Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

माओवादी विद्यार्थीले जनयुद्ध दिवस एकै ठाउँमा मनाए, पार्टी आ–आफ्नै तालमा

\"Capture\"काठमाडौं । आज फागुन १ गते माओवादीहरुले आज २१ औ जनयुद्ध दिवस देशव्यापी रुपमा बिभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । २०५२ साल फागुन १ गते शसस्त्र जनयुद्धको घोषणा गरेको आजबाट २१ औं वर्ष भएको अवशरमा त्यस दिनको स्मरण स्वरुप विभिन्न कार्यक्रमहरु गर्दै मनाउन लागेका हुन । फागुन १ गतेको स्मरण स्वरुप प्रचण्ड नेतृत्वको एनेकपा ( माओवादी ) , वैद्य नेतृत्वको नेकपा माओवादी र विप्लव नेतृत्वको नेकपा माओवादीले छुट्टाछुट्टै रुपमा विभिन्न कार्यक्रमहरु आयोजना गरि मनाउँदैछन् । प्रचण्ड नेतृत्वको एनेकपा ( माओवादी ) ले पार्टी मुख्यालय पेरिसडाँडामा सांस्कृति कार्यक्रम सहित , सरसफाई तथा चियापान गरि मनाउँदैछ भने देशव्यापी रुपमा विभिन्न औपचारिक तथा अनौपचारिक कार्यक्रमहरु गरि मनाउँदैछ । त्यसैगरि वैद्य नेतृत्वको नेकपा माओवादीले राजधानीको इन्द्रचोकमा आमसभा गरि मनाउँदै छ । भने देशव्यापी विकेन्द्रिकृत रुपमा विभिन्न कार्यक्रम गरि मनाउँदैछ । विप्लव नेतृत्वको माओवादीले भने राजधानीमा मार्चपास कार्यक्रम राखेको छ । दिउँसो बाह्रबजे रत्नपार्कमा आफ्ना स्वंसेवकलाई रातो ड्रेसमा उतारेर मार्सपास गर्ने विप्लव माओवादी स्रोतले जनाएको छ । यसैबीच, तीनै माओवादी पार्टी निकट विद्यार्थी संगठनहरूले २१औँ जनयुद्ध दिवसका अवसरमा राजधानीमा प्रभात फेरी गरेका छन् । उनीहरुले माओवादीहरू एक हुनुपर्ने पक्षमा नारावाजी गरेका थिए । नयाँजनवादी क्रान्तिको लक्ष्य सहित बन्दुक उठाएको माओवादीले २०६३ सालमा विस्तृत शान्ति सम्झौतामा हस्तक्षर गरि हतियार विसाएको थियो । शसस्त्र द्धन्दका क्रममा माओवादी र सेना दुवै पक्षका तर्फबाट १५ भन्दा बढीको ज्यान गएको थियो भने हजारौ अंगभंग र बेपत्ता भएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: