Khabar Dabali ११ चैत्र २०८२ बुधबार | 25th March, 2026 Wed
Investment bank

घर बनाउन भन्दै जनतालाई सडेको बाँस

\"\"

दोलखा । अस्थायी आवासको नाममा प्लान नेपाल नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दोलखाका विभिन्न गाविसका भूकम्पपीडितहरुलाई जबरजस्ती कुहिएको बाँस वितरण गरिरहेको छ ।

राहत, अस्थायी आवास र न्यानो कपडापछि सरकार पूनर्निर्माणको चरणमा पुगिसके पनि प्लान नेपालले भने असारमै वितरण गर्नुपर्ने अस्थायी आवासको नाममा दोलखाका भूकम्पपीडितलाई जवर्जस्ती कुहिएको बाँस वितरण गरेको हो ।

प्लानले जिल्लाका बोच, मागापौवा, काटाकुटी, भुषाफेदा, ताम्चेत दुधपोखरी, शैलुङ्गेश्वर, पवटी, डाँडाखर्क, घ्याङसुकाठोकर, भेड्पु र फस्कु गाविसमा कुहिएको बाँस र बाँस भन्दै निगाला जवर्जस्ती वितरण गरेको ती गाविसका पीडितहरुकोे आरोप छ ।

ती गाविसका पाँच हजार परिवारलाई करिब रु पाँच करोड ६० लाख बराबरको बाँस मात्र वितरण गरिने प्लान नेपालले जनाएको छ ।

अधिकांशले अस्थायी आवास बनाएको सात महिनापछि प्लानले अस्थायी आवासको लागि भन्दै जबर्जस्ती एक थान त्रिपाल र १२ वटा बाँस भिडाएको डाँडाखर्क–७ का भूकम्प पीडित शम्भु केसीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बाँस पनि कुहिएको र बाँस भन्दै निगाला वितरण गरेर प्लानले जात्रा देखाएको छ ।” बोचका पीडित नवराज थापाले भने, “सरकारले दिएकोबाट कटेरो बनाइयो, जबर्जस्ती बना भन्छ, बनाउने ठाउँ छैन ।’ डाँडाखर्क र घ्याङसुकाठोकर गाविसले बाँस र त्रिपाल बहिष्कार गरेका छन् भने बोच गाविसले सुकाएर दाउराको रुपमा प्रयोग गरेको पीडितहरुले जनाएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले समितिको बैठकमा प्रश्न उठ्दा आवास नबनाई गोठ मात्र बनाएपनि हुने भनेर आश्वस्त पारेकाले अनुमति दिइएको जानकारी दिनुभयो । असार महिनामा युएसएड र डिएफआइडीसँग प्रस्तावपत्र पेस गरिएकोमा केही समयअघि मात्र स्वीकृत भएकाले जसरी पनि वितरण गर्नुपर्ने र अरु प्रस्ताव गुम्ने डरले जवर्जस्ती भए पनि भिडाउनुपर्ने बाध्यता रहेको प्लान नेपालकै कर्मचारी स्वीकार गर्छन् ।

प्लानले हिमशिखर ट्रेडर्स एन्ड सप्लायर्स, उदयपुर र सन्तोष निर्माण सामग्री प्रालि, चरिकोटबाट आवास र सरसफाइ दुई शीर्षकमा बाँसको खरिद र ढुवानी गराएको छ । बाह्य बजारबाट एक लाख २० हजार बाँस प्रतिगोटा रु २९२ र स्थानीयस्तरबाट पाँचवटा बाँस प्रतिगोटा रु ७५ मा खरिद गरेको प्लान नेपाल दोलखाले जनाएको छ ।

प्लान नेपाल दोलखाका जिल्ला संयोजक चन्द्र कायस्थले मापदण्ड नपुगेको बाँस फिर्ता गरेर सप्लायर्सबाट असुल गरिने जानकारी दिनुभयो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: