Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

देउवाले कोइराला विरासत ढाल्नुका ९ कारण यस्ता छन्

\"sherकाठमाडौं । राजा रजौटाहरुको विरासत आन्दोलन बलमा ढल्छ । तर, राजनीतिक आवरणमा हुर्र्कदै  गएको राजनीतिक विरासत ढाल्न त्यति सजिलो हुँदैन । दक्षिण एसियामा पनि राजनीतिक पारिवारिक विरासतले जरा गाडेको छ । यसमा नेपाल पनि अछुतो रहेन । २००३ सालमा स्थापना भएको कांग्रेसमा कोइराला परिवारको यस्तै विरासत र रजगज २०७२ सालसम्म रह्यो । तर, कोइराला खानदानमा सर्वमान्य नेताको अभाव भएकै बेला डडेल्धुराको रुवाखोलाबाट राजनीतिमा बामे सर्दै आएका शेरबहादुर देउवाको शक्तिमा कोइराला शक्ति परास्त भएको छ । कांग्रेसको ६९ वर्षे इतिहासमा कांग्रेसको वंश परम्पराकै रुपमा हुर्किएको विरासतलाई देउवाले क्षमता, बल र शक्तिले परास्त गरेका छन् । कोइराला लबिका रामचन्द्र पौडेललाई पराजित गर्दै नेता देउवा कांग्रेसको सभापति निर्वाचित हुनुका कारण यस्ता छन् : १. २०४८ सालमा गिरिजाले आफ्नै नेतृत्वका सरकारमा गृहमन्त्री बनाएपछि नेता देउवाले कांग्रेसमा आफ्नो उपस्थिति मात्रै जनाएनन्, कांग्रेसमा कोइरालाहरुलाई दरिलो टक्कर दिने समूहको निर्माण गरे । कोइरालाहरुको हेपाइको कारण कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र महेन्द्रनारायण निधि वाक्क थिए । त्यसैले उनीहरुलाई कुनै राजनीतिक बल र शक्ति चाहिने थियो । उनीहरुकै सानिध्यमा उनीहरुकै नैतिक तागतमा देउवाले आफूलाई हुर्काउँदै लगे । कोइरालाहरुलाई टक्कर दिन थाले । २०५२, २०५८ र २०६१ मा देउवा प्रधानमन्त्री बनेर सभापतिका लागि आफूलाई उभ्याउन सफल भए । २. पार्टीको सदस्यताबाटै देउवालाई गिरिजाले हटाएपछि २०५९ सालमा उनले कांग्रेस प्रजातान्त्रिक गठन गरे । २०६४ सालको संविधानसभा निर्वाचन अघि कांग्रेस एकीकरण भयो । तर, भावनात्मक रुपमा एकीकरण भएन । एकीकरण हुँदा संस्थापन ६० र देउवा पक्ष ४० को भागबण्डाबाट अघि बढ्दै गए । सोही भागबण्डाको ४० प्रतिशतलाई देउवाले शक्ति संचयको रुपमा विकसित गर्दै गए । अन्ततः सफल हुन यो पनि प्रमुख कारण बन्यो । केन्द्रीय समितिदेखि भ्रातृ संस्था, संसदीय दल, जिल्ला कार्यसमिति सबैतिर देउवाले पकड बनाउँदै लगे । ३. निरन्तरको दृढता र अडानले पनि देउवा कांग्रेसमा उदाए । कम्युनिष्टहरुको पार्टी फुटको चरित्र हेर्ने हो भने एकपटक फुटेर गएको शक्ति मिल्ने र पुनः सर्वोच्च पदमा पुगेको इतिहास छैन । पहिले फुट्ने र पछि जुट्नेहरु की बिलाएका छन् । की सानो नेताको रुपमा सानो पार्टीमा खुम्चिएका छन् । तर, देउवाले अन्य दलहरुको यो परम्परालाई गलत सावित गरिदिए । एमालेबाट माले फुट्यो, सीपी मैनाली उतै रहे । वामदेवहरु आए तर, पहिलो पोजिसनमा पुग्ने हैसियतमा छैनन् । एमाओवादी फुट्दा पनि उसै गरी नेताहरु कमजोर बन्दै अन्य दल निर्माणमा लागेका छन् । यस्तोमा देउवाले पार्टी फुटाएर जुटाउँदै कोइरालाहरुको विरासत बोकेको पार्टीको सत्ता हत्याए । ४. देउवा जित्नुको अर्को कारण भनेको कोइरालाहरुको सर्वमान्य नेताहरुको अभाव हुनु हो । सुशील कोइराला छउन्जेल उनमा सीप, क्षमता र योग्यता नभए पनि उमेर, निरन्तरता र कोइराला थर जोडिनुले सर्वमान्य थिए । तर, २६ माघमा सुशीलले संसार छोडेपछि कोइराला खानदानको नेतामा सर्वमान्य कोही निस्किएन । उमेर, सक्रियता, निरन्तरता जस्ता पक्षबाट पनि शशांक, सुजाता र शेखरले पार्टी नेतृत्वका लागि चुनौति दिन सकेनन् । फलस्वरुप लामो रस्साकस्सीपछि एउटा प्रमुख समूह कृष्णप्रसाद सिटौला पक्षको उम्मेदवारीसहित दुई पक्ष संस्थापनबाटै उम्मेदवार हुनु पनि कोइरालाहरुको विरासत  तोडिनुको अर्को कारण बन्यो । इमान्दार भएर पौडेललाई सिटौलादेखि कोइरालाहरु सबैले सुशील कोइरालाको निधन लगत्तै समर्थन गर्थे भने देउवालाई जित्न सहज थिएन । किनकी कोइरालाहरुका पकडकै भोट झण्डै ९ सयको हाराहारीमा थियो । ५. कृष्णप्रसाद सिटौला ३६ सालपछि राजनीति गरे पनि २०६२ पछि गिरिजाका भित्रिया भएर कांग्रेसमा जबर्जस्त रुपमा उदाए । शान्ति प्रक्रियामा गिरिजाको विश्वासिलो नेता भएर लागे । पछि सुशीलको पनि निकट रहेर काम गरे । तर, सुशीलको निधनपछि सभापतिमा अघि बढ्ने विषमया कांग्रेसमा  गम्भीर छलफल नभई पौडेल आफैं उम्मेदवारको रुपमा अघि बढे । सिटौलासँग छलफल गरेनन्, आफ्नो उम्मेदवारी सभापतिमा हुने जानकारी गराए । यसबाट सिटौला भड्किएनन् मात्र युवा नेता गगन थापालाई साथ लिइ चुनावी मैदानमा सभापतिमा अघि सरे । पौडेल हार्नुको कारण यो पनि एउटा रह्यो । पहिलो चरणमा देउवाले पनि बहुमत पुर्याउन सकेनन् । तर, दोस्रो चरणमा पनि सिटौला पक्षको मत पौडेललाई भन्दा देउवालाई बढी गयो । ६. देउवाको टिम अनुशासित हुनु पनि अर्को कारण रह्यो । प्रधानमन्त्रीका रुपमा देउवाले इतिहास रचिसके । उनले नपाएको एउटै पद थियो भने त्यो कांग्रेस सभापतिको थियो । त्यसैले उनको अनुशासित टिम जसरी पनि उनलाई जिताउन लागिपर्यो । देउवा पक्षका बरिष्ठ नेताहरुले पनि एकपटक उनलाई सभापति भएको देख्ने चाहनामा आफ्ना स्वार्थलाई बाहिर ओकलेनन्, भित्रै राखे । पदाधिकारी थप गरेर आफूहरु व्यवस्थापन गर्नमा जोड दिएनन्, केन्द्रीय सदस्यको संख्या बढाउन बल गरेनन् । देउवाको लागि बलिदानी नै गरे । ७. गुटमा संस्थापनमा १० भन्दा ठूला हस्ती ल्याउन सक्नु पनि देउवाको सफलताको आधार बन्यो । पछिल्ला ५ वर्षमा संस्थापन पक्षले देउवा पक्षबाटै एउटै नेता लान सकेन । तर, देउवाले झण्डै एक दर्जन प्रभावशाली नेता संस्थापनबाट आफ्नो पक्षमा भित्र्याए । महाधिवेशनकै मुखैमा पुराना नेता केबी गुरुङ, सूर्यमान गुरुङ, अर्जुन जोशी र मधेसी नेता फरमुल्लाह मन्सुरलाई आफ्नो टिममा ल्याए । त्यस अघि अर्जुननरसिंह केसी, चन्द्र भण्डारी, मानबहादुर विश्वकर्मा, श्याम घिमिरे, केशबकुमार बुढाथोकीलाई आफ्नो टिममा ल्याए । युवा नेता विश्वप्रकाश शर्मालाई आफ्नो साथ लिएर युवाहरुलाई कदर गरेको सन्देश दिए । ८. कोइराला परिवारका तीन नेताहरु सशांक, शेखर र सुजाताबीच सुरुमा एकजुट भएनन् । सुजाताले आफू सभापतिमा अघि बढ्ने पहिलदेखि दाबी गर्दै आइन् । शशांकले पौडेललाई मान्न इमान्दार प्रयास गरेनन् । उनीहरुबीच सुरुमै तालमेल भएन । सोही कारण पनि कोइराला लबिका पौडेल पराजित हुन पुगे । ९. भ्रष्टाचारमा कीर्तिमान बनाएका खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरञ्जीवी वाग्लेसहित विनयध्वज चन्द, लक्ष्मण घिमिरेसहितका नेतालाई संस्थापनले आफ्नो पक्षमा ल्याउन सकेन । उनीहरु सबैबाट थोरैथोरै मत लिएर भए पनि देउवाले आफूलाई मत पुर्याए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending