Khabar Dabali ३० चैत्र २०८२ सोमबार | 13th April, 2026 Mon

साग खेलकूदको समापन आज, १३ औं साग नेपालमा हुने

\"Sag\"काठमाडौं । दक्षिण एसियाली खेलकूद (साग)को मंगलबार समापन हुने भएको छ । भारतको सिलोङ्मा भएको १२ औं सागको समापन समारोहमा आगामी १३ औं साग सञ्चालनको जिम्मेवारी प्रदान गर्दै नेपाललाई सागको झण्डा हस्तान्तरण गरिनेछ । भारतको गुहाअटीस्थित इन्दिरा गान्धी रंगशालामा हुने समापन समारोहमा सागको झण्डा लिएर नेपालले सन् २०१८ मा १३ औं साग आयोजना गर्ने जिम्मेवारी लिनेछ । खेलकूद मन्त्री सत्यनारायण मण्डलले आगामी १३ औं सागको झण्डा समाउने छन् । सन् १९८४ मा नेपालबाट नै क्षेत्रीय खेलकूदको अवधारणा शुरु भएको थियो । सन् १९९९ मा पहिलो पटक सागको आठौं संस्करणको आयोजना गर्ने अवसर पाएको नेपाले अबको १३ औं सागको आयोजना गर्ने दोस्रो अवसर प्राप्त गरेको छ । समापन समारोह पनि नेपालको लागि निकै महत्वपूर्ण रहेको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए । आगामी साग खेलकूदको जिम्मेवारी सम्हाल्नुका साथै नेपाली सांस्कृतिक टोलीको विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति तथा नेपालको ऐतिहासिक सम्पदा तथा संस्कृतिहरुकोबारेमा तयार पारिएको तीन मिनेटको मिडियो पनि इन्दिरागान्धी रंगशालामा प्रस्तुत गरिनेछ । फुटवलमा भारतलाई हराउँदै स्वर्ण भारतमा आयोजित खेलकूदको फुटवलमा उसकै घरेलु  मैदानमा पराजित गर्दै नेपालले स्वर्ण पदक हात पारेको छ । \"India-Nepal-south-asian-games-2016-final-15th-february\"भारतीय नाकाबन्दीका कारण प्रतिशोधका रुपमा हेरिएको यो खेलमा भारतलाई उसकै मैदानमा हराएको नेपालले शाख उँचो पारेको छ । २३ खेलको सहभागिता रहेको नेपालले पुरुष फुटवलसहित तीन स्वर्ण, २३ रजत र ३४ कास्य पदक हात पारेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending