Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भारतसँगको सम्बन्ध अघि बढ्छः प्रधानमन्त्री ओली

\"kpoli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणसँगै भारतसँगको सम्बन्ध अघि बढ्ने बताएका छन् । आफ्नो भारत भ्रमणबारे ब्यवस्थापिका संसदको मंगलबारको बैठकमा जानकारी दिँदै उनले आफ्नो भारत भ्रमण राष्ट्रिय हितमा हुने बताए । उनले विगतमा केही अप्रिय लाग्ने घटना भए पनि त्यसले विग्रिएको सम्बन्ध सुदृढ हुने विश्वास ब्यक्त गरे । आफ्नो भारत भ्रमण मुख्य रुपमा भारतसँगको सम्बन्धलाई सुधार्ने  दिशामा नै केन्द्रित रहने उनले स्पष्ट गरे । विगतमा घटनाहरुलाई विर्सँदै आफूले नयाँ शीराबाट पारस्परिक लाभ र सहयोगका आधारमा अगाडि बढाउन चाहेको ओलीले बताए । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणपछि नेपाल र भारतबीच देखिएका असमझदारी अन्त्य हुने दाबी गरे । भारत भ्रमण अघि नै संयन्त्र बन्ने सीमांकनबारे टुंगो लगाउन प्रधानमन्त्री ओलीले सीमांकनबारे सुझाव दिन गठन गर्ने भनिएको राजनीतिक समिति आफ्नो भारत भ्रमणअघि नै बनाइने बताए । ओलीले आफू भारत जानुअघि नै राजनीतिक समिति गठनको प्रयासमा रहेको उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणपछि नेपाल र भारतबीच देखिएका असमझदारी अन्त्य हुने दाबी गरे। मधेसका समस्या समाधान गर्न उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गरी सीमाकंनलगातका विषयमा सहमति गर्ने यसअघि नै प्रमुख तीन दल मधेसी मोर्चाबीच सहमति भइसकेको छ । यसअघि दलहरुले माघ ४ गतेसम्ममा समिति गठन गर्ने बताएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: