयाँ सरकार गठनमा एमाओवादी साथ लिने देउवाको तयारी छ । यस्तोमा ढिलोचाडो एमाओवादी अध्यक्ष प्रचण्डले पनि संविधान कार्यान्वयनको लागि अहिले प्रमुख राजनीतिक दलको सरकार भनिरहे पनि अब विस्तारै अर्को सरकारको कुरा गर्न सक्ने बुझाई पनि कांग्रेसको देउवाले पक्षले गरिरहेको छ । देउवा पक्षले भित्री रुपमा स्रोतमार्फत प्रचण्डलाई पनि यस्तो सन्देश पुर्याइरहेको बुझिएको छ । यद्यपी दुईदेखि तीन महिना भने देउवाले पार्टीभित्र संगठनात्मक सुधारको काम गरेको देखाउँने गरी क्रियाकलापलाई तीव्रता पनि दिंदैछन् । लगत्तै उनको ध्यान सरकारमै पुग्ने गरी केन्द्रित हुनेछ । किनकी यस अघि पनि अप्ठ्यारो अवस्थामा देउवाले नै प्रधानमन्त्री पद सम्हालेका छन् । यस्तो हवाला दिंदै मधेसीलाई पनि मिलाउने  संविधान कार्यान्वयनको लागि पनि प्रभावकारी नेतृत्व दिने गरी उनले सहमतिको कार्ड फ्याक्ने कांग्रेस स्रोत बताउँछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending