Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

यसरी बचाएका थिए होचिमिन्हले भियतनामः यस्तो छ उनको प्रेरक जीवन कहानी (फोटोसहित)

\"HoChiMinh-750\" होचिमिन्हको वास्तविक नाम गुयेन जैसे थान हो । उनको जन्म १९ मई १८९० मा भियतनामको किम्लीयन भन्ने गाउँमा भएको थियो । उनको बुवा सरकारी जागिरे थिए । फ्रेन्च उपनिवेशको विरोध गर्दै उनको बुवाले राजीनाम दिएका थिए । बुवाको राजीनामपछि होचिमिन्हको परिवार केही कष्टप्रद ढंगले गुज्रन थाले । होचिमिन्ह स्थानिय स्कुलमा भर्ना भई पढ्न जान त थाले तर पढाईलाई पुरा गर्न पाएनन् । सन् १९११ मा उनी जहाजमा कुकको काम गर्न पुगे । त्यहाँ काम गर्दागर्दै उनी लन्डन र पेरिस पुगे । प्रथम विश्वयुद्धपछि होचिमिन्ह आफ्नो छद्म नाम ‘गुयेन ऐ क्वेक’ राखेर फ्रान्सेली कम्युनिस्ट पार्टीमा सहभागी हुन थाले । त्यही उनी संस्थापक सदस्यसमेत भए । त्यहाँ सक्रिय रहँदा रहँदै उनलाई सन् १९२४ मा प्रशिक्षणका लागि मस्को बोलाईयो । त्यसबेला यता चीनमा जनयुद्धको भिषण तयारी भइरहेको थियो । उनलाई प्रशिक्षणका साथ साथै चीन, रुस र भियतनाम बीचको क्रान्तिकारी आन्दोलन सङ्गठित बनाउनका लागिसमेत मस्को पठाइएको थियो । [caption id=\"attachment_61444\" align=\"aligncenter\" width=\"750\"]\"सोभियत                                            सोभियत यूनियनका बालबालिकाहरुसँग होचिमिन्ह[/caption] उनी चीन आईपुग्दा उनको सुरक्षा खतरा बढ्यो । चीनका शासकले उनलाई खोज्न थाले । १९२७ मा चीनमा जनयुद्ध सुरु भएपछि उनी पनि त्यही सहभागी भए । त्यसपछि उनी क्रान्तिकारी कम्युनिष्ट गतिविधि सञ्चालन गर्दै सन् १९३० मा हङ्कङ् आईपुगे । त्यहाँ उनी केही समय बसे । हङ्कङ बस्दा बस्दै उनलाई ब्रिटिस पुलिसले १९३१ मा पक्राउ गरि १९३३ सम्म जेलमा राख्यो । जेलबाट छुटेपछि होचिमिन्ह फेरी कम्युनिस्ट गतिविधि सञ्चालन गर्न थाले । जेलबाट छुटे लगत्तै उनी शोभियत युनियन तर्फ लागे । शोभियत युनियन पुग्ने वित्तिकै उनलाई क्षयरोग लाग्यो । त्यही रोगका कारण उनी त्यहाँ निकै समय रोकिनु प¥यो । क्षयरोग निको भएपछि उनी १९३८ मा पुनः चीन फर्के र चीनी कम्युनिस्ट पार्टीका सल्लाहकार भएर त्यहाँको जनयुद्धलाई सहयोग गरे । [caption id=\"attachment_61445\" align=\"aligncenter\" width=\"750\"]\"कमरेड                                                       कमरेड माओसँग होचिमिन्ह[/caption] सशस्त्र क्रान्तिको दौरानमा माओसँगै रहेर काम गर्दै गर्दा जब १९४१ मा आफ्नो मातृभूमिलाई जापानीहरुले कब्जामा लिएको खबर सुने त्यसपछि उनी भियतनाम गएर जापानी साम्राज्यवादीहरुको विरुद्ध लड्ने साँेचमा पुगे । उनी भियतनामलाई स्वतन्त्र गराउन भित्रभित्रै गतिविधिहरु सञ्चालन गर्न थाले । जापानको साम्राज्यवादी आक्रमणलाई रोकी एक स्वतन्त्र देश भियतनाम बनाउन अग्रणी भूमिका निर्वाह गरे । हिरोसिमा र नागासाकीमा लाखौंका ज्यान गएपछि अगष्ट १९४५ मा जब जापानले आत्मसमर्पण ग¥यो त्यसपछि रोकियो जापानको आक्रमण । भियतनाम स्वतन्त्र भयो । जसको राष्ट्रपति होचिमिन्ह बने । [caption id=\"attachment_61449\" align=\"aligncenter\" width=\"750\"]\"भियतनामको                                                       भियतनामको राष्ट्रपतिका रुपमा होचिमिन्ह[/caption] जापानीबाट त मुक्त भयो भियतनाम तर फ्रान्सको उपनिवेशबाट भने भियतनाम पूर्ण रुपमा स्वतन्त्र भएन । फ्रान्सले भियतनामलाई कुनैपछि हालतमा स्वतन्त्र हुन दिएन । अन्ततः फ्रान्सले १९४६ मा युद्धको घोषणा ग¥यो । अब होचिमिन्हको सामु देश बचाउने अर्को चुनौती खडा भयो । ८ वर्षसम्म घमासान युद्ध भयो । होचिमिन्हले सम्पूर्ण नागरिकलाई गुरिल्ला बनाए । उनले भियतनामको जंगल र पहाडहरुमा चीन र शोभियत युनियनमा सिकेका युद्धकलाको प्रयोग गरे । सुरुङ युद्ध शुरु गरे । जापानले आक्रमण गरि थिलो थिलो भएको भियतनामीहरु देश स्वतन्त्र बनाउ ज्यानको प्रवाह नगरी लडिरहे । अन्ततः आठ वर्ष चलेको युद्धमा भियतनामी गुरिल्लाहरुले शक्तिशाली फ्रान्सलाई धुलो चटाई छाडे । १९५४ मा युद्ध रोकियो । जेनेभामा सन्धि गर्न फ्रान्स बाध्य भयो । [caption id=\"attachment_61450\" align=\"aligncenter\" width=\"700\"]\"युद्धको                                                           युद्धको अवस्थामा होचिमिन्ह[/caption] [caption id=\"attachment_61451\" align=\"aligncenter\" width=\"750\"]\"युद्धको                                                                 युद्धको अवस्थामा बनाईएको सुरुङ[/caption] [caption id=\"attachment_61452\" align=\"aligncenter\" width=\"750\"]\"दुश्मनबाट                                                दुश्मनबाट आतंकित भएका बालबालिकाहरु[/caption] तर भियतनाम भने टुत्रियो । उत्तरी भियतनाम र दक्षिणी भियतनाम भनेर टुक्रियो । दक्षिणी भियतनाममा भने होचिमिन्हले कम्युनिस्ट शासन सञ्चालन गर्न थाले । १९६० मा पुग्दा दक्षिण भियतनामबाट फेरी अर्को क्रान्ति शुरु भयो । होचिमिन्ह र अमेरिका समर्थित सरकारको विचमा अर्को विद्रोह सुरु भयो । अन्ततः १९७५ मा कम्युनिस्टहरुले जीत हासिल गरिछाडे । ३ सेप्टेम्बर १९६९ मा होचिमिन्हको निधन भयो । उनको सम्मानमा दक्षिण भियतनामको एक शहरलाई ‘होचिमिन्ह सिटी’ भनेर नामाकरण गरियो । [caption id=\"attachment_61453\" align=\"aligncenter\" width=\"750\"]\"होचिमिन्ह                                                                        होचिमिन्ह शहर[/caption] [caption id=\"attachment_61454\" align=\"aligncenter\" width=\"750\"]\"होचिमिन्ह                                                                              होचिमिन्ह शहर[/caption] होचिमिन्हलाई भियतनामको एक महान कम्युनिस्ट संस्थापक नेता तथा स्वतन्त्रता र राष्ट्रियताका लागि लड्ने वीर पुरुषका रुपमा आज पनि भियतनामीहरुले सम्झन्छन् । उनको सरलता, इमान्दरिता र एक निष्ठावान प्रतिमुर्तिकारुपमा भियतनाममा मात्र होइन पुरै संसार भरी नै व्यापक प्रशंसा भएको पाइन्छ । उनको नाम एक कम्युनिस्ट आर्दश व्यक्तित्वका रुपमा संसारभरका कम्युनिस्टहरुले लिने गर्दछन् । [caption id=\"attachment_61455\" align=\"aligncenter\" width=\"750\"]\"होचिमिन्हको                                      होचिमिन्हको सम्मानमा बनाईएको पार्क[/caption]   [caption id=\"attachment_61456\" align=\"aligncenter\" width=\"750\"]\"होचिमिन्हको                                                             होचिमिन्हको शालिक[/caption]   [caption id=\"attachment_61457\" align=\"aligncenter\" width=\"750\"]\"सामान्य                                                      सामान्य जनताका रुपमा काम गर्दै होचिमिन्ह[/caption]
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy