Ntc summer Offer
Khabar Dabali १ जेष्ठ २०८१ मंगलवार | 14th May, 2024 Tue
NIMB

लफडामा पारस शाह : कन्निकाले हिमानीलाई भनिन् ‘यो केटी को हो ?

\"himani-481x330-750\" पूर्वयुवराज पारस शाह थाइल्यान्ड नगएको लामो समय भयो । तर, उनकी थाई प्रेमिका भनिएकी कन्निका चाइसान सामाजिक सञ्जाल फेसबुकमा विभिन्न अभिव्यक्ति दिएर नेपाली मिडियामा समाचार बनिरहेकी छिन् । केही दिनअघि कन्निकाले छोराले पारसलाई सम्झेको र आफूलाई नेपाल जान अनुरोध गरेको पोस्ट गरेपछि कन्निकाको भनाइलाई नेपाली अनलाइन मिडियाले प्राथमिकता दिए । कतिले त अपव्याख्या गर्दै कन्निकाले राखेको छोराको फोटो पारसको छोरा भएको पनि लेखे । कन्निकाले फेसबुकमा आफ्नो छोराको फोटो राखेर चर्चा कमाएको लामो समय नहुँदै बुधबार फेरि हिमानीलाई सम्झेर फेसबुकमा पोस्ट गरिन् । यसअघिका पोस्टमा जस्तै उनले बुधबार पनि हिमानीप्रति क्रोधित भएर रिस पोखेकी थिइन् । हिमानीको फेसबुकबाट तानिएको फोटो राख्दै कन्निकाले लेखेकी थिइन्, ‘को केटी हो यो ? मेरो जीवनसँग कहिल्यै खेलबाड नगर । तिमी आफ्ना सन्तानलाई माया गछ्र्यौ भने अरूका बालबालिकालाई पनि माया गर्नुपर्छ । अरूका बालबालिकाका अगाडि हिंसा नगर ।’ कन्निकाको रिस यत्तिमै शान्त भएन । उनले थप लेखिन्, ‘तिमीलाई थाहा होला, मेरो व्यक्तिगत जीवनमा तिमी आउन खोज्दा मैले बाल नदिएको तिमीलाई थाहा होला । कृपया तिमी समाजलाई भन, कसरी तिमी मेरो अगाडि निर्वस्त्र हुन सक्छ्यौ ? के यो हिन्दू धर्म हो ? उत्तर देऊ ।’ हिमानीलाई यी सब प्रश्न गर्नुको कारण के हो भन्ने कन्निकाले खुलाएकी छैनन् । तर, उनले हिमानीसँगको आक्रोश यतिमै सीमित राखिनन् । अर्को एउटा स्टाटस लेखेर कन्निकाले धर्मबारे प्रश्न उठाएकी छिन् । थाई भाषामा लेखिएको स्टाटसमा उनले लेखेकी छिन्, ‘धर्मले समाजलाई ध्वस्त बनाउँदै छ, तर म त्यो कम्पनीमा छैन । हामीले सत्य थाहा नपाउँदासम्म बोल्दा केही हुँदैन । म हिम्मत गर्न सक्छु ।’ उनको यो स्टाटस हिमानीबारे लक्षित हो या होइन केही बुझिँदैन । तर, उनले हिमानीको फोटो राखेको पोस्टमा पनि धर्मकै विषय उठाएकाले यी दुई स्टाटसबीच कुनै न कुनै समानता भएको अनुमान लगाउन सकिन्छ । तर, बुधबार हिमानीको फोटो राखेर कन्निकाले लेखेको पोस्ट लामो समय राखिनन् । केही समयपछि उनको फेसबुक टाइमलाइन स्क्रल गर्दा त्यो पोस्ट ‘डिलिट’ भइसकेको थियो । बरु, उनले अर्कै फोटो राखेकी थिइन् । जे होस्, अहिले पनि वेलावेला पारस र हिमानीलाई सम्झिएर कन्निकाले आफ्नो ह्याङ अझै बाँकी रहेको जनाउ दिइसकेकी छिन् । नयाँ पत्रिकाबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies