Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

ल्यारक्यालको गोलीकाण्डबारे इन्भेष्टमेन्ट बैंकमाथि अनुसन्धान

\"nepal काठमाडौं । एमाओवादी सांसद ल्यारक्याल लामाको बैंक लकरमा हतियारमा लाग्ने गोली भेटिएपछि बैंकमाथि अनुसन्धान थालिएको छ । स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनमा परेको ल्यारक्यालको दरबारमार्गस्थित इन्भेष्टमेन्ट बैंकको लकरमा गत आइतबार गोली भेटिएको थियो । ल्यारक्यालको सम्पत्ति छानविनकै क्रममा बैंकको लकरमा उनले राखेको गोली भेटिएपछि अख्तियारले तत्कालै प्रहरीको जिम्मा लगाएको थियो । आइतबारदेखि प्रहरी हिरासतमा राखिएका ल्यारक्याललाई शुक्रवार थप तीन दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ । ल्यारक्याललाई नियन्त्रणमा लिएर अनुसन्धान लागेको प्रहरी अपराध महाशाखा टेकुले इन्भेष्टमेन्ट बैंकमाथि पनि अनुसन्धान जारी राखेको छ । बैंकको लकरमा के कति कारणले गोली भेटियो भन्नेबारेमा जानकारी माग्दै प्रहरीले बैंकलाई पत्राचार गरेको छ । बैंकको सुरक्षाबारेमा जानकारी माग्दै बैंकलाई पत्राचार गरिएको प्रहरी अपराध महाशाखाका एसपी प्रधुम्नकुमार कार्कीले बताए । घरमा राख्ने सम्पत्ति असुरक्षाको महशुश गर्ने ब्यक्तिले जिन्सी सम्पत्ति बैंकको लकरमा राख्ने ब्यवस्था छ । तर लकरमा कुनै पनि अवैध बस्तुहरु राख्न नपाइने भनी बैंकले तोकेको हुन्छ । कष्टमरले लकरमा राखेको सामानबारेमा बैंक जवाफदेहि नहुने एसपी कार्की बताउँछन् । तर बैंकको सुरक्षा अवस्थाबारेमा जानकारी मागिएको उनले बताए । अबैध सामान नराख्नु भनिएको लकरमा ल्यारक्यालले हतियारका गोली राख्नु र बैंकको सुरक्षा जाँच हुने ठाउँमा गोलीसमेत छिराइनुले इन्भेष्टमेन्ट बैंक र ल्यारक्यालको मिलेमतो हुनसक्ने आशंका गरिएको छ । हतियारको गोली छिर्ने बैंकमा बम, बारुदहरु पनि छिर्ने आशंका पनि गर्न थालिएको छ । नेपालमा मात्र नभइ विश्वमै ग्राहकको सुरक्षाको लागि नै लकरको ब्यवस्था गरिएको हुन्छ । आफ्नो लकरमा राखिने सामगीमा बैंकले पनि ध्यान दिएको हुँदैन । बैंकको सुरक्षा चेकजाँचबाहेक लकरमा राखिएका सामानकोबारेमा फारम भर्नुपर्ने ब्यवस्थासमेत नहुँदा यस्ता समस्या आउने गरेको छ । यो पनि पढ्नुस् एमाओवादी सांसद ल्यारक्याल लामा गोलीसहित पक्राउ ल्यारक्याल लामा पाँच दिन हिरासतमा, सांसदबाट निलम्वित ल्यारक्याललाई थुनामा राख्ने म्याद तीन दिन थपियो
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending