Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कालोबजारी व्यापक मौलायाे, वीरगन्ज नाका खाेलाैं :अध्यक्ष महतो

काठमाडौं । संयुक्त मधेसी मोर्चासँग आबद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज नाका खुल्ने सङ्केत गरेका छन । भारतीय नेतासँग भेटघाट गरी पटनाबाट बुधबार साँझ विराटनगर फर्किएका उनले बिहिबार बिराटनगरमा आयोजित पत्रकार सम्मेलनमा वीरगन्ज नाका अबरुद्ध पारेर सरकारलाई कुनै असर नपरेको बरु कालोबजारी व्यापकरुपमा मौलाएको र जनतालाई सास्ती भएको बताए ।\"rajendra-mahato\" भारतसँगको सबै नाका बन्द गर्नुपर्ने वा वीरगन्ज नाका पनि खोल्नुपर्ने सम्बन्धमा दुई दिनभित्र काठमाडौँमा हुने मोर्चाको बैठकमा छलफल गर्ने जानकारी दिदैं उनले विहारको पटनामा राष्ट्रिय जनता दलका नेता एवम् विहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव, भारतीय जनता पार्टीका नेता एवम् विहारका पूर्व उपमुख्यमन्त्री सुशील मोदी लगायतका नेतासँग भएको आफूहरुको भेटघाट सकारात्मक रहेको बताए । मधेस आन्दोलनमा नैतिक समर्थन दिने र भारतका केन्द्रीय सरकारमार्फत नेपाल सरकारलाई मधेसी जनताको हकहितका लागि दबाब दिन लगाउने आश्वासनसमेत ती नेताबाट पाएको उल्लेख गदै उनले विगतमा भएका सम्झौता र अन्तरिम संविधानबाट प्राप्त अधिकारबाट समेत वञ्चित गरिएको सम्बन्धमा भारतीय नेताहरुलाई आफूहरुले जानकारी गराएको बताए । संविधान संशोधन आफूखुसी गरिएको उल्लेख गर्दै अध्यक्ष महतोले मेचीदेखि महाकालीसम्म मधेसमा दुई प्रदेश अनिवार्यरुपमा हुनुपर्ने र यसभित्र केही गाउँ मिलाउन सकिने धारणा प्रकट गरे । आन्दोलनलाई अझ सशक्त बनाउन आन्दोलनमा सक्रिय रहेका मधेसका दुइटै मोर्चा र थारूको मोर्चासमेत गरी महागठबन्धन निर्माण गर्ने विषयमा छलफल सुरु भएको जानकारी दिए । उनले अधिकार प्राप्तिका लागि सरकारसँग गरिने अन्तिम लडाइँका लागि शक्ति सञ्चय गर्न पनि आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्ने सुझाव जनताबाट आइरहेको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: