Khabar Dabali १४ चैत्र २०८२ शनिबार | 28th March, 2026 Sat
Investment bank

अनुसन्धान ब्युरोको नाममा ठगी

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था सुपरीर्भेक्षणको उच्च ओहदाको कर्मचारी भएको तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका अधिकारीसँग आफ्नो राम्रो सम्बन्ध भएको भन्दै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।

गोरखा जिल्ला केराबारी घर भई हाल बालुवाटार डेरा गरी बस्ने वर्ष २९ का प्रकाश रेग्मीलाई ब्युरोको टोलीले पक्राउ गरेको हो ।

उनले कुमारी बैंकका ऋणी तथा उद्योग व्यवसायी काठमाडौँ, धापासी निवासी जितेन्द्रबहादुर श्रेष्ठलाई भेटी कर्जा सूचना केन्द्रमा कालोसूचीमा परेकाले बैंकिङ कसुर मुद्दामा कुमारी बैंकले कारबाहीका लागि राष्ट्र बैंक र केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दिएको छ भनी रकम माग गरेकोे ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिए।

ब्युरोसँग कुरा नमिलाए पाँच वर्ष जेल जाने सम्भावना रहेको र आफ्नो ब्युरोका अधिकारीसँग राम्रो सम्बन्ध रहेको उनले भन्दै रकम मागेका थिए ।

रेग्मीलाई ब्युरोले पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगन्ज पठाइएको र निजले गरेको कार्य बैंकिङ मर्यादा विपरीत भएकाले आवश्यक कारबाहीका लागि नेपाल राष्ट्र बैंकमा समेत पठाइने जनाएको छ ।

रेग्मी कुबेर मर्चेन्ट फाइनान्समा चार वर्ष कार्यरत रही पछि सल्लाहकारसमेत भई हाल नारायणी डेभलपमेन्ट बैंकको सञ्चालकसमेत रहेको अनुसन्धानका क्रममा खुलेको ब्युरोले जनाएको छ ।

यसअघि महानगरीय प्रहरी अपराध महाशाखामा तत्कालीन प्रहरी नायब निरीक्षक दर्जामा कार्यरत विजयप्रताप शाह, ओखलढुङ्गा रुम्झाटार घर भई काठमाडौँ कपन बस्दै आएका राजेन्द्रराज गुरुङ, बाह्रबिसे सिन्धुपाल्चोक घर भई हाल काठमाडौँ बौद्ध बस्दै आएका सोनम लामा, सङ्खुवासभा खाँदबारी नगरपालिका घर भई हाल ललितपुर सातदोबाटो बस्ने तीर्थराज रेग्मीलगायतलाई पनि ब्युरोको नाम ठगी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।

ब्युरोका निर्देशक प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले ब्युरोले आर्जन गरेको विश्वसनीयता र गरिमालाई गिराउने गरी पछिल्लो समय यसकोे नाममा ठगी हुन थालेकाले यसप्रति सचेत हुन सबैलाई आग्रह गरे । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending