Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपाल भारत गाढा मित्रता र समृद्धिका लागि प्रधानमन्त्रीको भारत भ्रमण

\"bishnuकाठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाढा मित्रता कायम गर्न र समृद्धिका लागि साझा क्षेत्रको पहिचान गर्ने आफ्नो भारत भ्रमणको मुख्य उद्देश्य रहेको बताएका छन् । भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको निकट भविष्यमा हुने भारत भ्रमणको तयारीका सिलसिलामा विकास र आर्थिक विषयमा केन्द्रित भएर छलफल गरिने जानकारी दिए । अर्थमन्त्रीले भने – प्रधानमन्त्रीको भारत भ्रमण सबै हिसाबले उपलब्धिपूर्ण होस्, उहाँको भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकोस् भन्ने उद्देश्यका साथ छलफल हुनेछ । उनले दुई देशबीचको सम्बन्ध प्रगाढ, घनिष्ठ, जीवन्त, पारस्परिक लाभ र सहयोगमा आधारित तथा आजको युगको माग अनुरुप हुनुपर्छ भन्ने मान्यतामा सरकार रहेको बताउँदै भविष्यलाई सोचेर दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउनुपर्छ भन्ने आत्मविश्वासका साथ आफूहरु प्रस्तुत हुने स्पष्ट पारे । साझा समृद्धिका क्षेत्र पहिचान गरिने अर्थमन्त्री पौडेलले पुनःनिर्माण सन्दर्भमा भारतीय पक्षबाट भएको सहयोगको प्रतिबद्धतालाई कसरी सदुपयोग गर्न सकिन्छ भन्नेमा गहन छलफल हुने तथा भारतीय सहयोगमा सञ्चालन भएका विकास आयोजनाको समीक्षा, सहमति भएका विकासका आयोजनाको तीव्र कार्यान्वयन र साझा समृद्धिका क्षेत्रको पहिचान गर्ने विषयमा विस्तृत रुपमा विचार विमर्श हुने पनि बताए । नयाँ दिल्लीमा रहँदा उनले खास गरी भारतीय अर्थमन्त्री अरुण जेट्ली, विदेशमन्त्री सुष्मा स्वराजलगायत नेतासँग दुई देशबीचको सम्बन्ध विस्तारका विषयमा केन्द्रित रहेर छलफल गर्न बताइएको छ । अर्थमन्त्री पौडेलका साथ अर्थ सचिव लोकदर्शन रेग्मी र परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीलगायत रहेका छन् । भारत भ्रमण सकेर नेपाली टोली आगामी मङ्गलबार स्वदेश फर्कने कार्यक्रम छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: