Khabar Dabali १० चैत्र २०८२ मंगलवार | 24th March, 2026 Tue
Investment bank

के हो ग्यास्ट्रिक ? बिस्तृतमा जानकारी लिनुहोस्

\"Gastistic\"काठमाडा‌‌ैं । ग्यास्ट्रिक नामले चिनिएको पेट दुख्ने, पोल्ने, अम्लपित्त बढ्ने आदी लक्षणले युक्त हाम्रो राष्ट्रिय रोगको चिकित्सकीय नाम ग्याष्ट्राईटीस हो।

ग्याष्ट्राईटीस शब्दलाई हाम्रो जीब्रोले पुरै उच्चारण गर्न नसक्दा ग्याष्ट्रिक भन्न पुग्यौँ, जसको आम अर्थ ग्यास्ट्राईटिस र ग्यास्ट्रिक अल्सर दुबै लागाईन्छ ।

चिकित्सकिए भाषामा आमासयका भित्ताहरुको ईन्फ्लामेसन (सुन्निएर रातो तातो भएर दुख्नु) लाई ग्याष्ट्राईटीस भनिन्छ भने रोग बढ्दै गई भित्ताहरुको श्लेश्म झिल्लि च्यातियर घाऊ भएको अवस्थालाई ग्याष्ट्रिक अल्सर भनिन्छ । अर्को शब्दमा भन्नु पर्दा ग्याष्ट्रिक रोगको प्रारम्भिक अवस्था हो भने अल्सर त्यसैको विकराल रुप ।

ग्याष्ट्राईटीसलाई तिव्र तथा दीर्घ ÷जिर्ण गरेर दुई समुहमा बाडिएको छ । तिव्र ग्यास्ट्राईट्रिस पेटका भित्ताहरुमा भएका कोषहरुका लागी हानि गर्ने पदार्थहरुको सेवनले गर्दा हुन्छ ।

यि पदार्थहरुमा ः दुखाई कम गर्ने (एस्प्रिन, बु्रफेन, निम्स, नेप्प्रोक्सिन) जस्ता औषधि, विष सेवन, मसला, खुर्सानि र नुन ज्यादा हालेको खानेकुरा जाँड, रक्सि र कोकिन जस्ता मादक पदार्थहरु पर्दछन् । आमाशयमा एच.पाईलोरि लगाएत अन्य ब्याक्ट्रेरिया भाईरस, कृमी वा फङ्गसहरुको संक्रमणले पनि ग्याष्ट्राईटीस हुने गर्छ ।

यसैगरी जिर्ण ग्याष्ट्राईटीसकोे कारणहरु भने हाम्रो जीवनशैली, खानपान शैली, मानसिकता र शरीर प्रकृतिसँग जोडिएको छ । तारे भुटेका मसालादार खानेकुरा खानेहरु, खुर्सानी र नुनको अत्याधिक सेवन गर्नेहरु जाँड रक्सी, चुरोट, कोकीन र टैनिनका नशेडीहरु, तातो र अती चिसो खाद्य पदार्थ तथा वोतल र वट्टामा संरक्षित खाद्य–पदार्थहरुको सेवन गर्नेहरु, फास्ट तथा जंक फुड खानेहरु यो रोगका शिकार हुन पुग्दछन् ।

त्यसैगरी अनियमित जीवनशैली जीउनेहरु, जस्तैः भोकलागेको वेलामा नखाने, भोकभन्दा ज्यादा खाने, खाना निश्चित समयमा नखाने, पचाउन कठीन, बट्टावद्ध र संरक्षित खाद्यानहरु खाईरहने, खाएपछि र शारीरिक श्रम गरे लगत्तै सुत्ने तथा शारीरिक श्रम गरे लगत्तै खानेहरुमा यो रोग ज्यादा देखिएको छ ।

व्यश्तता र भागदौडले भरिएको जीवन ज्युनेहरु, मानशिक तनावको चपेटामा परेकाहरु, मनोरञ्जन नगर्नेहरु, भय, चिन्ता, शोक उदाशिनता र अनिन्द्राका रोगीहरु, शारीरिक श्रम वा ब्यायम नगर्नेहरु पनि यो रोगका शिकार हुने गरेका छन् भने लामो समय सम्म जाँड रक्सी, चिया कफि, कार्वनिक पेय,(कोक–पेप्सी) आदीको सवनगर्नेहरुमा पनि यो रोग ज्यादा देखिएको छ । यसका अलाबा आत्मघाती प्रतिरक्षा प्रणाली (अटो–ईम्यून), पेटको अपरेशन, कलेजो, मृगौला, फियो तथा आंन्द्राहरुको संक्रमण, एचआईभी÷एड्स तथा विशेष मानसिक रोगावस्थाहरुको कारणले पनि ग्याष्ट्राइटिस हुने गर्दर्छ ।

लक्षणहरुः – छाती र पेटको विचको खाल्टो वरीपरी दुख्नु, पेट पोल्नु, भोक हराउनु, अम्ल पित बड्नु, मुख विग्रिनु, पेट भारीहुनु, आपनवायु बढ्नु, रिङ्गटा लाग्नु, टाउको दुख्नु, पेट फुल्नु, वाकवाकी लाग्नु वान्ताहुन, ढ्याउढ्याउ आउनु, वान्तामा रगत देखिनु कालो दिशा आउनु, खाना नपच्नु, पेट हुडेल्नु, तौल कम हुनु आदी ।

जटिलताहरुः – यो रोगको समयमा नै उपचार नभए ग्याष्ट्रिक अल्सर तथा क्यान्सर हुन सक्छ । अल्सर हुँदा बारम्बार रक्त स्रावले गर्दा सामान्य–रक्तअल्पताको समस्या देखा पर्नुका साथै भिटामिन बी–१२ को अबशोषणमा चाहिने तत्वहरुको उत्पादन हुन नसक्दा परनिसियस रक्तअल्पताको लक्षणहरु जस्तै, स्नायु तथा नाडीहरुको क्षय, मांशपेशीहरुको कमजोरी, तातो चीसो थाहा नपाउने समस्या देखा पर्दछन् ।यसका अलावा, अन्ननली सुन्निने, दम बड्ने, मुखमा घाउखटिरा आइरहने, आन्द्राहरुमा घाउ हुने, खानाको पाचन र अवशोषण सुचारु नहुने र मल निष्काशनमा जटिलता आई कब्जियतका लक्षणहरु पनि देखा पर्न सक्छन ।

उपचारः – ग्याष्ट्राईटीस धेरै कारण ले हुने रोग हो । उपचार गर्दा विशेषतः रोगको कारण पत्तालगाएरनै उपचार गर्नू पर्छ । तिव्र ग्याष्ट्राईटीसको उपचार समयमै हुन सके रोग जिर्ण हुनवाट बचाई यसका अन्य जोखिमहरु निवारण गर्न सकिने भएकाले चिकित्सकको निगरानिमा रोगको निदान तथा उपचार गर्न तिर लागौं । दिर्घ÷जीर्ण ग्याष्ट्राइटिसको ठूलो हिस्सा जीवनशैली सँग सम्वन्धित भएकाले जिवनशैली परिवर्तन गर्न नितान्त जरुरी छ । जिवनशैली परिवर्तन भनेको भोजन, व्यायम, विश्राम विचार र व्यवहारहरुलाई स्वस्थ्य मैत्री हुने गरी समायोजन गर्नु हो । भोजन ब्याबश्थापनः १) बट्टा र बोतलमा संरक्षीत खाद्य–पदार्थहरु, फास्ट तथा जंक फुडहरु, ज्यादा मसला, खुर्सानी, नुन हालेको, अजिनोमोटो, सोडियमबाईकार्बोनेट, सोडियम बेन्जोएट जस्ता पदार्थ मिसाईएका खाद्य पदार्थहरु बाट पनि टाडै बसौं ।

२) अचार, कुरकुरे, आलुचिप्स, पाउ, चाउचाउ, बिस्कुट, नुडल्स, जस्ता खाद्यनले पनि ग्याष्ट्राइटिसलाई बढाउछ । चिया, कफि, कोल्डड्रिङ्कस जस्ता पेय, आइसक्रिम र चकलेट् जस्ता लेह, बेकरी तथा मैदाका उत्पादन जस्ता भोज्य र माछा–मासु जस्ता भक्ष्य पदार्थहरु पनि ग्याष्ट्राइटिसका लागी राम्रा होईनन् ।

३) चिल्लो–चाप्लो र धेरै बोसो भएको खानेकुरा नखाऔं। अमिलो र पिरो जातका फलफुलहरुको सेवन पनि नगरौं । ४) भोजन गर्दा खुब चपाई चपाई खाउँ । याद राखौ पेटभित्र दाँत हुदैन नचपाई खाएको भोजनले पेटलाई भोजन पचाउन अतिरिक्त दबाव दिने हुँदा ग्याष्ट्राइटिसको सम्भावना ज्यादा हुन्छ । ५) कुनै खाना खाए पछि अम्लपित्त बढ्न गएमा त्यस्ता भोजनलाई त्यागि दिउँ । ६) भोजन गर्दा पानीको प्रयोग यथा सम्भव कम होस । ७) भोजनको समय निश्चित गरी दैनिक उसै समयमा भोजन गर्ने गरौं । दिनमा होस वा राती भोजन पछि लगत्तै सुत्ने बानी छ भने त्यागि दिऊ । भोजन र निन्द्राको बिचमा कम्तिमा पनि ३ घण्टाको अन्तर होस । ८) भोक लाग्ने बित्तिकै हल्का फुल्का केही खाने गरौं, यहा बर्जित खानेकुरा बाहेक । ९) अत्याधिक तातो र चिसो खाद्य बस्तुहरुको पहरेज गरौं । नुन चिनी, मैदाका परिकार पनि पेट मैत्री हैनन् । १०) नसालु पदार्थहरु जस्तैः– जाँड–रक्सी, सुर्ती–चुरोट, पान–गुठ्का, गाँजा–भाङ, कोकिन, क्याफिन, टेनिन जस्ता वस्तुहरुको सेवन नगरौं । ११) रेशा र चोकरले युक्त खस्रामोटा खानेकुराहरु, साग–सब्जी, सलाद–फलफुल र अङ्कुरित अन्न, फलको रस, ताजा मोही, पखाले, लस्सीको सेवन ग्याष्ट्राइटिसमा स्वस्थकर छ ।

१२) फ्लेवेनाइड युक्त भोज्य पदार्थहरु जस्तैः स्याउ, स्ट्रबेरी, मेवा, लसुन, प्याज, हिङ्ग, जिरा जस्ता खाद्य पदार्थलाई भोजमा समावेश गरौं । १३) पानी प्रशस्त पिऊ, यसो गर्दा ग्याष्ट्रिक एसिडले आमाशयलाई हानी पुर्याउन पाउदैन ।

व्यायम तथा प्राकृतिक उपचारः १) अङ्गव्यायम, रिढव्यायम, शिथिलीकरण व्यायम, प्रातः भ्रमण, दौडिने, कुद्ने, योगअभ्यास, सुर्य–नमस्कार जस्ता व्यायम विधि ग्याष्ट्राइटिसमा स्वास्थ्यकर छन् । २) बज्राशन, पवनमुक्ताशन, सर्वाङ्गआसन, मत्स्यन्दासन, भुजङ्गासन, उदारकर्शासन र धनुरासन, ताडाशन र त्रियकताडाशन जस्ता आशन विधि, अनुलोमविलोम, सितली, सित्करी, बामनाकिा जस्ता श्वसन विधिले पनि यस रोगमा फाइदा पु¥याउदछ तर रोगको अवस्था तिव्र छ भने यी विधिहअरुको प्रयोग गर्न हुदैन । ३) जलनेती (नाकको सफाई) कुन्जल (पेटको सफाई), एनिमा (ठुलो आन्द्राको सफाई), संखप्रक्षालन (सम्पुर्ण पाचन प्रणालीको सफाई) जस्ता उपचार पद्दतिले ग्याष्ट्राइटिस समनमा ठुलो सहयोग पुर्याउछ । ४) पेटको मालिस, माटोको पट्टी, ग्यास्ट्रो–हेपेटिक–प्याक, नौलि तथा गणेश क्रियाको अभ्यास र अकुपन्चर तथा अकुप्रेशर जस्ता उपचार विधिले पनि ग्याष्ट्राइटिसमा राम्रो गर्छ ।

बिश्राम व्यवस्थापनः १) ग्याष्ट्राइटिस, तनाव पुर्ण जीवन ज्यूउनेहरु, डर, चिन्ता, खिन्नता, उदाशिनता र अनिन्द्राको रोगीहरुलाई भै रहने रोग हो । तसर्थ तनाव व्यवस्थापन ग्याष्ट्राईटीस निवारणको कडी हो । २) शारिरिक तथा मानसिक रुपले विश्राम लिनका लागी योग आसन, योग निद्रा, माइन्ड– साउन्ड–रेसोनेन्स–टेक्निक (ःक्च्त्), प्राणिक–इनरजाईजीङ्ग–टेक्निक (एभ्त्), सेल्फ– मेनेजमेन्ट–अफ–एक्सेसिभ –टेन्सन (क्ःभ्त्), जेकब्सन–प्रोग्रेसिभ–मसल्स्–रिल्याक्सेसन टेक्निक (व्एःच्त्) डिप–रिल्याक्सेसन्–टेक्निक (म्च्त्), क्विक–रिल्याक्सेसन–टेक्निक (त्तच्त्), ईन्स्टेन्ट–रिल्याक्सेसन्–टेक्निक (क्ष्च्त्) जस्ता बिश्रामका विधिहरु सिकेर अभ्यास गर्ने गरौं । ३. सम्पूर्ण शरिरको मालिस, तैल अभ्यङ्ग, वाष्पस्नान, सउना स्नान, फोहोरा स्नान, पौडिनु, तैरीनु जस्ता उपचार पद्धतिले पनि बिश्रामलाई बढाउँछ ।

साबधानीहरुः

१) दुखाई कम गर्ने तथा अन्य दवाईहरु चिकित्सकको परामर्शमा मात्र लिने गरौं । २) माथि बताईएका लक्षणहरु देखा पर्न गए चिकित्सक सँग आवश्यक परामर्श लिऔं ३) ग्याष्ट्रिकको उपचार गर्दा चिकित्सकले दिएको औषधी पुर्णरुपले खाने गरौं । ४) कलेजो, मृगौला, फियो र आन्द्राका रोग भएकाहरुले रोगको हेरचाहमा सावधानी अपनाऔं । ५) पेटको तथा छातिको अप्रशेन गर्दा ग्याष्ट्रिक हुने सम्भावना ज्यादा रहने हुँदा सावधानी अपनाऔं ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: