Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

महामन्त्रीमा पराजित भएपछि गगनले निकाले यस्तो विज्ञप्ति

\"gaganकाठमाडौं। नेपाली कांगेसको १३ औं महाधिवेशनमा महामन्त्रीमा पराजित गगन थापाले आफुले पार्टी नछोड्ने र लोकतन्त्रको लागि पार्टीमै रही संघर्ष गर्ने बताएका छन् । बुधबार एक विज्ञप्ति जारि गर्दै उनले कांग्रेसलाई झन् बलियो बनाउने अभियानमा आफु लाग्ने बताएका छन् । उनले विज्ञप्तिमा भनेका छन् – नेपाली काँग्रेसलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको मेरो अभियान जारी रहनेछ । यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु । साथै पार्टी सभापति , महामन्त्री तथा कोषाध्यक्षमा निर्वाचित पदाधिकारी लाई बधाई दिएका छन् । यस्तो छ विज्ञप्तिको पूर्ण पाठ प्रेस विज्ञप्ति नेपाली काँग्रेसको १३औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन आ(आफ्नो ठाँउवाट क्रियाशील सवैलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । महाधिवेशनवाट निर्वाचित आदरणीय सभापति, महामन्त्री र कोषाध्यक्षज्यूलाई हार्दिक वधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछु । नेपाली काँग्रेसलाई सवैको काँग्रेस बनाउने गुरुत्तोर जिम्मेवारी निर्वाचित पदाधिकारीको काँधमा आएको छ । सवैको भावना समेटी पार्टीलाई गतिशिल रुपमा अगाडि वढाउनु हुनेछ भन्ने विश्वास पनि लिएको छु । यस महाधिवेशनमा मलाई अपार स्नेहका साथ मत दिने, सुभेच्छा प्रकट गर्ने,साथ सहयोग र समर्थन गर्ने सवै प्रति ह्दयदेखि नै आभारी छु । महाधिवेशनमा सहभागी साथीहरु मात्र होईन, देश भित्र र बाहिर रहेका लाखौं काँग्रेसजनहरू,आम नेपाली आमावुवा,दिदीबहीनी तथा दाजुभाईहरूले प्रत्यक्ष अप्रत्यक्ष रुपमा देखाएको स्नेह,आशा ,भरोसा अनि प्रेरणा र मार्गदर्शनलाई मैले मप्रतिको विश्वासको रुपमा लिएको छु । भेटघाट,सामाजिक संजाल, संचारमाध्यममार्फत प्रकट गरेको उत्साह र स्नेहका अविष्मरणीय क्षणले म अहिले पनि अभिभुत भएको छु । युवा साथीहरूको साथ, अग्रजको हौसला र स्नेह मेरा निम्ति सधै प्रेरणा र उर्जाको रुपमा रहनेछन । मेरो सवैभन्दा ठुलो राजनीतिक सम्पत्ति पनि त्यहि हो । यो विश्वासलाई मैले समाज परिवर्तनका निम्ति आफूमाथिको चुनौंति र जिम्मेवारीकै रुपमा लिएको छु । यहि विश्वासको जगमा टेकेर महाधिवेशनमा पार्टी रुपान्तरण र मुलुकको समृद्धिका लागि मैले प्रस्तुत गरेका विषयहरूलाई अगाडि वढाउन आगामी दिनमा मेरो प्रयास थप उर्जाका साथ निरन्तर रहनेछ । हिजो जस्तै भोलिका दिनमा पनि म सदैव तपाईको साथमा रहनेछु ।आगामी दिनमा पार्टीभित्र पार्टी सदस्य र प्रतिनिधिको मनमा लागेको कुरा निर्णयमा व्यक्त गर्नसक्ने अवस्थाको लोकतान्त्रिक पद्दति निर्माणका लागि पनि मेरो प्रयास रहनेछ । नेपाली काँग्रेस पार्टीलाई २००७ सालको जस्तो क्रान्तिकारी र २०१५ सालको जस्तो प्रगतिशील बनाउँदै परिवर्तित युगको हाँकलाई स्वीकारेर नेपाललाई सम्मानित र समुन्नत नेपाली बस्न सक्ने विलक्षण विविधताले युक्त समुन्नत घर वनाउने आधारशीला खडा गर्न र नेपाली काँग्रेसलाई समावेशी लोकतन्त्रलाई संस्थागत गरेर मूलुकलाई समुन्नतिमा लैजाने अभियानको नेतृत्व गर्ने पार्टी बनाउन पार्टी पुनर्निर्माणको मेरो अभियान जारी रहनेछ । यस अभियानमा निरन्तर साथ र सहयोगको अपेक्षा गरेको छु । महाधिवेशमा मेरो उम्मेदवारीलाई आफ्नै जस्तो गरि अहोरात्र खट्नुहुने आदरणीय अग्रज तथा साथीहरू र सुभेच्छा प्रकट गर्ने सवैप्रति पुनः हार्दिक आभार प्रकट गर्दछु । जय नेपाल गगन थापा २०७२ फागुन २६
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending