Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

भारत भ्रमणबारे सदनलाई जानकारी गराउँदै ओली

\"kpoli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमणबारे व्यवस्थापिका संसदलाई मंगलबार जानकारी गराउँदैछन् । यहि फागुन ७ गते भारतको औपचारिक भ्रमणमा जान लागेका प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणबारे सदनलाई जानकारी गराउन लागेको ब्यवस्थापिका संसद सचिवालयले जनाएको छ । व्यवस्थापिका संसदको बैठकमा प्रधानमन्त्री ओलीले आफूले गर्न लागेको भारत भ्रमणबारे औपचारिक रुपमा जानकारी गराउन छन् । ओलीले यसअघि भारत भ्रमणको एजेण्डाबारेमा सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस, परराष्ट्रविद तथा तथा विभिन्न कूटनीतिज्ञहरुसँग छलफल गरेका थिए । आफू प्रधानमन्त्रीमा निर्वाचित भएसँगै भारतले गरेको नाकाबन्दीका कारण यसअघि ओलीले पहिलो भारत भ्रमण चीन हुने बताएका थिए । तर गम्भीर संकट टार्ने वैकल्पिक उपाय नभेटेपछि ओलीले अन्ततः भारतकै शरण पर्नुको विकल्प नरहेको निश्कर्षमा भारत भ्रमण तय गरेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण भारतसँगको सम्बन्ध सुधारमै केन्द्रित हुने स्पष्ट पारेका छन् । फागुन ७ गते सत्तारुढ दल, प्रतिपक्षी, ब्यापारी, पत्रकार तथा आफ्ना केही नेता कार्यकर्ता गरी झण्डै ५० जनाको जम्बो टोली लिएर ओली भारत जाने भएका छन् । शोक प्रस्ताव पारित व्यवस्थापिका संसद्को मंगलबारको बैठकमा नेकपा (एमाले) का पूर्वसांसद सोहनप्रसाद चौधरीको असामयिक निधनमा दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ । नेता चौधरी २०४८ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित  भएका थिए । उनको ६९ वर्षको उमेरमा गत माघ २६ गते मृत्यु भएको थियो । उनी मिर्गौला रोगबाट पीडित थिए । शोक प्रस्ताव पारितसँगै संसद्को बैठक १५ मिनेटका लागि स्थगन भएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: