Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

स्वर्ण पदक बिजेता फुटवल खेलाडीलार्इ काठमाडौंमा भव्य स्वागत (फोटो फिचरसहित)

\"keladiकाठमाडौं । १२ औं दक्षिण एसियाली खेलकुद सागका स्वर्ण पदक बिजेता नेपाली फुटबल खेलाडी काठमाडौंमा भव्य स्वागत गरिएको छ ।

बुधबार साँझ काठमाडौं आइपुगेको खेलाडी टोलीलाई नगर परिक्रमासहित स्वागत गरिएको हो ।टोलीको स्वागतमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेको युवा तथा समर्थकहरुको समुहले फूलामाला र अविरजात्रा गरी उनीहरुको स्वागत गरेका थिए ।

\"Keladi\"

विमानस्थलममा उत्रिएलगत्तै उनीहरुलाई नेपाली सेनाको गाडीमा राखेर नगर परिक्रमासमेत गराइएको छ ।

खेलाडीलाई एयरपोर्ट, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, न्यूरोड गेट, वीर अस्पताल, भोटाहिटी, जमल, केशरमहल, नारायणहिटी सङ्ग्रहालय गेट, पुरानो बसपार्क, भद्रकाली, सहिद गेट, सुन्धारा हुँदै त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुर्याइएको छ।

स्वागत्कैबीच पत्रकारसँग कुरा गर्दै नेपाली टोलीका कप्तान बिराज महर्जनले २३ वर्षपछि दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपाललाई स्वर्ण जिताउन पाउँदा गौरवान्वित महसुस गरेको बताए । नगरपरिक्रमापछि रङ्गशालामा एक कार्यक्रमबीच विजेता टोलीलाई सम्मान पनि गरिएको छ।

यसअघि उनीहरुलाई झापामा विजय जुलुससहित स्वागत गरिएको थियो। उनीहरुलाई झापाको सीमा नाका काँकडभिट्टाबाट विर्तामोड हुँदै सदरमुकाम भद्रपुरको परिक्रमा गराई स्वागत गरिएको थियो।

भारतको आसाम गुहावटीमा भएको सागमा नेपाली पुरुष फुटबल टोलीले २३ वर्षपछि नेपाललाई स्वर्ण पदक दिलाएको हो।साग पुरुष फुटबलको फाइनलमा नेपाली टोलीले भारतलाई २–१ गोल अन्तरले पराजित गरी स्वर्ण पदक जितेको थियो।

\"Ktm-Foot \"Ktm-Foot \"Ktm-Foot \"Ktm-Foot

तस्विरः रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending