Khabar Dabali १७ जेष्ठ २०८३ आईतवार | 31st May, 2026 Sun
Investment bank

पौडेल र सिटौलालाई मिलाएर अघि बढ्छु : देउवा

\"deuba-poudel-1\"काठमाडौं। नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आफूसँग प्रतिष्पर्धी देखिएका रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई मिलाएर अघि बढ्ने बताएका छन् । पार्टी सभापतिमा निर्वाचित भएपछि पहिलो पटक आफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले पौडेल, सिटौला लगायत सबैलाई मिलाएर अघि बढ्ने बताए । उनले पार्टीमा यसअघि देखिएका गुट उपगुट पनि अन्त्य गर्ने प्रतिवद्धता जनाए । पार्टी एक बनाउनुका साथै मुलुकको समस्या समाधान गर्नका लागि पनि आफूले पहल गर्ने उनले प्रष्ट्याए । सभापतिमा निर्वाचित देउवाले आफ्नो जित भएको नभई जिम्मेवारी थपिएको रुपमा ब्याख्या गरे । ‘पार्टीलाई एक गरेर मजबुत बनाउन र मुलुकका समस्या समाधानका लागि पहल गर्न मलाई जिम्मेवारी दिइएको हो’, उनले भने, ‘पार्टीको आन्तरिक निर्वाचनमा कसैको जित–हार हुँदैन ।’ काँग्रेसको अधिवेशनको दौरानमा गाउँदेखि जिल्ला र जिल्लादेखि केन्द्रसम्म सहज रुपमा आन्तरिक प्रजातन्त्रको अभ्यास भएको उनले बताए । अत्यन्तै शान्तिपूर्ण रुपमा निर्वाचन प्रक्रिया सम्पन्न भएकामा खुसी व्यक्त गर्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिए । सरकारमा जाने विषयमा असहमति देउवाले मुलुकका ठूला दल मिलेर सरकार सञ्चालन गरे मनपरी हुने भन्दै ठूला दलहरु मिलेर सरकार बनाउने कुराको सांकेतिक रुपमा असहमति जनाए । उनले ठूला दलहरु मिलेर सरकार सञ्चालन भए मनपरी हुने कांग्रेसको धारणा नै रहेको उल्लेख गरे । पार्टीमा अहिलेसम्म सरकार गठनबारे कुनै छलफल नभएको उल्लेख गर्दै उनले दलका नेताहरुसँगको छलफलपछि मात्रै यसबारे भन्न सकिने उनले प्रष्ट्याए । उनले बहुदलीय प्रजातन्त्रमा नियन्त्रण र सन्तुलनका लागि पनि बलियो प्रतिपक्षी चाहिने कांग्रेसको धारणा रहेको जानकारी दिए । सरकारको बलियो प्रतिपक्षी आवश्यक हुने उनले बताए । बलियो प्रतिपक्षीबिनाको सरकार तानाशाही बन्न सक्ने उनको भनाइ छ । तराई–मधेसको असन्तुष्टिबारेका संवाददाताहरुको जिज्ञासमा भने उनले असहमतिमा रहेका पक्षसँग वार्ता र संवादबाट नै सीमाङ्कन लगायत सबै विषयमा टुंगो लगाउन सकिने विश्वास व्यक्त गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending