Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

अर्को संस्करणको विश्वकपमा पुग्ने नेपालको सपना अधुरै

\"Cricketकाठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटको सातौं स्थानका लागि विहीबार नामिबियासँग भएको खेलमा पराजय भएसँगै नेपाल आगामी विश्वकपमा पुग्ने सपना अधुरो बनेको छ । सातौं स्थानका लागि विहीबार भएको खेलमा नेपाल नामिबियासँग १५ रनले पराजित भएको हो । बंगलादेशको फातुल्लाह रंगशालामा टस जितेर नामिबियाले ब्याटिङ गरेको थियो । निर्धारित ४५ ओभरको खेलमा नामिबियाले ९ विकेटको क्षतिमा २ सय २५ रन जोडेको थियो । जवाफी ब्याटिङ् गरेको नेपाल ४४ दशमलव २ ओभरमा चार बल बाँकी छँदै अल आउट भयो । नेपालले २ सय १० रन मात्रै जोड्न सक्यो । नेपालका लागि सुनिल धमलाले अर्धशतक पार गर्दै ५९ रनको सर्वाधिक स्कोर खडा गरे । यस्तै, योगेन्द्र सिंह कार्कीले ३५, प्रेम तामाङले ३२, दीपेन्द्र सिंह ऐरीले ३१ र अरिफ शेखले ३० रन जोडेका थिए । अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् । सुनिल कडेलले नटआउट ३ रन जोडे भने शंकर राना, राजबीर सिह र कुशल भुर्तेल दुई दुई रन तथा राजु रिजाल एक रनमै आउट भएका थिए । यसअघि ब्याटिङ गरेको नामिबियाले निर्धारित ४५ ओभरमा ९ विकेटको क्षतिमा २ सय २५ रन जोडेको थियो । उसका लागि लोहान लोरेन्स र माइकल भान लिंगेलले अर्धशतक पार गरे । लोरेन्सले ५९ रन तथा माइकलले ५८ रन जोडे । यस्तै फ्रान्कोइसले ३९ रन, जर्गेन लिण्डेले १९ रन, जाने ग्रिनले १७ रन र पेट्रस बर्गरले नट आउट १२ रनको योगदान गरे । अन्य ब्याट्स म्यानहरुले दाहोरो अकं जोड्न सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने सुशील कण्डेलले २ विकेट तथा प्रेम तामाङ र सुनिल धमलाले एक एक विकेट लिएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies