Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

संबृद नेपाल निर्माणतर्फ ध्यान केन्द्रित गर्नु पर्ने उपराष्ट्रपति पुनको जोड

\"nandaकाठमाडौं । अपाङ्गता भएका व्यक्तिका लागि स्वावलम्बन जीवन पद्धति केन्द्रले आज आयोजना गरेको कार्यक्रमका वक्ताले अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् । अपाङ्गता भएका व्यक्तिको महाअभियान एसिया ट्राई २०१६ को उद्घाटनका अवसरमा उनीहरुले मानवनिर्मित भौतिक संरचना सडक, सडकपेटी, घर भवन, सार्वजनिक सेवाका भवन, विद्यालय, कार्यालय, सवारीसाधन अपाङ्गमैत्री हुनुपर्ने आवश्यकतामा जोडदिएका हुन् । महाअभियानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको इतिहासमा पहिलोपटक भएको महान जनयुद्ध र त्यसपछिका मधेस आन्दोलन तथा अन्य आन्दोलनबाट अपाङ्ग भएका योद्धाको सम्मान गर्नुपर्ने बताए । उनले अपाङ्गता भएका व्यक्तिले आफ्नो अधिकार प्राप्तिका लागि गरेको आन्दोलनको फलस्वरुप सङ्घीयता, धर्मनिरपेक्षता, समानता तथा समावेशीतासहितको अग्रगामी संविधान जारी भएको बताए । उनलेउ२००७ सालदेखिको जनताको इच्छा बमोजिमको संविधान कार्यान्वयनको प्रक्रियालाई तीव्ररुपमा अघि बढाउन राजनीतिक दल तथा सरकारसहित सबैको ध्यानाकर्षण गरे । उपराष्ट्रपति पुनले भने –‘‘समृद्ध नेपालको निर्माणतर्फ हाम्रो ध्यान केन्द्रित गर्नुपर्छ ।’ राष्ट्रिय मानवअधिकार आयोगका कार्यबाहक अध्यक्ष प्रकाश वस्तीले नेपालमा अपाङ्ग र सपाङ्गमा कुनै भेद्भाव नरहेको बताउँदै अपाङ्गता भएका व्यक्ति कुनै पनि दृष्टिकोणले असक्षम नरहेको बताए । कार्यक्रमका सभापति एवम् महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव मधुप्रसाद रेग्मीले मन्त्रालयले समुदायमा आधारित पुनः स्थापना कार्यक्रम, अपाङ्गता भएका व्यक्तिलाई भत्ता, विभिन्न परीक्षामा सहयोगी राख्न पाउने व्यवस्था, तथा आयकरमा छुट, सवारीसाधनमा छुट दिँदै आएको बताए । राष्ट्रिय अपाङ्ग महासङ्घका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामाथि हेरिने दृष्टिकोणमा परिवर्तन ल्याउने कार्य निकै चुनौतीपूर्ण रहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending