Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

पूर्वाञ्चलमा धमाधम फुटबल प्रतियोगिता हुँदै

\"P1040791-750\" धनकुटा । म्याच फिक्सिङ र फिफाको कारबाहीका कारण नेपाली फुटबलमा नराम्रो दाग लागिरहेको बेला पूर्वाञ्चल अहिले फुटबलमय बनिरहेको छ । एकपछि अर्को ठूलो फुटबल प्रतियोगिता लगातार हुन थालेपछि पूर्वाञ्चल अहिले फुटबलमय बनेको हो । कतिपय ठूला प्रतियोगिताहरु अहिले सम्पन्न भइसकेका छन् भने कतिपय भइरहेका छन् र कतिपय हुने क्रममा रहेका छन् । पूर्वी पहाडी जिल्ला पाँचथरमा पूर्वाञ्चल स्तरीय फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता भर्खरै सकिए लगत्तै सुदूर पूर्वी जिल्ला इलाममा अहिले माइभ्याली अन्तर्रा्ष्ट्रिय आमन्त्रण गोल्डकप भइरहेको छ । यसको केही दिनपछि विराटनगरमा विराट गोल्डकप हुँदैछ । आयोजक समितिका अध्यक्ष राजेन्द्र राउतका अनुसार प्रतियोगिता फागुन ५ गतेदेखि सञ्चालन हुनेछ । फागुन कै दोस्रो साता १८ औं अन्तर्रा्ष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता फागुन ८ गतेदेखि हुँदैछ । यस्तै राष्ट्रिय जागृति क्लब इटहरीले आगामी फागुन ६ गतेदेखि दशौं अन्तर्रा्ष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्दै छ । प्रतियोगितामा नेपाल र भारतका चर्चित १० वटा टिमहरुले सहभागिता जनाउने आयोजकले जनाएको छ । फागुन १४ गतेदेखि मोरङको विराट चोकमा कोशी हरैचा चौथो केवीआरयु कन्दङ्वा स्मृति अन्तर्रा्ष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिता हुँदैछ । यसरी एकपछि अर्को लगत्तै फुटबल प्रतियोगिता हुन थालेपछि आफूहरूलाई सहभागिता जनाउन भ्याइनभ्याई भएको झापा ११ का प्रशिक्षक भगीरथ आले बताउँछन् । त्यसो त पूर्वाञ्चलबाहेक देशका अन्य ठाउँमा पनि फुटबलका प्रतियोगिताहरु भइरहेका छन् । खासगरी राजधानी केन्द्रित प्रतियोगिताहरु मोफसलमा हुनुलाई सकारात्मक भएको विराटनगर घर भइ राजधानीमा खेलकुद पत्रकारिता गरिरहेकी सविना कार्की बताउँछिन् । नेपालको फुटबलमा नराम्रो दाग लागेको अवस्था छ । यो दागलाई युवा समूह सम्मिलित राष्ट्रिय फुटबल टोलीले फुटबलको साख फेरि फर्काएका छन् । यो सँगै राजधानी केन्द्रित मात्रै हुने ठूला प्रतियोगिताहरु मोफसलमा धमाधम हुनु भनेको अब नेपालमा नयाँ फुटबलको मोह भएको देखिन्छ । यही क्रममा यस्ता ठूला खेलहरु भइरहनु सकारात्मक भएपनि यस्ता खेलहरुलाई व्यवस्थापन गर्न चाहिँ समस्या हुने गरेको अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्ष सन्तोष बानियाँले टेलिफोनमा बताए । नेपाली फुटबल जगतलाई माथि उकास्न मोफसलका ठूला प्रतियोगिताहरु एउटा गतिलो भर्याङ हुन । यी यस्ता प्रतियोगिताबाट नेपाली फुटबल जगत माथि उठ्ने पनि हो । तर, यी यस्ता प्रतियोगिताहरुलाई एन्फाले प्राविधिक सहयोगसँगै व्यवस्थित गर्न सके अझै राम्रो हुने देखिन्छ । यसमाथि पनि राज्यको पनि फुटबलमा ध्यान केन्द्रित हुन जरुरी देखिन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending