Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

म्यानपावर ब्यवसायी फेरि आन्दोलनमा,भिसा प्राप्त गरेकाबाहेक सबैको काम रोक्ने निर्णय

\"Manpower-protest-8-650x372-750\" काठमाडौं । वैदेशिक रोजगार ब्यवसायी कम्पनीहरुमा प्रहरीले बुधबार छापामा मारेको विरोधमा एक सातापछि ब्यवसायीहरुले पूर्ण रुपमै सेवा ठप्प पार्ने निर्णय गरेका छन् । प्रहरीले म्यानपावर कार्यालयमा छापा मारेर धरपकड गरेको भन्दै ब्यवसायीहरुले विहीबार कार्यालय बन्द गरी भेलामा जुटेका थिए । ब्यवसायीहरुको छाता संगठन वैदेशिक रोजगार ब्यवसायी सघको आह्वानमा विहीबार बसेको आकस्मिक भेलाले भिसा प्राप्त बाहेकका काम नगर्ने निर्णय गरेका हुन् । म्यानपावर ब्यवसायीहरुले विदेश पठाउने भन्दै ठगी गरेको उजुरीका आधारमा प्रहरीले बुधबार डेढ दर्जन म्यानपावर कार्यालयहरुमा छापा मारेको थियो । वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष विमल ढकालको म्यानपावर कम्पनी खगोल ओभरसिजसहित सहित प्रहरीले बुधबार १७ म्यानपावर कार्यालयमा छामा मारेर एक दर्जन बढी सञ्चालक तथा कर्मचारीलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले आफूखुशी म्यानपावर कार्यालयमा छामा पारेर ब्यवसायीहरुलाई आतंकित पार्न खोजेको भन्दै ब्यवसायीहरुको आरोप छ । आफ्नो क्षेत्राधिकार बाहिर गई प्रहरीबाट ब्यवसायीहरुलाई धरपकड गर्ने कार्य भएको भन्दै वैदेशिक रोजगार ब्यवसायी संघका अध्यक्ष ढकालले सार्वजनिक सूचना जारी गर्दै आ–आफ्नो कार्यालय बन्द गरी भेलामा जुट्न आह्वान गरेका थिए । वैदेशिक रोजगार सम्बन्धी कुनै कसुर वा अपराध भए गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई मात्र रहेकोमा राज्यको अन्य निकायबाट ब्यवसायीहरुको कार्यालयमा छापा मार्ने, ब्यवसायीहरुलाई पक्राउ गर्ने र कागजात नियन्त्रणमा लिने कार्य गलत भएको ब्यवसायीहरुले बताए । संघले प्रवेशाज्ञा प्राप्त गरेका कामदारहरूलाई भने सात दिन भित्र उडान गर्ने प्रक्रिया पूरा गर्न आग्रह गरेको छ । श्रम तथा रोजगार मन्त्रालयले गत असार २१ गतेदेखि मलेसिया, बहराईन, कतार, साउदी अरब, संयुक्त अरव इमिरेट्स, ओमान र कुवेतको रोजगारीका लागि निःशुल्क भिसा र टिकट उपलब्ध गराउने निर्णय गरेको थियो । उक्त निर्णयपछि पनि ब्यवसायीहरु सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: