Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

दोहोरो सुविधा त्याग्ने क्रम बढ्यो, १९ जनाले दिए फिर्ताका लागि निवेदन

\"Ayodhi-Ganeshraj-Gobinda-kusum-and-Krishnahari-Basnkotaकाठमाडौं । सामान्य प्रशासन मन्त्रालयले दोहोरो सेवा सुविधा फिर्ता लिन सूचना जारी गरेपछि १९ जना विशिष्ट सरकारी अधिकारीले त्यस्तो सुविधा फिर्ताका लागि निवेदन दिएका छन् ।

निवृत्तभरण पाइरहेका व्यक्ति पुनः सरकारी सेवा अथवा सार्वजनिक लाभको पदमा मासिक पारिश्रमिक पाउने गरी नियुक्ति भएमा पेन्सन रकम वा हाल कार्यरत रहेको संस्थाको तलब, सुविधामध्ये एक लिनुपर्ने गत माघ ८ मा मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।

मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालयले माघ ११ गते सूचना जारी गर्दै सार्वजनिक लाभको पदमा अथवा सरकारी सेवामा मासिक पारिश्रमिक पाउने गरी नयाँ नियुक्ति हुने पदाधिकारीले र हाल बहाल रहेको पदाधिकारीले यो निर्णय भएको मितिले एक महिनाभित्र मासिक पारिश्रमिक वा निवृत्त भरणमध्ये जुन बढी हुन्छ सो रोजेर लिने तथा सो कुराको जानकारी नियुक्ति भएको सम्बन्धित निकाय मार्फत निवृत्तभरण व्यवस्थापन कार्यालयलाई दिई अभिलेख राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।

सूचनामा सार्वजनिक लाभको पदमा बहाल रहुन्जेल कुनै पदाधिकारीले पारिश्रमिक र निवृत्त भरणको दोहोरो सुविधा उपभोग गरिसकेको रहेछ भने यी दुई मध्ये कुनै एक सुविधाबापत प्राप्त गरेको रकम सरकारी कोषमा दाखिला गरी सकेपछि मात्र निवृत्तभरण अधिकारपत्र जारी गर्ने उल्लेख थियो ।

क-कसले त्यागे दोहोरो सुविधा ?

सयौँंको सङ्ख्यामा त्यसरी दोहोरो सुविधा लिनेहरु रहेको अनुमान गरिए पनि सूचना जारी भएपछि हालसम्म १९ जनाले मात्रै दोहोरो सुविधा नलिने भन्दै निजामति किताबखानामा निवेदन दिएको किताबखानाका उपसचिव रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

दोहोरो सुविधा फिर्ता गर्नेमा कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव, सांसद् गणेशराज जोशी, लोकसेवा आयोगका सदस्य डा. गोविन्द कुसुम र राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटा र बेपत्ता छानबिन आयोगका प्रमुख लोकेन्द्र मल्लिकलगायत छन् ।

यसैगरी पूर्व सचिव नवीनकुमार घिमिरे, दीप बस्न्यात, खुमराज पुञ्जालीले पनि दोहोरो सुविधा त्याग्नुभएको छ । जगन्नाथ कोइराला, चुडामणि शर्मा कट्टेल, प्रकाशबहादुर बस्न्यात, विदुरप्रसाद फुयाँल, मीरा पोखरेल ध्वजु, युवराज पाण्डे, महेन्द्रप्रसाद श्रेष्ठ, राजनारायण पाठक, पुण्यप्रसाद न्यौपाने र चन्द्रकान्त पौडेलले पनि दोहोरो सुविधा त्याग्दै किताबखानामा निवेदन दिएका छन् ।

गरिबी निवारण कोषका उपाध्यक्ष पाण्डेले निवृत्तभरण लिने र अहिले बहाल पदको तलबभत्ता नलिने भन्दै निवेदन दिएका छन् भने अन्य सबैले भने निवृत्तभरण त्याग्ने र हाल बहाल पदको मासिक तलबभत्ता लिने भन्दै निवेदन दिएका छन् ।

उनीहरुले दिएको निवेदनअनुसार रोजेको ठाउँको मात्रै तलब वा पेन्सन पाउने गरी महालेखा नियन्त्रकको कार्यालयले पनि बैंक खाता रोक्का गरिदिएको छ ।

मानव अधिकार आयोग र लोकसेवाबाट फिर्ता हुन बाँकी

राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मासहित लोकसेवा आयोगका सदस्य अशोककुमार झा, ब्रम्ह्देव राय, श्रीपुरुष ढकाल, कृष्णचन्द्र झा र विन्दा हाडा भट्टराईलगायतले भने अझै दोहोरो सेवा सुविधा अन्त्यका लागि निवेदन दिएका छैनन् ।

मन्त्रिपरिषद् बैठकले दोहोरो सुविधा लिन रोक लगाएपछि लोकसेवा आयोगकी पूर्व अध्यक्ष कयोदेवी यमीसहित टीकादत्त निरौला र राजेन्द्रप्रसाद साहले सरकारविरुद्ध फागुन २ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त मुद्दा अदालतमा विचाराधीन छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सामान्य प्रशासन मन्त्रालय, निजामती किताब खानालाई विपक्षी बनाई दायर रिटमा दोहोरो सुविधा कटौती विरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले मुद्दा अदालतमा विचाराधिन भएका कारणले दाहोरो सुविधा फिर्ता लिने निवेदन कम परेको बताए ।

केही पदाधिकारीले भने मन्त्रिपरिषद्को निर्णय अघि नै दोहोरो सुविधा त्यागेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की, लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, महालेखा परीक्षक भानुप्रसाद आचार्य र महाकाली पञ्चेश्वर विकास समितिका कार्यकारी प्रमुख महेन्द्रबहादुर गुरुङले नियुक्ति भएलगत्तैै दोहोरो सुविधा त्यागेका थिए ।

विगतमा २०६१ सालमा मन्त्रीस्तरीय निर्णयबाट दोहोरो सुविधा लिन नपाइने निर्णय भए पनि कार्यान्वयन नभएपछि सामान्य प्रशासनमन्त्री रेखा शर्माको प्रस्तावमा मन्त्रिपरिषद् बैठकबाटै गत माघ ८ मा रोक लगाउने निर्णय भएको थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending