Khabar Dabali २९ चैत्र २०८२ आईतवार | 12th April, 2026 Sun

यू–१९ क्रिकेटः नेपाल ७ विकेटले पराजित

\"IND काठमाडौं । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले भारतलाई १ सय ७० रनको चुनौती प्रस्तुत गरेको थियो । भारतले मात्र १८ दशमलव १ ओभर खेल्दा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । भारतका लागि रिषभ पन्तले अर्धसतक पार गर्दै सर्वाधिक ७८ रन जोडे भने इसान किसनले पनि अर्धसतक पार गर्दै ५२ रन जोडे । नेपालका लागि प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछानेले १ विकेट ढालेका थिए । सन्दिपले यसअघि आयरल्याण्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । यसअघि निर्धारित ४८ ओभरको खेलमा नेपालले ८ विकेटको क्षतिमा १६९ रन जोडेको थियो । नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रन जोडे भने राजविर सिंहले ३५ रनको योगदान गरेका थिए । यस्तै, प्रेम तामाङले नट आउट २९ रन र अरिफ शेखले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाली टोलीका योगेन्द्र सिंह कार्कीले ७ रन, राजु रिजाल र कुशल भुर्तेलले ६/६ रन तथा सुनिल कण्डेल नटआउट ३ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरी मात्र एक रन बनाउँदै रन आउट भए भने सुनिल धमला सून्य रनमै आउट भएका थिए । सन्दिप सुनार र ऐरिफ शेखले एक एक चौका प्रहार गरेका थिए । भारतीय टोलीका अभेष खानले ३ विकेट लिएका थिए भने म्याङक ड्यागर र वासिङटन सुन्दरले २, २ विकेट झारेका थिए । नेपाल यसअघि नै क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । भारतसँग पराजित भए पनि नेपाल उपविजेता बन्दै क्वाटर फाइनल पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending