Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

प्रधानमन्त्री ओलीको दिल्ली दिलचस्पी

\"Kp-oli1\"काठमाडौं । भारतीय नाकाबन्दीको पाँच महिनापछि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणले निकै चर्चा पाइरहेको छ । उनी केही घण्टापछि भारतको दिल्ली प्रस्थान गर्दैछन् । प्रधानमन्त्री ओली यस्ता नेता हुन्, जसको आलोचना नगर्ने एमालेभित्रै पनि कमै होलान् । उखान टुक्कामा रमाउने र बोलीको कुनै ठेगान नभएको नेता भनेर उनीमाथि आरोप पनि लाग्ने गरेको छ । आफ्नो गम्भीर स्वास्थ्य अवस्थालाई पनि जितेर प्रधानमन्त्रीमा आसिन भएका ओलीको बोलीले बेला बेलामा निकै खैलाबैला मच्चिएको छ । ओलीको मानसिक सन्तुलन ठीक नभएको भन्दै लिखित बक्तब्य निकाल्ने एमाओवादीसहितका केही साना दलहरुसमेत अहिले ओलीका सहयात्री बनेका छन् । तिनै ओली यस्तो अवस्थामा प्रधानमन्त्री बने, जतिबेला भारतको संस्थापन पक्ष नेपालसँग रुष्ट थियो । तर भारतको असन्तुष्टी देख्दा देख्दै प्रधानमन्त्री बनेका ओली प्रधानमन्त्री बनेको शुरुका दिनमा समय भारतको आलोचना गरेर ‘राष्ट्रवादी’ देखिए । तर ती सबै भ्रम हुन् भन्ने अहिले सत्य सावित भएको छ । प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो भ्रमणका रुपमा शुक्रबार भारत जाँदैछन् । ओलीको दिल्ली दिलचस्पी एकाएक देखिएको होइन । यो उनको कुनै संयोग मात्र पनि होइन । ओली प्रधानमन्त्री हुनुअघि नै भारतसँगको सम्बन्ध सुधार गर्ने नै योजना थियो भन्ने पनि एकपछि अर्को गरी खुलासा हुँदै गएको छ । प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सुधार गर्न भारतीय संस्थापन पक्षका नजिकका ब्यक्तिदेखि राजवादीसम्मलाई परिचालन गरेका थिए । भारतसँगको सम्बन्ध सुधार गर्नका लागि उनले उद्योगपति विनोद चौधरीदेखि प्रधानसेनापति राजेन्द्र क्षेत्रीसम्मलाई भारत पठाए भने अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीदेखि भारतीय धार्मिक गुरु रविशंकरलाई समेतलाई प्रयोग गरे । सरकारले भारतीय नाकाबन्दीका कारण गम्भीर संकटमा परेको मुलुकलाई निकास दिन नसक्नु कुटनीतिक असफलता भनी अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेपछि ओलीले परराष्ट्रमन्त्री कमल थापालाई सम्बन्ध सुधारकै लागि पटक पटक दिल्ली पठाएका थिए । भारतीय नाकाबन्दीका कारण अब अन्य मुलुकबाट ब्यापारप सम्झौता गरी बिकल्प खोजिन्छ भने पनि त्यसतर्फ चासो देखाएनन् । बरु हावाबाट विजुली निकाल्ने र घर घरमा पाइपबाटै ग्यास पठाइदिनेजस्ता हावादारी भाषण दिएर आफै आलोचित बने । साँच्चिकै भारतसँग जुध्नसक्ने नेता भनि गरिएको उनको प्रशंशा क्षणभरैमै खरानी भयो । अाफ्नाे भारत भ्रमणबारे अाेलीले भारतसँगको सम्बन्ध सुधार लगायत तीन प्राथमिकता रहेको बताएका छन । उनका अनुसार पहिलो प्राथमिकतामा दुई देशबीच राजनीतिक सम्बन्ध सुधार, दोस्रो विकास निर्माणमा आपसी सहकार्य र तेस्रो भूकम्पपछि पुनर्निर्माण अभियानको अध्ययन रहेको छ । बाहिर भारतीय रबैयाको कटु आलोचना गर्ने भित्र भारतसँग मित्रताको हात बढाउन न्वारनदेखिकै बल लगाउने गरेका ओली अन्नतः भारतले आफूलाई स्वागत गर्ने अवस्थासम्म पु¥याउन त सफल भए तर मुलुकलाई निकास दिन र राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको शीर उँचो राख्न कति सफल होलान् त्यो भने दिल्ली भ्रमणबाट फर्किनुअघि नै थाहा हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: