Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

मलेसियासँगको मैत्रीपूर्ण खेलका लागि ४४ खेलाडी छानिए

\"football\"काठमाडौं । मलेसियासँग हुने मैत्रीपूर्ण फुटबलको अभ्यासका लागि प्रारम्भिक चरणमा ४४ जना खेलाडी छनोट भएका छन् । नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त जापानी प्रशिक्षक ग्योतुकी कोजीले ती खेलाडी छनोट गरेका हुन् । छनोट भएका खेलाडीमध्ये अधिकांश दक्षिण एसियाली खेलकूद (साग) फुटबलको उपाधि जित्ने छन् । नेपाल र मलेसियाको यू–२२ टोलीबीच मार्च २७ तारिखमा मैत्रीपूर्ण फुटबल हुनेछ । प्रारम्भिक चरणमा छनोट भएका खेलाडीमा रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, जितेन्द्र कार्की, रञ्जित धिमाल, कमल श्रेष्ठ, मानबहादुर तामाङ, देवेन्द्र तामाङ, विजय धिमाल, अजित भण्डारी, दिनेश राजवंशी, अनिल गुरुङ, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, रञ्जन विष्ट, सुमन लामा, कमल लिम्बू विश्वास श्रेष्ठ र भरत खवास रहेका छन् । यसैगरी अन्य खेलाडीमा विकेश कुथु, किरण चेम्जोङ, अमृतकुमार चौधरी, एलन न्यौपाने, विशाल श्रेष्ठ, जगजित श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, योगेश गुरुङ, नवीन लामा, रोहित चन्द, जङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल, तेज तामाङ, टंक बस्नेत, राजेन्द्र रवाल, श्याम नेपाली, सुशील केसी, सुजल श्रेष्ठ, रूपेश केसी र शिव शर्मा छन् । छनोट भएकाहरु मध्ये अनन्त र अञ्जन ट्रायलका लागि नेदरल्यान्ड्स गएका छन् भने रोहित र विमल घाइते छन् । एक महिना अघिमात्र मलेसियाको टिटिम एफसीमा अनुबन्धित भएका नेपाली टोलीका उपकप्तान रोहित चन्द खेलका क्रममा घाइते भएका हुन् । बायाँ घुँडाको मांसपेशी च्यातिएका रोहितको शनिबार शल्यक्रिया गरिएको छ । चिकित्सकले रोहितलाई कम्तीमा सात महिना आराम गर्न सुझाव दिएका छन् । रोहित मलेसियाको टिटिममा अनुबन्ध हुनुअघि इन्डोनेसियाकै पेर्सिजा जाकार्ताबाट व्यावसायिक फुटबल खेल्दै आएका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending