Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

यसकारण कुनै चामत्कारिक हुँदैन ओलीको भारत भ्रमण

\"oli\"काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको यो साताका लागि तय भएको भारत भ्रमणले निकै चर्चा पाएको छ । वैशाखमा गएको विनाशकारी भूकम्प लगत्तै छिमेकी मुलुक भारतले नेपालको नयाँ संविधानप्रतिको असन्तुष्टी जनाउँदै लादेको चार महिना नाकाबन्दीपछि प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने भएपछि भ्रमणलाई महत्वका साथ हेरिएको छ । भारतप्रति नै आम नेपालीको असन्तोष बढिरहेका बेला राष्ट्रवादको कवच लगाइएका प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई महत्वका साथ हेरिनु स्वभाविक हो । राष्ट्रिय स्वाभिमानका सामु कसैसँग नझुक्ने भन्दै प्रधानमन्त्रीको सपथसँगै भारतप्रति धारे हात लगाएका ओली अहिले भारतसँग नै सम्बन्ध विस्तार गर्ने भन्दै भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । मधेस आन्दोलनसँगै भारतले लगाएको अघोषित नाकाबन्दीले गर्दा पछिल्लो समय आन्दोलनरत मधेसी दलहरुबाहेक अधिकांश नेपाली भारतप्रति रुष्ट छन् । भारतको हेपाहा प्रवृत्तिको विरोध स्वरुप भारतसँगै ब्यापारिक सम्झौताहरुसमेत तोड्न विकल्प खोज्न समेत नेपाली नागरिकले सरकारलाई सुझाव दिएका थिए । आफू कुनै पनि विदेशी शक्ति सामु नझुक्ने भन्दै भारतको विकल्प खोज्ने भाषण छाँटेका प्रधानमन्त्री ओलीको भारत भ्रमण कस्तो चमत्कारिक बन्ला आम कौतुहलताको विषय बनेको छ । भारतले गरेको नाकाबन्दीका कारण अन्तर्राष्ट्रिय समुदायमा नै भारतप्रति नकारात्मक सन्देश त गएकै त भारतमै सदनभित्र विपक्षी दलहरुले भारतीय संस्थापन पक्षको कडा आलोचना गरेपछि भारत पनि अन्ततः नेपालसँगको सम्बन्धलाई विगार्न नहुने निश्कर्षमा पुगेको हो । त्यसैले ओलीलाई भारत भ्रमणको निम्तो दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रातो कार्पेट विछ्याएका छन् । प्रधानमन्त्री ओलीलाई रातो कार्पेट बिछ्याएर स्वागत गर्न आतुर देखिएका मोदीले ओलीको नाडी छाम्ने प्रयास गरे । ओलीले पनि अन्ततः भारतको निगाहमा मात्रै आफ्नो सरकार टिक्ने बुझेर मोदीको निम्तो मान्न आतुर देखिनुलाई ओलीको ‘खोक्रो राष्ट्रवाद’ भन्ने मधेसी दलहरुको आरोप सत्य सावित भइसकेको छ । केही दिनमै भारत भ्रमणमा जाने सबै तयारी पूरा गरेका प्रधानमन्त्री ओलीको राजकीय भ्रमण यसअर्थमा मात्रै चामत्कारिक बन्छ, जब उनले विगतका भारतले गरेका असमान सन्धी सम्झौताहरु खारेज गर्नुपर्ने सर्त अघि सार्नेछन् । तर प्रधानमन्त्री ओलीले केवल आफू प्रधानमन्त्री भएदेखि विग्रिएका सम्बन्धलाई सुधार प्रयास हुने बताइसकेका कारण पनि ओलीले असमान सन्धि सम्झौताबारे कुरा उठाउनेसमेत सामथ्र्य राख्ने छैनन् । ओली एमालेको तर्फबाट चौथो प्रधानमन्त्री हुन् । एमालेको पहिलो प्रधानमन्त्री मनमोहन अधिकारी थिए भने दोस्रो झलनाथ र तेस्रो माधव नेपाल हुन् । झलनाथ प्रधानमन्त्री हुँदा भारतले कुनै महत्व नदिँदा भारत जाने मौका मात्र गुमाएनन् उनको सरकार पनि धेरै समय टिक्न सकेन । मनमोहन अधिकारी प्रधानमन्त्री भएर वि.स २०५१ मा भारत भ्रमणमा जाँदा सन् १९५० को मैत्री सन्धि समिक्षा गर्ने कुरा उठाएका थिए । तर उनको राष्ट्रवाद पनि धेरै दिन टिक्न सकेन । त्यतिबेलै अधिकारीले बंगालका मुख्यमन्त्री ज्योति बशुको हप्काइसँगै दार्जिलिङ बंगालको अभिन्न अंग भएको अभिब्यक्ति दिएका थिए । अहिले भारतप्रतिको आम नेपालीकै दृष्टिकोण राम्रो नभएको बेला प्रधानमन्त्री ओलीले भारत भ्रमण गरी साँच्चिकै नेपालीको मन जित्ने कुनै चामत्कारिक काम गर्न सक्दैनन् । ओलीको भारत भ्रमणले मात्र ऊ खुशी हुदैन, जबसम्म ओलीले भारतको ‘इन्ट्रेष्ट’मा ओलीको हस्ताक्षर हुँदैन । त्यसैले ओलीको भारत भ्रमण केबल ओलीले कुनै बेला भनेको बयलगाडा चढेर अमेरिका नपुगिने कथन सिवाय केही हुनेछैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies