Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

लफडामा पारस शाह : कन्निकाले हिमानीलाई भनिन् ‘यो केटी को हो ?

\"himani-481x330-750\" पूर्वयुवराज पारस शाह थाइल्यान्ड नगएको लामो समय भयो । तर, उनकी थाई प्रेमिका भनिएकी कन्निका चाइसान सामाजिक सञ्जाल फेसबुकमा विभिन्न अभिव्यक्ति दिएर नेपाली मिडियामा समाचार बनिरहेकी छिन् । केही दिनअघि कन्निकाले छोराले पारसलाई सम्झेको र आफूलाई नेपाल जान अनुरोध गरेको पोस्ट गरेपछि कन्निकाको भनाइलाई नेपाली अनलाइन मिडियाले प्राथमिकता दिए । कतिले त अपव्याख्या गर्दै कन्निकाले राखेको छोराको फोटो पारसको छोरा भएको पनि लेखे । कन्निकाले फेसबुकमा आफ्नो छोराको फोटो राखेर चर्चा कमाएको लामो समय नहुँदै बुधबार फेरि हिमानीलाई सम्झेर फेसबुकमा पोस्ट गरिन् । यसअघिका पोस्टमा जस्तै उनले बुधबार पनि हिमानीप्रति क्रोधित भएर रिस पोखेकी थिइन् । हिमानीको फेसबुकबाट तानिएको फोटो राख्दै कन्निकाले लेखेकी थिइन्, ‘को केटी हो यो ? मेरो जीवनसँग कहिल्यै खेलबाड नगर । तिमी आफ्ना सन्तानलाई माया गछ्र्यौ भने अरूका बालबालिकालाई पनि माया गर्नुपर्छ । अरूका बालबालिकाका अगाडि हिंसा नगर ।’ कन्निकाको रिस यत्तिमै शान्त भएन । उनले थप लेखिन्, ‘तिमीलाई थाहा होला, मेरो व्यक्तिगत जीवनमा तिमी आउन खोज्दा मैले बाल नदिएको तिमीलाई थाहा होला । कृपया तिमी समाजलाई भन, कसरी तिमी मेरो अगाडि निर्वस्त्र हुन सक्छ्यौ ? के यो हिन्दू धर्म हो ? उत्तर देऊ ।’ हिमानीलाई यी सब प्रश्न गर्नुको कारण के हो भन्ने कन्निकाले खुलाएकी छैनन् । तर, उनले हिमानीसँगको आक्रोश यतिमै सीमित राखिनन् । अर्को एउटा स्टाटस लेखेर कन्निकाले धर्मबारे प्रश्न उठाएकी छिन् । थाई भाषामा लेखिएको स्टाटसमा उनले लेखेकी छिन्, ‘धर्मले समाजलाई ध्वस्त बनाउँदै छ, तर म त्यो कम्पनीमा छैन । हामीले सत्य थाहा नपाउँदासम्म बोल्दा केही हुँदैन । म हिम्मत गर्न सक्छु ।’ उनको यो स्टाटस हिमानीबारे लक्षित हो या होइन केही बुझिँदैन । तर, उनले हिमानीको फोटो राखेको पोस्टमा पनि धर्मकै विषय उठाएकाले यी दुई स्टाटसबीच कुनै न कुनै समानता भएको अनुमान लगाउन सकिन्छ । तर, बुधबार हिमानीको फोटो राखेर कन्निकाले लेखेको पोस्ट लामो समय राखिनन् । केही समयपछि उनको फेसबुक टाइमलाइन स्क्रल गर्दा त्यो पोस्ट ‘डिलिट’ भइसकेको थियो । बरु, उनले अर्कै फोटो राखेकी थिइन् । जे होस्, अहिले पनि वेलावेला पारस र हिमानीलाई सम्झिएर कन्निकाले आफ्नो ह्याङ अझै बाँकी रहेको जनाउ दिइसकेकी छिन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: