Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

स्थिर सरकार नहुँदा गरिबी बढ्यो– उपप्रम केसी

\"chitraचितवन । उपप्रधानमन्त्री चित्रबहादुर केसीले भूकम्प र नाकाबन्दीले गरिबको सङ्ख्या बढाएको बताएका छन् । पत्रकारसँग आज साक्षात्कार गर्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले देशमा २५ प्रतिशत जनता गरिबीको रेखामुनि रहेकामा अहिले यो सङ्ख्या बढेर गएको बताए । कति बढ्यो यकिन नभए पनि देशभर यसको प्रभाव रहेको भन्दै उहाँले पहाड भूकम्पले र तराई नाकाबन्दीले प्रभावित बनाएको बताए । सरकारले २५ जिल्लामा गरिब परिवारको तथ्याङ्क सङ्कलन गरिरहेको जानकारी दिँदै उनले उनीहरुलाई यसै वर्षभित्र र आउँदो वर्ष बाँकी ५० जिल्लामा लगत सङ्कलन गरी परिचयपत्र वितरण गरिने बताए  । परिचयपत्र पाएकालाई शिक्षा, स्वास्थ्य, रोजगारीलगायतमा सरकारले सहुलियत र प्राथमिकता दिइने उल्लेख गर्दै उनले जसरी आरक्षणमा परेकाहरुले सुविधा पाएका छन् त्यसैगरी गरिबले पनि सुविधा पाउने बताए । स्थायी सरकारको अभावमा गरिबीको सङ्ख्या घट्न नसकेको बताउँदै उपप्रधानमन्त्री केसीले एउटै सरकार चार÷पाँच वर्ष रहे गरिबीको सङ्ख्या विस्तारै घटेर जाने विश्वास व्यक्त गरे । ‘संविधान बनेसँगै ऐन नियम गरिबको पक्षमा छन्, अब स्थायी सरकार भया ेभने नेपाली धेरै वर्ष गरिबीको रेखामुनि बस्नु पर्दैन ’, उपप्रधानमन्त्रीले भने । एउटा उद्देश्य लिने र अर्कै काम गर्ने सहकारी नियन्त्रण गरिने उनको भनाइ थियो । उनले भने , ‘प्रधानमन्त्री भारत जानुअघि सर्वदलीय बैठक हुन्छ भन्नुभएको छ, पार्टीको सुझाव सल्लाहअनुसार देशलाई असर पर्ने कुनै सन्धि, सम्झौता प्रधानमन्त्रीले गर्नुहुन्न ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: