Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

मधेस आन्दोलनलाई बेवास्ता गरेर प्रधानमन्त्रीको भारत भ्रमण सफल हुन्न : महतो

\"Rajendra_mahato-400\"काठमाडाैं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलनलाई यसरी नै छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल हुन नसक्ने दावी गरेका छन। रिपोर्टर्स क्लब  नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा महतोले भने,‘ प्रधानमन्त्रीको भारत यात्रा यसै छाडेर फलदायी हुँदैन। भारतीय जनताको समर्थन मधेस आन्दोलनमा छ। मधेस आन्दोलन समाधान गर्ने संकेत गरेर भ्रमणमा गए भारतीय जनताको सद्भाव पाउँछन।’ महतोले भारत विरोधी भावनाले नेपालको भलो नहुने भन्दै चीनसहितका मुलुकहरुले नेपालमा सहयोग गर्नु सकारात्मक भएकोले त्यसलाई अन्यथा रुपमा नबुझ्न आग्रह गरे। उनले जे विषय अहिले समाधान गर्न सकिन्छ त्यो अहिले नै समाधान गर्ने र नसकिने कुरालाई भोली गर्ने संकेत गर्नु पर्ने धारणा राखे। पछिल्लो समयमा चर्चामा रहेको सीमांकन गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यादेशमा मधेसमा दुई प्रदेश हुने छ भनि लेख्नु पर्ने भनि राखेको अडानको सन्र्दभमा महतोले त्यस्तो कुनै अडान नरहेको संकेत गर्दै भने,‘ के के अहिले गर्ने, केके संयन्त्रले गर्ने ठोस कुरा आउनु पर्यो। अहिले त यो संयन्त्र हो कि षडयन्त्र थाहा छैन। कार्यादेशमा लेख्दैमा आउने नआउने हुँदैन। जे गरे पनि हुन्छ तर हामीलाई मधेसमा दुई प्रदेश चाहिएको छ। ’ मधेस आन्दोलन जारी रहेकोले अहिले केवल स्वरुप परिवर्तन मात्रै भएको उल्लेख गरेका महतोले अहिलेको यो महत्वपूर्ण समय सदुपयोग गरेर मधेस समस्याको समाधान खोज्नु पर्ने धारणा राख्दै नभए चैत्र बैशाखमा घनघोर आन्दोलन हुने चेतावनी दिए। उनले भने,‘ यो समयको सरकार र तीन दलले सदुपयोग गरेर समाधान खोज्नु पर्छ। जिम्मेवार र संबेदनशिल भए समाधान निस्कन्छ। वार्तामा टाइमपास गर्दै टालटुले प्रवृत्तिले आन्दोलन रोकिदैन। चैत्र बैशाखमा अहिलेको भन्दा घनघोर आन्दोलन हुन्छ।’ मधेसी जनताको भावना अनुसार स्वरुप परिवर्तन गरेपनि मधेसमा जारी शान्तिपूर्ण अन्दोलन लक्ष्य प्राप्त नरहुन्जेलसम्म जारी रहने भन्दै महतोले आगामि आन्दोलनकोलागि आफूहरु अहिले शक्ति सञ्चयमा लागेको बताए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: