Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

बाबुरामको राष्ट्रियताः प्रधानमन्त्री हुँदा मुस्ताङ म्याक्स, नयाँ शक्तिमा नेपाली कागज

काठमाडौं । एकीकृत नेकपा माओवादी परित्याग गरी नयाँ शक्ति नेपाल पार्टी गठन गरेका डा.बाबुराम भट्टराई कुनै न कुनै विषयमा चर्चामा आइरहन्छन् । उनी प्रधानमन्त्री भएपछि स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न भन्दै नेपालमा फिटिङ हुने हुलास कम्पनीको मुस्ताङ म्याक्स गाडी चढ्ने निर्णय गरे । भट्टराईको यो निर्णय विलासी गाडीहरु चढ्ने नेता तथा मन्त्रीहरुलाई पनि समस्या भयो । तर उनको यो राष्ट्रियता भने आफ्नै श्रीमती हिसिला यमीको कारण धेरै समय टिक्न पाएन । हिसिलाकै कारण बाबुराम आलोचित भए । बाबुरामले गरेको यस्तो निर्णयपछि भीआईपी गाडी चढ्नेहरुलाई पनि चेतना हुने भनिए मन्त्रीहरुले नै बाबुरामको राष्ट्रवादको खिल्ली उडाए । \"Baburam_Bhattarai\"मालेमावादको सिद्धान्तमा टेकेर नै प्रधानमन्त्रीदेखि मुलुककै शीर्ष नेताको तहमा पुगेका भट्टराईले यतिबेला भने मालेमावादको औचित्य अब सकिएको स्पष्ट गरेका छन् । मुलुकको समृद्धि एक मात्र विकल्प भन्दै सबै विचार अटाउने नयाँ शक्ति, नेपाल नामको पार्टी खोलेका छन् । माओवादीको पटक पटकको विभाजनको बेला पनि एमाओवादी अध्यक्ष प्रचण्डलाई साथ दिँदै आएका बाबुरामले एकाएक माक्र्सवादी विचारबाट च्युत हुँदै गैरमाक्र्सवादी विचारको पार्टी बनाउन पुगेपछि भट्टराईको आलोचना माओवादीवृत्तमा नहुने कुरै भएन । अहिले नेताहरबीच आरोप प्रत्यारोप चलिरहेको छ । तर भट्टराईले भने अब पुराना शक्तिहरुको कुनै अर्थ नरहने भन्दै नयाँ शक्ति भन्दै हिडेका छन् र संगठन विस्तारलाई तिब्रता दिँदै आएका छन् । बेला बेलामा विभिन्न प्रयोग गर्न रुचाउने भट्टराईले नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने अभियान नै चलाउने भएका छन् । मंगलबार पार्टी सचिवालयको वैठकको पछिल्लो निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता मुमाराम खनालले हस्तलिखत निर्णय सुनाउँदै थिए । नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने अभियान चलाउने निर्णय सुनाउँदै गर्दा पत्रकारलाई वितरण गरिएको अर्थनीति तथा प्रेस विज्ञप्ति पनि नेपाली कागजमै छापिएको थियो । नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने अभियान अन्तर्गत नै तपाईँहरुको हातमा आएको विज्ञप्ति पनि नेपाली कागजमा छापिएको भट्टराईले प्रष्ट्याए । देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा बल पुर्याउन नेपाली उत्पादनको प्रयोगलाई प्राथमिकता दिने निर्णय गराउँदै भट्टराईले सबै नयाँ शक्तिका अभियन्ताहरुलाई सम्भव भएसम्म नेपाली उत्पादनको प्रयोगलाई अभिप्रेरित गर्ने र यसैको शुरुवातको रुपमा पार्टीको सदस्यता आवेदन फारमलाई नेपाली कागजमै प्रकाशन गर्ने निर्णय गराएका छन् । भट्टराईले नेपाली उद्योगको प्रयोगलाई प्रवद्र्धन गर्ने भन्दै नेपाली कागजको प्रयोग थालिएको बताउँदै गर्दा सबैको नजरको उनको पहिरनमा परेको देखिन्थ्यो भने उनीसँगै लहरै मञ्चमा बसेका पूर्व सचिव रामेश्वर खनालदेखि पूर्व माओवादी नेताहरुको पहिरनमा सबैको आँखा डुलेको देखिन्थ्यो । तर भट्टराईले त्यही देखेर यो शुरुवात मात्र भएकाले केही कमी कमजोरी भएर खबरदारी गर्न मिडियाहरुलाई आग्रह गरे । जतिबेला प्रधानमन्त्री हुँदै गर्दा मुस्ताङ म्याक्स गाडी चढेका भट्टराई नयाँ शक्तिको संयोजक सम्म आइपुग्दा नेपाली उद्योगलाई प्रवद्र्धन गर्न हुलासको गाडी चढेका छैनन् । समृद्ध राष्ट्र निर्माणका लागि नयाँ शक्तिका अभियन्ता भट्टराईले चालेका कदमहरु सकारात्मक नै होलान् तर उनले आफ्नो, आफ्नो पार्टीको नेता कार्यकर्ता र दैनिक ब्यवहारिक जीवनमा पनि थुप्रै कुरा सुधार गर्न भने आवश्यक छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: