Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

चीन भ्रमणबारे ओलीलाई नयाँ शक्तिको सात सुझाव : के के छन् सुझावमा

\"baburam-bhattarai-press-meet_20130724084141\"काठमाडौं । नयाँ शक्ति नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई ध्यानमा राखेर सात सुझाव दिएको छ । शुक्रबार नयाँ शक्तिका तर्फबाट एक विज्ञप्ती जारी गर्दै ओलीलाई भ्रमणका क्रममा चीनसँग वीप्पा, पारवाहन का लागी सहकार्यमा जोड गर्दै आर्थिक विकासका एजेण्डामा छलफल गर्न सुझाएको छ । यि हुन् नयाँ शक्तिका ७ सुझाव १। नेपालले चीनसँग पारवहन, बिप्पा र ईन्धन आपूर्तीका लागि सहकार्यमा जोड गर्नुपर्दछ र त्यसो गर्दा हाम्रो राष्ट्रिय हित र आपसी सम्वन्धलाई अझ बलियो बनाउने बिषयमा स्पष्ट हुनुपर्ने । २। नेपालले ब्यहोरिरहेको चीनसँगको ब्यापार घाटा कम गर्नकालागि चीनले नेपालकालागि भन्सार महशुलमा छुट लगायत, आर्थिक सहकार्यका बिशेष नीति बनाउन हाम्रा प्रधानमन्त्रीका तर्फबाट स्पष्ट योजनाहरु प्रस्तावित गर्नुपर्ने । ३। नेपाल दुई ठूला छिमेकीहरुको बीच असल छिमेकी र गतिशील पुलको रुपमा काम गर्न चाहन्छ । यसकालागि भारत, चीन र नेपालबीच सहकार्यका क्षेत्रहरुका बारेमा समेत कुरा गर्नुपर्ने र नेपाललाई दुई छिमेकीबीचको गतिशील पुलको रुपमा स्थापित गर्नुपर्ने । त्यसक्रममा नेपाल र चीन जोड्ने आधुनिक सडक र रेलमार्ग निर्माणमा जोड दिने । ४। नेपालको समग्र आर्थिक विकासमा चीनबाट ठोस सहयोगको लागि नेपाल सरकारले स्पष्ट योजना साथ आफ्ना प्रस्तावहरु राख्नुपर्ने । खासगरी नेपालको पूर्वाधारको विकासकालागि अनुदानका साथै कतिपय अत्यावश्यकीय क्षेत्रमा सस्तो ब्याजदरमा चीनिया पूँजी उपलव्ध गराउन अनुरोध गर्ने । ५। भूकम्पले ध्वस्त पारेका कतिपय पुरातात्विक संरचनाहरुको पुनर्निमाणमा चीनले देखाएको तत्परताको सराहना गर्दै विस्थापित जनताको पुनस्र्थापना र सामूहिक आवासहरुको निर्माणका निम्ति समेत अनुरोध गर्ने । ६। समग्र दक्षिण एशियामै पर्यावरणीय सन्तुलन खलवलिएको र त्यसबाट प्राकृतिक र मानवीय विनासका दुरगामी परिणामहरु निम्तिएको अवस्थामा हिमपर्वतहरुको संरक्षण गर्नु नेपाल र चीन दुवैका लागि महत्वपूर्ण छन् । त्यसकालागि चीनसँग बिशेष सहकार्य आवश्यक भएको कुरा प्रष्ट गर्ने । ७। नेपालको राष्ट्रिय हितलाई प्रतिकूल असर पर्नेगरी तत्कालीन वा दीर्घकालीन महत्वका कुनै सन्धि सम्झौताहरु हुन नहुने ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending