Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

काठमाडौं कांग्रेसमा संस्थापन पक्षमै भिडन्त

\"NC-Ktm\"काठमाडौं । काठमाडौं कांग्रेस सभापतिका लागि अहिले मतदान भइरहेको छ । महामन्त्री प्रकाशमान सिंह निकट सबुज बानियाँ र वर्तमान जिल्ला सभापति भीमसेनदास प्रधानको उम्मेदवारी परेपछि अहिले मतदान भइरहेको हो । प्रधान पनि संस्थापनपक्षीय नेता नै हुन् । प्रधानले आफ्नो उम्मेदवारी महामन्त्री सिंहसँग रहेको प्रतिक्रिया दिएका छन् । बानियाँलाई काठमाडौंका केही क्षेत्रीय सभापतिहरुको साथ छ । दुई दिन काठमाडौंका १० मध्ये ९ क्षेत्रीय सभापतिले बानियाँलाई साथ दिएको समाचार आएको थियो । तर, प्रधान पक्षले यसलाई अस्वीकार गरेको छ । महामन्त्रीलाई भेट्न गए पनि साथ दिएको भन्दै सिंहसँग खिचाइएको फोटो सार्वजनिक गरिएको दाबी गर्दै आएको छ । प्रधानालाइ पनि गगन थापा, नरहरि अाचार्य समूहकाे साथ रहेकाे बुझिएकाे छ । देशभरका जिल्ला मध्ये काठमाडौंमा सबैभन्दा बढी एक हजार दुई सय ६० मतदाताले भाग लिंदैछन् । देशमै सबैभन्दा बढी मतदाता रहेको र १० निर्वाचन क्षेत्र रहेको, देशको राजधानी, महानगर जस्ता पक्षले पनि यतिखेर काठमाडौंको सभापतिलाई निक्कै महत्वका साथ हेरिएको छ । काठमाडौंका रैथाने महामन्त्री सिंहको पडक मानिए पनि संस्थापनबाटै प्रधानले चुनौति दिंदै आएका छन् । उम्मेदारी दिने चर्चा गरिए पनि देउवा पक्षीय नरोत्तम वैद्यले पनि अन्ततः उम्मेदवारी दिएनन् । पछिल्लो समय प्रधान देउवा निकट रहेको चर्चा चल्ने गरेको छ । मतदान ९ देखि १२ बजेसम्म हुने जनाइएकाे छ ।
प्रधान प्यानलबाट सचिवमा अर्जुन पराजुली र कोषाध्यक्षमा नर्मदा पोखरेलकाे उम्मेदवारी परेकाे छ । बानियाँको प्यानलबाट सचिवमा राजकुमार नकर्मी र कोषाध्यक्षमा गोविन्द पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन् ।  सचिवमा प्रणयसिंह मुन्नाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: