Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

को थिए रणधीर सिंह ? किन भनिन्छ उनलाई मार्क्सवादी इनसाइकोपिडिया ?

भारतीय प्राध्यापक रणधीर सिंह ९५ वर्षको उमेरमा १ फरवरी २०१६ मा संसारबाट विदा भए । ११ जनवरी १९२१ मा लाहौरमा जन्मिएका सिंहका दुई छोरी र श्रीमती छन् । उनले लाहोरस्थित क्रिश्चियन कलेजबाट आफ्नो शिक्षादीक्षा सुरु गरे । उनी त्यसबेलादेखि क्रान्तिकारी विचारबाट प्रभावित भए, जतिबेला भगत सिंहलाई पुलिसले समाएर लाहोरको सेन्टर जेलमा लगिरहेको उनले देखे । त्यसबेला उनी स्कुल गइरहेका थिए । भगत सिंहलाई फाँसी दिएपछि उनलाई केहीबेरका लागि पुलिसले पक्राउसमेत गरेको थियो ।
प्रोफेसर भएपछि मानिसहरु हमेसा देशविदेशमा सेमिनार र गोष्ठीहरुमा सहभागी हुन तछाडमछाड गर्दै जान्छन् । तर प्रोफेसर रणधीर सिंह विभिन्न देशहरुको पटक पटकको निमान्त्रणालाई अस्विकार गर्दै जीवनभर कुनैपनि देशको भ्रमण गरेनन् ।
उनी भारतका प्रमुख बामपन्थी विचारक मध्ये एक थिए । कुशल वक्ता तथा माक्र्सवादलाई निकै गहिरो अध्ययन गर्ने एक अध्ययतासमेत उनी थिए । उनलाई माक्र्सवादी इनसाइकोपिडिया(सम्पूर्ण माक्र्सवादी ज्ञानको भण्डार) नै भनिन्थ्यो । उनीसँग अथाह माक्र्सवादी ज्ञानहरु थिए । माक्र्स र एङ्गेल्सका पुस्तकहरु निकै गहिरो अध्ययन गरी उनले भारतमा कम्युनिस्ट विचारको जीवनभर प्रवाह गरिरहे । \"country-well-known-intellectuals-Randhir-Singh-dead-750\" प्राध्यापक रणधीर सिंहको माक्र्सवादी विचार यात्रा दोस्रो विश्वयुद्धपछि शुरु भएको मानिन्छ । सन् १९३९ मा भारतको कम्युनिस्ट पार्टीमा संलग्न भई विद्यार्थी राजनीतिबाट उनले आफ्नो माक्र्सवादी विचारको यात्रा शुरु गरे । भारतका कम्युनिस्ट पार्टीहरु सी.पी.आई.देखि सी.सी.आई.एम.एल.सम्म उनले आफ्नो भूमिका निर्वाह गरे । माक्र्सवादी विश्व दृष्टिकोणलाई व्यापक र गहिराईका साथ हासिल गर्ने तीब्र इच्छाले उनलाई दिल्लीको विश्वविद्यालयसम्म पु¥यायो । जहाँ उनले राजनीति विज्ञान विषयमा अध्यापन गरे । अध्यापन गर्दै जाने क्रममा उनी विश्वविऋालयमा राजनीति विज्ञान विभागमा प्रोफेसर भए । प्रोफेसर भएपछि मानिसहरु हमेसा देशविदेशमा सेमिनार र गोष्ठीहरुमा सहभागी हुन तछाडमछाड गर्दै जान्छन् । तर प्रोफेसर रणधीर सिंह विभिन्न देशहरुको पटक पटकको निमान्त्रणालाई अस्विकार गर्दै जीवनभर कुनैपनि देशको भ्रमण गरेनन् । बरु आफ्नो कक्षा र अध्ययनलाई सिङ्गो संसार मानेर त्यसमै लिन भइरहे । आफ्नो सिङ्गो जीवनभर माक्र्सले लेखेका कृतिहरुको गहिरो अध्ययन गरे । उनले जवाहरलाल नेहरु विश्वविद्यालयमा समेत पठाए । सन् १९८७ मा दिल्ली विश्वविद्यालयबाट सेवा निवृत्त भए । त्यसपछि उनी आफ्ना रचनाहरु प्रकाशित गर्न तर्फ लागे थाले । सिंह भारतीय कम्युनिस्ट पार्टी अविभाजित अवस्थामा हुँदा सक्रिय रुपमा सहभागी भएका थिए । तर जब पार्टी विभाजित भयो त्यसपछि उनी स्वतन्त्र माक्र्सवादी विचारक बनेर बसे । कुनै पार्टीमा सम्लग्न नभएपनि उनले बढि भन्दा बढि विद्यार्थीहरुमा माक्र्सवादी विचार हस्तान्तरण गर्नमा नै उनले सिङ्गो जीवन खर्चिए । उनी विद्यार्थीलाई सबैभन्दा पहिला माक्र्सवादी विचारद्धारा लैस बनाउनु आफ्नो पहिलो कर्तव्य ठान्दथे । रणधीर सिंह प्रारम्भिक जीवनमा कविता लेख्थे । पछि उनले कवितामा निरन्तरता दिएनन् । कविता लेख्न छाडेर उनले आफ्नो विद्यार्थी कालमा दिल्ली विश्वविद्यालयमा एक सोसलिष्ट ग्रुप खडा गरी माक्र्सवादी अध्ययन र चिन्तन गर्नतिर लागे । भारतमा नक्सलवादी आन्दोलन चलिरहेको अवस्थामा उनले विभिन्न चर्चा परिचर्चा भयो । ती बहसहरुमा उनले पुरै नक्सलवादी आन्दोलनको समर्थनमा बहस गरे । नक्सलवादी आन्दोलनले धक्का खाएपछि उनले साम्रज्यवादी लुटको विरोधमा आफ्नो प्रखर विचार राखि नै रहे । \"ranabir सन् १९९० को दशकमा सोभियत युनियन विघटन भयो । विघटनपश्चात पुरै दुनियाँमा माक्र्सवादको अन्त्य भयो भनेर साम्राज्यवादले भन्न थाल्यो । सोही क्रममा दिल्लीमासमेत समाजवाद पतनको बारेमा ठूला ठूला बहसहरु भए । सो बहसहरुमा सिंहले माक्र्सवादी सिद्धान्तको बारेमा आफ्नो गम्भीर मन्तव्य राखे । बहसको क्रममा एकजना भारतीय कम्युनिस्ट नेताले माक्र्स भनाई उद्धृत गर्दै भने ‘सर्वहारा वर्ग जब सत्तामा पुग्छ, तब उ सर्वहारा वर्ग रहँदैन ।’ तुरुन्तै सिंहले प्रतिवाद गर्दै भने, ‘माक्र्सले यो कुरा कुन पुस्तकमा कहाँनिर भन्नुभएको छ ? कृपया मलाई त्यसको लिखित सन्दर्भ चाहियो ।’ त्यसपछि ती बहसकर्ता चुप लागे । आज नेपाल लगायतका विभिन्न देशहरुमा माक्र्सवादी सिद्धान्तमा आधारित रहेर विभिन्न सामाजिक प्रयोगहरु भइरहेका छन् । तर माक्र्सले भनेका कतिपय सन्दर्भ आज मेल नखान सक्छन् भने कतिपय चाँही माक्र्सले यसो भनेका थिए, उसो भनेका थिए भन्दै आफ्नै सोंचअनुसार माक्र्सको सिद्धान्तलाई बङ्ग्याउने गरेका पनि छन् । यस्तो अवस्थामा माक्र्सले भनेको कुरा हो वा होइन ? कुन पुस्तकमा लेखेका छन् भन्ने सन्दर्भहरु प्रमाणका रुपमा खोज्दै बहस गर्ने विद्धानको अभाव भएको छ ।
तुरुन्तै सिंहले प्रतिवाद गर्दै भने, ‘माक्र्सले यो कुरा कुन पुस्तकमा कहाँनिर भन्नुभएको छ ? कृपया मलाई त्यसको लिखित सन्दर्भ चाहियो ।’
रणधीर सिंह एक असल शिक्षक, बुद्धिजीवी, शिक्षाविद् मुख्यतः गम्भीर माक्र्सवादी अध्ययता थिए। समकालिन विश्वमा पुँजीवाद र साम्राज्यवादले खडा गरेका नयाँ चुनौतिहरुलाई सामना गर्न उनको अभाव खड्किने विभिन्न विद्धानहरुले बताएका छन् । प्राध्यापक सिंहका चर्चित पुस्तकहरु मध्ये क्राइसिस अफ सोसलिज्म, माक्र्सवाद सोसलिज्म, इन्डियन पोलिटिक्स, रिजन रिभोेल्युशन एण्ड पोलिटिकल थ्योरी आदि रहेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy