Khabar Dabali ३ चैत्र २०८२ मंगलवार | 17th March, 2026 Tue
Investment bank

पहिले बाबुरामको धज्जी उडाउदा अहिले मुमारामलाई सकस

\"mumaramकाठमाडौं । तत्कालिन माओवादी नेता मुमाराम खनाल जनयुद्धकालमै माओवादी छाडेपछि माओवादीकै विश्लेषक बने । माओवादी शान्तिकालमा पनि माओवादी राजनीतिको विश्लेषण गर्दै आएका मुमाराम राजनीतिकबाट अलग देखिन्थे । माओवादी नेताहरुको कमी कमजोरीको पनि उनी उत्तिकै आलोचक हुन् । त्यसैले माओवादी राजनीतिको आलोचना गर्नका लागि पनि माओवादी विश्लेषक भनी उनी मिडियाहरुमा छाइ रहन्थे । पछिल्लो समय एमाओवादी छाडेर नयाँ शक्ति निर्माण अभियानमा लागेका डा.बाबुराम भट्टराईको पनि निकै आलोचना गर्न भ्याए । उनको नयाँ शक्ति निर्माण अभियानलाई खनालले समाजिक सञ्जालहरुमा लेखेरै आलोचना गर्न भ्याए । खनालले आफ्नो समाजिक सञ्जाल ट्वीटरमा यतिसम्म लेखे कि बाबुरामका कार्यकर्ताहरुलाई बाबुरामका बाख्रा गोठालाहरुको संज्ञा नै दिए । बाबुरामका कार्यकर्तालाई बाख्रा गोठाला मात्र भनेनन्, बाबुरामका बाख्राहरुले समेत राजनीति नगरुन भनेर ट्वीट गरेका थिए । हेर्नुहोस् ट्वीट \"mumaram खनालको राजनीति विश्लेषण यस्तो थियो कि –बाबुरामलाई विरबलको किस्सामा समेत तुलना गर्न छाडेनन् । ‘वीरबल हाँस्दा पानी पथ्र्यो रे, बाबुराम रुँदा के हुने हो डर लागिरहेको छ’ भनी खनालले ट्वीट गरे । यो त एउटा सामन्य उदाहरण मात्रै हो, मुमारामले बाबुरामको सत्तोसराप गर्दै दर्जनौं ट्वीट गरे, नयाँ शक्तिको धज्जी उडाएका थिए ।  तर अहिले तिनै मुमाराम खनाल नयाँ शक्ति नेपाल अभियानका अभियन्ता बाबुरामको प्रचारक बन्न पुगेका छन् । भट्टराईको नयाँ शक्ति पार्टीको पहिलो ३५ जना भित्र परेका केन्द्रीय परिषद मुमारामलाई नै भट्टराईले आफ्नो पार्टीको प्रचार विभाग प्रमुख बनाइदिएका छन् । उनीसँगै भट्टराईको प्रचार विभागमा मुक्ति रिजाल र रामरिझन यादव छन् । रामरिझन भने भट्टराई प्रधानमन्त्री भएकाबेला प्रेस सल्लाहकार थिए । \"mumaram-1\"सामाजिक सञ्जालमा भट्टराईलाई जथाभावी लेख्न भ्याएका मुमाराम भट्टराईको केन्द्रीय सदस्य हुनेवित्तिकै आफूले पोष्ट गरेका सबै ट्वीट हटाइदिए । तर उनी केन्द्रीय सदस्य भएपछि आफूले लेखेका बाबुराम विरोधी ट्वीट हटाउछन् भन्ने सबैलाई थाहा थियो । त्यसैले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनका ट्वीट सुरक्षित गरी राखे । अहिले धमाधम सामाजिक सञ्जालहरुमा पोष्ट गरी मुमारामको अतित स्मरण गराइरहेका छन् । आफैले लेखेको कुराले आफै बदनाम भएपछि हिजोआज मुमारामले ट्वीटरमा सफाइ दिँदैमा हैरान परेका छन् । उनले अहिले सफाइ दिँदे लेखेका छन्– ‘भ्रम नरहोस–कैंयौं कुरा मिल्नेहरुसँग मिल्नुलाई नै राजनीति भनिन्छ र मिल्ने मिल्नेहरुबीचको एकतालाई राजनीतिमा गुटबन्दी भनिन्छ ।’ हेर्नुहोस् पछिल्लो ट्वीट \"mumaram माओवादी राजनीतिमा लामै समय होमिएका मुमाराम माओवादीकै आलोचना गर्ने विश्लेषक भइरहँदा बाबुरामको नयाँ शक्तिलाई तथानाम गाली गरे पनि अन्ततः उनैको प्रचारक भएपछि लोक लाज पचाउन उनले सफाइ दिनुसम्म त ठिकै हो । तर मुमारामको उछितो काढ्दै पछिल्लो समय लेखहरुसमेत लेखिन थालेपछि मुमाराम लेखकहरुसँगै बाँझ्न थालेका छन् । उनले दिल निकानी मगरलाई भष्म खरानी होलास् भन्ने सम्म धम्की दिएपछि निसानीले समाजिक सञ्जालबाटै सुरक्षा मागेका छन् । हेर्नुहोस् ट्वीट \"mumaram आफूसँगै हुँदासम्म भजन गाउने र आफू सँगै नभएपछि उछितो काढ्ने अहिलेका नयाँ शक्तिका प्रचारक मुमारामलाई आफैले अरुलाई उछितो काढ्दा आज आफै असिन पसिन भएका छन् । अहिले आफूलाई पर्दा विगत विर्सन आह्वान गर्ने मुमारामले अव अरुको विगतलाई कसरी विश्लेषण गर्लान् त्यो भने हेर्न बाँकी नै छ । यस्ता छन्, बाबुरामविरूद्ध मुमारामले गरेका ट्वीट \"mumaram
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: