Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

कम्प्युटर पढ्ने विद्यार्थी नै कम्प्युटर देख्दा अचम्मित

\"computer\"दोलखा । दोलखाको दुर्गम एक गाविसका कक्षा ६ देखि ८ सम्मका कम्प्युटर विषय लिएर पढ्ने विद्यार्थी नै कम्प्युटर देखेर अचम्मित भएका छन् । उत्तरी दुर्गम गाविस लापिलाङ–६ गुर्जपा निमाविका कम्प्युटर विषयका विद्यार्थी नै कम्प्युटर विद्यालयमा देखेपछि अचम्ममा परेका हुन् । उनीहरुले किताबमा कम्प्युटर देखेपनि प्रत्यक्ष कम्प्युटर भने नदेखेको बताएका थिए । दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले एक संस्थाको कार्यक्रमको अनुगमनका क्रममा गाउँमा जाँदा विद्यालयमा कम्प्युटरको विषयमा शिक्षकले पढाइरहेको र विद्यार्थीले कम्प्युटर नदेखेको भनेपछि प्रजिअ आफैँ अचम्मित भएका थिए । विद्यार्थीले प्रजिअ लामिछानेसमक्ष कम्प्युटर नदेखेको भनेपछि उनले तुरुन्त एक गैरसरकारी संस्था एसओएस बालग्रामलाई सहयोग गरिदिन अनुरोध गरेका थिए । संस्थाले तीन थान कम्प्युटर र एक थान प्रिन्टर दिएलगत्तै प्रजिअ लामिछाने विद्यार्थीमाझ कम्प्युटर पु¥याउन आफैँ गएका थिए । विद्यार्थीमाझ प्रजिअ लामिछानेले कम्प्युटर हस्तान्तरण गर्दै एक्काइसौँ सताब्दीमा पनि विद्यार्थीले कम्प्युटर विषय पढ्नु तर कम्प्युटर भने देख्न र प्रयोग गर्न नपाउनु दुःखद् भएको बताए । प्रजिअ लामिछानेले विद्यार्थीमाझ एसओएस बालग्रामले सहयोग गरेको कम्प्युटर देखाएपछि विद्यार्थी छक्क परेका थिए । विसं २०६८ देखि विद्यालयमा कम्प्युटर विषयमा विद्यालयमा सामान्य पढाइ भइरहे पनि विद्यार्थीलाई भने विद्यालयको आर्थिक अवस्था र विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर किनेर प्रयोगात्मकरुपमा पढाउन नसकेको प्रअ विष्णु शाही ठकुरीले बताए । कम्प्युटर पाएपछि कम्प्युटर विषय पढ्ने कक्षा ७ की छात्रा सपना थामीले कम्प्युटर देखेर अचम्म लागेको बताइन । छात्रा सपनाले भनिन यो सानो सामग्रीले धेरै ठूलो काम गर्छ रे । यता ठकुरी भन्छन् – ‘विद्यालयको अवस्था नाजुक छ, भनेजति दरबन्दी छैन, निजीस्रोतमा शिक्षक राखेर तलब खुवाइ राखिएको छ, विद्यालयको यो हालत कसैले हेरिदिँदैन । विद्यालयमा कम्प्युटर विषयमा अध्यापन गराउने शिक्षक हुँदा विद्यालयले विद्यार्थीको चासोमा केही वर्षयता कम्प्युटर विषय पढाउँदै आएको थियो । अहिले प्रजिअ लामिछानेले विद्यालयको अवस्था बुझेर गएसँगै विद्यालयमा भुईंमा बसेर पढ्ने विद्यार्थीको पनि समस्या समाधान भएको प्रअ ठकुरीको भनाइ रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending